Author: Editor
काठमाण्डौं । प्रतिनिधिसभाको बैठक जारी रहेको छ । संघिय संसद भवन सिंहदरवारमा संसद बैठक जारी रहेको छ । https://www.youtube.com/watch?v=dsGuSZYDNmk
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनको राजधानी बेइजिङमा चिनियाँ राष्ट्रपति सी जिनपिङसँग वार्ता गरिरहेका छन् । अल जजिराका अनुसार ग्रेट हल अफ द पिपलमा भइरहेको भेटवार्तामा अमेरिकी विदेशमन्त्री मार्को रुबियो पनि उपस्थित छन् । चीनले ट्रम्पलाई विदेशमन्त्री बन्नुअघि दुई पटक प्रतिबन्ध लगाएको थियो । तर रोचक कुरा के छ भने, बेइजिङमा अमेरिकी समकक्षीसँग हुने उच्चस्तरीय वार्ताअघि राष्ट्रपति सी जिनपिङले चीन र अमेरिका ‘प्रतिद्वन्द्वी होइन, साझेदार’ हुनुपर्ने बताएका थिए । जवाफमा राष्ट्रपति ट्रम्पले सीलाई ‘महान नेता’ भन्दै दुई महाशक्तिबीचको सम्बन्ध पहिलाभन्दा अझ राम्रो हुने उल्लेख गरेका थिए । पहिलो कार्यकालमा ट्रम्प सन् २०१७ को नोभेम्बरमा बेइजिङ गएका थिए । त्यसपछि…
काठमाण्डौं । सम्पत्ति छानविन आयोगले एक महिनाभित्रमा सम्पत्ति विवरण दाखिला गर्न सम्बन्धित सबैमा आग्रह गरेको छ। आयोगले बिहीबार सार्वजनिक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो। बालेन शाह नेतृत्त्वको सरकारले मुलुकमा व्याप्त भ्रष्टाचार र दण्डहीनता अन्त्य गर्ने लक्ष्यका साथ यही वैशाख २ गते सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको अध्यक्षतामा पाँच सदस्यीय आयोग गठन गरेको थियो। आयोगले केशरमहलमा कार्यालय स्थापना गरेर कामसमेत सुरु गरेको छ। आयोगलाई पहिलो चरणमा आर्थिक वर्ष २०६२र०६३ देखि आर्थिक वर्ष २०८२र०८३ चैत सम्मको अवधिमा सार्वजनिक पदधारण गरेका र उक्त अवधिमा बहाल रही अवकाश भइसकेका राजनीतिक पदाधिकारी, कर्मचारी तथा निजहरुका परिवारसमेतका नाममा स्वदेश तथा विदेशमा रहेको सम्पत्ति विवरण…
काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्दैछ । आजको बैठकमा पनि सरकारको नीति तथा कार्यक्रममाथिको छलफलले निरन्तरता पाउने छ । राष्ट्रपति रामचन्द्र पौडेलले सदनको संयुक्त बैठकमा सोमबार सरकारको नीति तथा कार्यक्रम वाचन गरेका थिए । सदनको बुधबारको बैठक नियमित कार्यसूचीमा नै प्रवेश नगरी स्थगित भएको थियो । सदनको आजको सम्भावित कार्यसूचीअनुसार नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गरिने छ । चालु सदनको अधिवेशनमा आर्थिक वर्ष २०८३–८४ को बजेटसमेत प्रस्तुत हुनेछ । त्यसैगरी, राष्ट्रियसभाको बैठक पनि ११ः१५ बजे बस्दैछ । बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल जारी रहने सम्भावित कार्यसूची रहेको छ ।
काठमाडौँ । सम्भावित बाढी तथा सडक निर्माण कार्यका कारण काभ्रेपलाञ्चोक–सिन्धुलीस्थित बिपी राजमार्ग र हुम्लाको हिल्सा–सिमकोट सडक खण्डमा सवारी आवागमन बन्द गरिएको छ । प्रहरी प्रधानकार्यालयले आज सूचना जारी गर्दै काभ्रेपलाञ्चोकको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी हुँदै सिन्धुली चल्ने बिपी राजमार्गमा सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै सवारी सञ्चालनमा रोक लगाइएको जनाएको छ । प्रहरीका अनुसार मिति २०८३ वैशाख ३१ गते साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सडकखण्डमा चल्ने सम्पूर्ण सवारीसाधन अर्को आदेश नभएसम्मका लागि बन्द गरिएको हो ।यसैगरी, हुम्लाको नाम्खा गाउँपालिका–२ च्यादुक क्षेत्रमा सडक विस्तारको काम भइरहेका कारण हिल्सा–सिमकोट सडक खण्डमा पनि आवागमन बन्द गरिएको छ । च्यादुक होटलदेखि च्याछरासम्म सडक खन्ने क्रममा माथिबाट ढुङ्गा…
