काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय राजदूत नवीन श्रीवास्तवबिच भेटवार्ता सम्पन्न भएको छ । सोमबार प्रधानमन्त्री शाह र भारतीय राजदूत श्रीवास्तवबिच सिंहदबारस्थित प्रधानमन्त्री कार्यालयमा करिब ४५ मिनेट भेटवार्ता भएको हो ।
भेटमा दुई देशबिचको सम्बन्ध र समसामयिक राजनीतिक विषयमा छलफल भएको जनाइएको छ ।
प्रधानमन्त्री शाहले आजै दिउँसो ३ बजेका लागि चिनियाँ राजदूतसँग भेटवार्ताको समय तोकिएको छ ।
