Author: Editor

काठमाडौं । प्रतिनिधिसभा बैठक सुरु भएको छ । सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि आजबाट छलफल सुरु हुँदैछ । त्यसअघि शीर्ष नेताहरूले सम्बोधन गरिररहेका छन् । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम हिजो ( सोमबार )  सार्वजनिक गरेको थियो । https://www.youtube.com/watch?v=Ad9gTlnzFV0

Read More

काठमाडौं । नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा बादलले रास्वपा भ्रम र विरोधाभासको दर्शन रहेको टिप्पणी रहेको टिप्पणी गरेका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै बादलले यस्तो बताएका हुन् । रास्वपा कुनै सुसंगत वैज्ञानिक विचारधारामा आधारित दल होइन । यो आकस्मिक, अप्रत्याशित रूपमा उत्पन्न भएको अति महत्वाकांक्षी, अराजक जमातहरूको अस्थायी गठजोड हो,’ बादलले भने, ‘यो दार्शनिक रूपमा सारसंग्रहवाद र राजनीतिक रूपमा लोकप्रियतावादको दलदले जगमा अडेको छ ।’ रास्वपा चरम अवसरवादी र अस्थिर प्रवृत्ति होरहेको उनले बताए । ‘यो रूपमा अत्यन्तै प्रिय देखिन्छ, तर सार र परिणाममा अत्यन्तै घातक हुन्छ,’ उनले अगाडि भने, ‘यो भ्रम र विरोधाभाषको दर्शन हो ।…

Read More

काठमाण्डौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवम पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारले ट्रेड युनियन, प्रेस स्वतन्त्रता र लोकतान्त्रिक संस्थाहरूमाथि आक्रमण गरिरहेको आरोप लगाएका छन्। प्रतिनिधिसभामा सम्बोधन गर्दै प्रचण्डले सरकारको संख्याको दम्भमा विधि मिच्ने, अध्यादेशमार्फत शासन गर्ने, संसद छल्ने र प्रतिशोधपूर्ण धरपकड गर्ने शैलीको कडा आलोचना गरे। ट्रेड युनियनमाथि हमला नगर्न चेतावनी प्रचण्डले ट्रेड युनियनलाई लोकतन्त्रको मुख्य आत्मा भन्दै कडा रूपमा भने, ‘आधुनिक लोकतन्त्रको मुख्य आत्मा नै ट्रेड युनियन हुन्। लामो संघर्षबाट प्राप्त अधिकार खोस्ने दिशामा अघि नबढौं। लोकतन्त्रका संस्थाहरूलाई हामीले नष्ट गर्ने होइन, निर्माण गर्ने हो।’ उनले युवा सांसदहरूलाई ट्रेड युनियनलाई पेशागत संगठनको रूपमा सुदृढ बनाउने बहस गर्न आग्रह…

Read More

काठमाण्डौं । यो अधिवेशन असामान्य परम्परासहित सुरु भएको छ। आह्वान भइसकेको अधिवेशन एकाएक स्थगन गरेर संसदको मुख्य अधिकार र दायित्व मानिने कानुन निर्माण कार्यलाई खोसेर सरकारले करिब डेढ सय कानुन संशोधन र केही नयाँ कानुनहरू अत्यादेशमार्फत घोषणा गरेर संसदीय गरिमा र लोकतान्त्रिक मूल्यहरूमा चोट पुर्‌याएको छ। संसदीय प्रणालीप्रतिको सरकारको प्रतिबद्धता र निष्ठामाथि आम जनमानसमा शङ्का उत्पन्न भएको छ। जेनजी विद्रोहको विरासतमा निर्वाचन जितेर बनेको सरकारको करिब ४५ दिनको शासन अनुभव गर्न पाएका छौँ। उहाँ र उहाँको सरकारलाई हामीले खुल्ला मनले बधाई शुभकामना र शुभेच्छासहित सकारात्मक र रचनात्मक सहयोगको प्रतिबद्धता पनि यसै सदनबाट व्यक्त गरेको स्मरण गराउन चाहन्छौँ। हाम्रा यी सद्भावनाहरू…

