Author: Editor
काठमाडौं । नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिमा दुई नयाँ सदस्य नियुक्त भएका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बुधबार मन्त्रीस्तरीय निर्णय मार्फत आगामी चार वर्षका लागि उनीहरूलाई नियुक्त गरेका हुन् । नवनियुक्त सदस्यमध्ये निजी क्षेत्रको प्रतिनिधित्व गर्दै काठमाडौं महानगरपालिका–१५ निवासी अंशुकिरण शाहीलाई सञ्चालक समितिमा समावेश गरिएको छ । त्यस्तै उपभोक्ताका तर्फबाट नार्गाजुन नगरपालिका–५ निवासी कृष्ण बसेल नियुक्त भएका हुन् । प्राधिकरण सञ्चालक समितिमा उपभोक्तातर्फ प्रतिनिधित्व दलित समुदायको सहभागिता सम्भवतस् पहिलो पटक भएको छ । विद्युत् प्राधिकरणको सञ्चालक समितिले प्राधिकरणका निमित्त कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठलाई कामु कार्यकारी निर्देशकको जिम्मेवारी दिएको छ । ऊर्जामन्त्री श्रेष्ठको अध्यक्षतामा बुधबार बसेको प्राधिकरण सञ्चालक…
काठमाण्डौं । संसदमा प्रधानमन्त्रीको खोजी भइरहेको बेला सडकमा पनि युवाहरूले सरकार र बालेनको कार्यशैलीलाई लिएर विरोध प्रदर्शन गरेका छन् । मुखमा कालो टेप लगाएका युवाहरूले बोल्न नदिने सरकार र बोल्दै नबोल्ने प्रधानमन्त्रीको नियत तथा गैरजिम्मेवार प्रवृत्ति देखाएको भन्दै विरोध जनाएका हुन् । युवाहरूले प्रधानमन्त्रीज्यू तपाईँको मूल्य कति हो ? मलाई बोल्न दे सरकार , बोल माया एक बचन बोल, तिम्रै बोली छ हामीलाई अनमोल जस्ता नारा अंकित प्लेकार्ड बोकेका थिए । प्रधानमन्त्री बालेनले आफ्नोतर्फबाट उठेका प्रश्नको जवाफ दिन अर्थमन्त्री स्वर्णिम वाग्लेलाई अघि सारेपछि विपक्षीले आपत्ति जनाएका हुन् । सभामुख डीपी अर्यालले पटक पटक आग्रह गर्दा पनि विपक्ष सहमत नभएपछि भोलि…
काठमाण्डौं । प्रतिनिधिसभाको सचिवमा प्रकाश अधिकारी नियुक्त भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले सभामुख डीपी अर्यालको सिफारिसमा अधिकारीलाई प्रतिनिधि सभाको सचिवमा नियुक्त गरेका हुन्। संखुवासभाको खाँदबारी नगरपालिका ३ का स्थायी बासिन्दा अधिकारी निजामती सेवाको उपसचिव पदबाट सेवानिवृत्त भएका कर्मचारी हुन्। सभामुख अर्यालले हर्कराज राईलाई सचिवबाट हटाएर अधिकारीको नाम सचिवमा सिफारिस गरेका थिए। सङ्घीय संसद्का महासचिव, प्रतिनिधि सभाका सचिव तथा राष्ट्रिय सभाका सचिवलाई सभामुख तथा राष्ट्रिय सभाको अध्यक्षको रिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने तथा हटाउने व्यवस्था छ।
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहको साटो अर्थमन्त्रीलाई नीति तथा कार्यक्रमको जवाफ दिन सभामुखले समय दिए लगत्तै विपक्षी दलका सांसदहरू उठेर विरोध गरेका थिए ।प्रतिनिधि सभा बैठक बिहीबारसम्मको लागि स्थगित भएको छ । सभामुख डोलप्रसाद अर्यालले बैठक बिहीबार बिहान ११ बजेसम्मको लागि स्थगित गरेको घोषणा गरेका हुन् । आज विपक्षीको विरोधपछि प्रतिनिधिसभा बैठक सभामुख डोलप्रसाद अर्यालले १५ मिनेटको लागि स्थगित गरेका थिए । १५ मिनेटका लागि स्थगित गरिएको बैठक ४० मिनेट हुँदा पनि सूचारु भएको छैन । यसैबीच सभामुख अर्यालले सदन सुचारु गर्न दलका प्रमुख सचेतक र सचेतकहरूसँग परामर्श थालेका छन् । सचेतक र सचेतकहरूसँगको छलफल पछि सभामुखले संसद बैठकबारे निर्णय…
काठमाडौँ । सरकारको मातहत आएको स्मार्ट टेलिकमको सामान लिलामीको गरेको आरोपमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत ( सिईओ ) ज्योतिप्रकाश पाण्डे पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ( सिआईबी ) प्रमुख एआईजी डा. मनोज केसीलेले उनलाई पक्राउ गरिएको पुष्टि गरे । यो बैंकले सरकारले टेकओभर गरेको स्मार्ट टेलिकमको सम्पत्ति एनसेललाई लिलाम गरेको थियो । अनुसन्धानको माग गर्दै चार्टर्ड एकाउण्टेण्ट भेषराज लुइँटेलले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । मुद्दाको अनुसन्धानका क्रममा बिनाधितो ४ अर्ब रुपैयाँभन्दा बढी ऋण जारी गर्ने कार्यमा प्राइम बैंकको पनि मिलेमतो देखिएको सिआईबीस्रोतले जनाएको छ ।
