काठमाडौँ। नेपाली कम्युनिष्ट पार्टी पुष्पकमल दाहाल (प्रचण्ड ) ले रोपाइँ सकिँदा समेत सरकारले किसानलाई रासायनिक मल दिन नसकेको टिप्पणाी गरेका छन् । प्रचण्डले सामाजिक सञ्जालमार्फत समयमा नै पर्याप्त मल उपलब्ध गराउने सरकारी प्रतिबद्धता व्यवहारमा कार्यान्वयन हुन नसकेको बताएका छन् ।
किसानहरूले उपलब्ध रहेको मल समेत कालोबजारी र बिचौलियाको प्रभावका कारण समन्यायिक रूपमा प्राप्त गर्न नसकेको उनले बताएका छन्। यसले खेतीपातीमा प्रत्यक्ष असर पार्नुका साथै उत्पादनमा समेत कमी आउने प्रचण्डले चिन्ता व्यक्त गरे । उनले आफ्नो नेतृत्वको तत्कालिन सरकारले मल आयात तथा वितरणको यही गाम्भीर्यता बुझेर समयमा नै मल आपूर्ति र वितरण गर्नुका साथै अर्को आर्थिक वर्षका लागि बजेट समेत सुनिश्चित गरेको दावी गरेका छन्।
‘हाम्रो सन्दर्भमा मल आयातको प्रक्रिया जटील रहेकोले यसका लागि समयमा नै पूर्व तयारी आवश्यक हुन्छ,’ प्रचण्डले भनेका छन्, मेरो नेतृत्वको तत्कालिन सरकारले मल आयात तथा वितरणको यही गाम्भीर्यता बुझेर समयमा नै मल आपूर्ति र वितरण गर्नुका साथै अर्को आर्थिक वर्षका लागि बजेट समेत सुनिश्चित गरेको विदितै छ।’
