काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकमा सात प्रदेशका सभापतिमध्ये पाँच जना सहभागी भएका छन् भने दुई प्रदेशका सभापति अनुपस्थित रहेका छन् । आइतबारबाट केन्द्रीय कार्यालय सानेपाम सुरु भएको बैठकमा प्रदेश सभापतिलाई आमन्त्रित सदस्यका रूपमा बोलाइएको थियो।
बैठकमा उपस्थित हुने प्रदेश सभापतिमा कोशीका उद्धव थापा, मधेशका कृष्ण यादव, बागमतीका इन्द्र बानियाँ, गण्डकीका शुक्रराज शर्मा र लुम्बिनीका अमरसिंह पुन छन् । कर्णालीका सभापति ललितजंग शाही र सुदूरपश्चिमका वीरबहादुर बलायर बैठकमा सहभागी नभएको एक केन्द्रीय सदस्यले जानकारी गराएका छन ।
आ्रइतबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा आजबाट केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम सुरु भएको छ । बैठकमा छलफलका लागि आठ एजेण्डा तय गरिएको छ ।