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सांसदहरुले सरकारको नीति तथा कार्यक्रममाथि उठाएका प्रश्नको जवाफ दिन आज प्रतिनिधि सभा बैठकमा नजाने भएका छन् । उनी संसदहरुले उठाएका जिज्ञासाहरुको जवाफ दिनवाट पञ्छिएका छन् । प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री स्वर्णिम वाग्लेले सांसदहरुका प्रश्नको जवाफ दिने अर्थमन्त्रीको सचिवालयले जनाएको छ । यसअघि संसद सचिवालयले जारी गरेको कार्यसूचीमा प्रधानमन्त्री शाहले संसदबाट जवाफ दिने भनिएको थियो । प्रधानमन्त्री भएपछि बालेन्द्रले अहिलेसम्म संसदमा सम्बोधन गरेका छैनन्, नेपालको संसदीय इतिहासमा प्रधानमन्त्री नबोलेको यो सम्भवतः पहिलो पटक हो । यसरी संसदलाई छलेर प्रधानमन्त्री बालेन्द्र शाह निरन्तर भाँगीरहेका छन् ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को पहिलो राष्ट्रिय महाधिवेशन चितवनमा असारमा हुने भएको छ । रास्वपाले असार ७, ८ र ९ गते चितवनमा महाधिवेशन गर्ने भएको छ । रास्वपा नेता गणेश पराजुलीले सामाजिक सञ्जालमा लेख्दै प्रथम ऐतिहासिक राष्ट्रिय महाधिवेशन चितवनमा हुने जानकारी दिएका छन् । रास्वपा सभापति रवि लामिछानेले पार्टीको प्रथ महाधिवेशनसहितका विषयमा छलफल गर्न आज पार्टी केन्द्रीय कार्यालय, बनस्थलीमा केन्द्रीय समिति बैठक डाकेका थिए । बैठक चलिरहेको छ ।
काठमाण्डौं । आगामी आर्थिक वर्षका लागि सरकारले सदन मार्फत सार्वजानिक गरेको नीति तथा कार्यक्रमले निजी क्षेत्रमा उत्साह बढाएको छ। नीति तथा कार्यक्रम प्रभावकारी देखिए पनि कार्यान्वयन कसरी हुन्छ भन्नेमा पर्ख र हेरको अवस्थामा रहेको यहाँका व्यवसायीहरूले बताएका छन्। उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष चिरञ्जीवी सुवेदी नीति तथा कार्यक्रम उद्योगीका पक्षमा भएको आफूले पाएको बताउँछन्। नीति तथा कार्यक्रम हरेक सरकारले राम्रो ल्याउने भए पनि कार्यान्वयनमा समस्या हुँदा निजी क्षेत्र प्रभावित बन्ने गरेको जनाउँदै उनले कार्यान्वयनको चरणमा कसरी जान्छ भन्ने हेर्न आवश्यक रहेको बताए। सरकारले ल्याएको नीति तथा कार्यक्रम कार्यान्वयनको पक्षमा जानेमा आशावादी हुँदै निजी क्षेत्रमा उत्साह थपिएको उनको भनाइ छ। चितवन…
म्याग्दी । धवलागिरि हिमालमा मानव पाइला परेको आज ६६ वर्ष पूरा भएको छ । आठ हजार १ सय ६७ मिटर अग्लो धवलागिरि हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका–४ मुुदीको भूूगोलमा पर्छ । संसारको सातौँ अग्लो धवलागिरि हिमाल अवस्थित मुदीमा यस वर्ष पहिलोपटक मङ्गलबारदेखि आरोहण दिवस मनाउन थालिएको धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले जानकारी दिए । ‘पहुुँच र पहलको कमीले यसअघिका धवलागिरि आरोहण दिवस पोखरा र काठमाडौँमा मनाउने गरिएको थियो,’ उनले भने, ‘धवलागिरि हिमालको पहिचान र म्याग्दीमा रहेको सन्देश प्रवाह गराउन पहिलोपटक सम्बन्धित स्थानमा आरोहण दिवस आयोजना गरिएको हो ।’ सन् १९६० मे १३ मा अस्ट्रियाका कुर्ट डिम्बर्गरले पहिलोपटक यस हिमालको सफल आरोहण…
काठमाण्डौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा ( एसईई ) मा ननग्रेडेड ( अनुत्तीर्ण ) भएकाहरुका लागि आगामी असार १ गतेदेखि ग्रेडवृद्धि परीक्षा सञ्चालन गर्नेभएको छ। बोर्डका परीक्षा नियन्त्रक टुकराज अधिकारीले यसवर्ष एसइईको नतिजामा ननग्रेडेड भएका एक लाख ४६ हजार ५०७ जना विद्यार्थीका लागि मौका परीक्षा दिन असार १ गतेदेखि ९ गतेसम्म ग्रेडवृद्धि परीक्षा सञ्चालन गर्न लागिएको जानकारी दिए। यसवर्ष दुई लाख ८४ हजार १६० विद्यार्थी ग्रेडेड ( उत्तीर्ण ) भएका छन्। एक लाख ४६ हजार ५०७ ननग्रेडेड भएका जानकारी दिँदै उनले परीक्षाका लागि पाँच लाख १२ हजार ४२१ जना विद्यार्थीले परीक्षा फाराम भरे पनि परीक्षामा…
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रधान सम्पादक/ अध्यक्ष: बिना थापा कार्की
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क