Read More

काठमाडौँ । नेकपा एमाले संसदीय दलको उपनेतामा प्रतिनिधि सभा सदस्य पद्मा अर्याल मनोनीत भएकी छन् । एमाले दलका नेता रामबहादुर थापा बादलले उपनेतामा पद्मा अर्याललाई मनोनयन गरेको प्रमुख सचेतक ऐन महरले जानकारी दिए । यसअघि दलको प्रमुख सचेतकमा ऐन महर र सचेतकमा नीता घतानी मनोनीत भएका थिए । अर्याल एमाले केन्द्रीय सचिव समेत हुन् ।

Read More

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज मध्याह्न १ बजे बस्दैछ । आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुने जनाइएको छ । छलफलमा दलीय प्रतिनिधित्वका आधारमा सांसदहरुले धारणा राख्नेछन् । राष्ट्रपति रामचन्द्र पौडेलले सदनको संयुक्त बैठकमा सोमबार सरकारको नीति तथा कार्यक्रम वाचन गरेका थिए । चालु सदनको अधिवेशनमा आर्थिक वर्ष २०८३–८४ को बजेटसमेत प्रस्तुत हुनेछ ।

Read More

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) ले केन्द्रीय समिति बैठक आह्वान गरेको छ । पार्टी सभापति रवि लामिछानेले बुधबार बिहान ९ बजे बस्ने गरी पार्टी केन्द्रीय कार्यालय घण्टीघर बनस्थलीमा बैठक डाकेका हुन् । बैठकमा पार्टीको प्रथम ऐतिहासिक राष्ट्रिय महाधिवेशन र अन्य विषयमा छलफल हुने बताइएको छ ।

Read More

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज सदनमा बोल्ने भएका छन् । आज दिउँसो १ बजेबाट प्रतिनिधिसभाको बैठक बस्दैछ । पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले फागुन २१ मा भएको निर्वाचनपछि आज पहिलो पटक सदनलाई सम्बोधन गर्ने तय भएको हो । सरकारले हिजो नीति तथा कार्यक्रम संसद्मा पेश गरेको थियो । सरकारको कामकारबाही, समसामयिक विषयमा केन्द्रित रहेर प्रचण्डले सदनमा बोल्ने सचिवालयले जनाएको छ ।

Read More

काठमाडौँ । सर्वोच्च अदालतले ट्रेड युनियन खारेज गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल, न्यायाधीशहरु कुमार रेग्मी, हरिप्रसाद फुयाल, विनोद शर्मा र शारङ्गा सुवेदीको संवैधानिक इजलासमा उक्त निर्णय कार्यान्वयन नगर्न अल्पकानीन अन्तरिम आदेश गर्नुभएको हो । न्यायाधीशहरु विनोद शर्मा र शारङ्गा सुवेदीले भने फरक मत राख्दै अपूरणीय क्षति नपुग्ने भएकाले अल्पकालीन आदेश दिने विषयमा सहमति नभएको जनाउनुभएको छ । आदेशमा भनिएको छ, “हाललार्इ केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ को दफा १० कार्यान्वयन नगर्नु नगराउनू भनी सर्वोच्च अदालत ९संवैधानिक इजलास सञ्चालन० नियमावली, २०७२ को नियम १९ को उपनियम ९४०…

Read More

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त सहकारीका बचतकर्ताको मागदाबी अनुसार बचत फिर्ता प्रक्रिया अघि बढाउन आवश्यक विवरण संकलन कार्य सुरु गरेको छ। समितिका अध्यक्ष पूर्वन्यायाधीश डिल्लीराज आचार्यका अनुसार बचतकर्तालाई आवश्यक माग दाबी तथा विवरण बुझाउन आग्रह गरिएको छ । समितिले बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म बचत फिर्ता तथा सरकारी वा सार्वजनिक निकायसँग सम्बन्धित काम सञ्चालन गर्ने जनाएको छ । साथै बचतकर्ताको चाप र प्रक्रिया व्यवस्थापनलाई प्रभावकारी बनाउन समय तालिका तोकी सोही अनुसारको व्यवस्था गरिएको कार्यालयले जनाएको छ। त्यस्तै, सेवाग्राहीको गुनासो व्यवस्थापन, स्टेटमेन्ट उपलब्ध गराउने लगायतका सेवा भने दिउँसो ३ बजेपछि मात्रै सञ्चालन गरिने जानकारी समितिले दिइएको छ। सेवाप्रवाहमा…

Read More