वीरगञ्ज। प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले प्रहरीको दैलोमा आउने सेवाग्राहीलाई निराश भएर फर्किन नदिन निर्देशन दिनुभएको छ । जिल्ला प्रहरी कार्यालय पर्सा र इलाका प्रहरी कार्यालय सिम्रौनगढ परिसरमा नव–निर्मित ‘महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र’ भवन उद्घाटन गर्दै उहाँले नागरिकमैत्री सेवा नै नेपाल प्रहरीको मुख्य प्राथमिकता भएको बताउनुभयो । आईजिपी कार्कीले भन्नुभयो ‘‘प्रहरीको प्रभावकारिता केवल भौतिक संरचनाले नभई प्रहरीको व्यवहार, बोलीवचन र सेवाशैलीबाट मापन हुन्छ । यसतर्फ सबै प्रहरी कर्मचारीहरूलो ध्यान दिनुहोला । उहाँले महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको सुरक्षा र न्याय सुनिश्चित गर्न नव–निर्मित सेवा केन्द्रहरूले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । संयुक्त राष्ट्र सङ्घीय परियोजना कार्यालय…
काठमाण्डौं । प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ। बुधबार तीन पटक बसेर स्थगित भएको बैठक आज विहान ११ बजेका लागि बोलाइएको छ। बैठकमा सरकारको नीति तथा कार्यक्रममा छलफल हुने कार्यसूची रहेको छ भने त्यसपछि प्रधानमन्त्री बालेन्द्र शाहले नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ दिने कार्यसूचि रहेको संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची रहेको छ।
काठमाण्डौं । चीनमा डोनाल्ड ट्रम्पको भव्य स्वागत गरिएको छ। दुई दिने भ्रमणमा बेइजिङ पुगेका उनको विमान स्थानीय समयअनुसार ७ः ५० मा अवतरण गरेको थियो। उनको स्वागतका लागि तीन सय बालबालिका निलो र सेतो पहिरनमा उपस्थित भएका थिए। ट्रम्प विमानबाट ओर्लिंदा उनीहरूले हातमा अमेरिकी र चिनियाँ झण्डा हल्लाएर स्वागत गरे। विमानस्थलमा ट्रम्पको स्वागतका लागि चिनियाँ उपप्रधानमन्त्री हान चेङ पुगेका थिए। उनी सीका कूटनीतिक दूतका रुपमा चिनिन्छन्। जो गत वर्ष ट्रम्पको शपथ समारोहमा पनि सहभागी भएका थिए। आगमनलगत्तै ट्रम्प छोरा एरिक र बुहारी लारा ट्रम्पको साथमा स्वागत समारोहमा सहभागी भएका थिए। जहाँ रातो कार्पेट ओछ्याएको थियो भने सैन्य टुकडी र ब्यान्डले उनलाई…
काठमाण्डौं । सरकारले संघीय मन्त्रालयहरूको संख्या २२ बाट घटाएर १८ पुऱ्याउने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद बैठकले नेपाल सरकार ९कार्यविभाजन० नियमावली, २०८३ स्वीकृत गर्दै मन्त्रालयहरूको संख्या घटाउने निर्णय गरेको हो। प्रधानमन्त्री बालेन शाहकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार सरकारले अर्थ, गृह, परराष्ट्र, रक्षा र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय यथावत राखेको छ। त्यसैगरी उद्योग, वाणिज्य तथा आपूर्ति, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय पनि यथावत रहेका छन्। सरकारले प्रविधि र आविष्कारलाई प्राथमिकता दिँदै साविकको शिक्षा मन्त्रालयबाट विज्ञान(प्रविधि झिकेर र नयाँ थप गरिएको नवप्रवर्तनसम्बन्धी कार्यहरू हेर्ने गरी छुट्टै ुविज्ञान, प्रविधि तथा नवप्रवर्तन…
काठमाडौँ । सरकारले निजामती कर्मचारीलाई राजनीतिक दल, भ्रातृ संगठनमा आबद्ध नहुन निर्देशन दिएको छ। राजनीतिमा संलग्न भए सेवाबाट हटाउन सक्ने चेतावनी दिएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सूचना जारी गरी निजामती कर्मचारीलाई निजामती कर्मचारीलाई अनुशासन र आचरणसम्बन्धी व्यवस्था पूर्णरूपमा पालना गर्न निर्देशन दिएको हो। सूचनामा नेपालको संविधान र निजामती सेवा ऐनअनुसार निजामती सेवा राजनीतिक रूपमा तटस्थ, निष्पक्ष र उत्तरदायी हुनुपर्ने उल्लेख गरिएको छ। मन्त्रालयले निजामती सेवा ऐन, २०४९ को दफा ६१ उपदफा ( १ ) को खण्ड ( ङ ) अनुसार निजामती कर्मचारीले राजनीतिमा भाग लिएमा भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउन सकिने व्यवस्था रहेको…
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रधान सम्पादक/ अध्यक्ष: बिना थापा कार्की
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क