काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले जलवायु परिवर्तनमा योगदान गर्नेहरू नै विपद् प्रतिकार्यका लागि जिम्मेवार हुनुपर्ने बताएका छन् ।
मंगलबार फेसबुकमार्फत विपद् व्यवस्थापनबारे ब्रिफिङ सार्वजनिक गर्दै प्रधानमन्त्री शाहले यस्तो बताएका हुन् । ”जलवायु परिवर्तन विश्वव्यापी योगदान हो र प्रतिकार्य पनि विश्वव्यापी जिम्मेवारी हो,” उनले भनेका छन् ।
भटेकोशीमा आएको बाढी पनि जलवायु परिवर्तनका कारणले भएको उनले बताएका छन् । “जलवायु परिवर्तनले हिमालय क्षेत्रको तापक्रम १।८ डिग्रीसम्म वृद्धि भइसकेको पुष्टि भएकाले सोही कारण यो विपत्ति आएकामा शंका छैन,” उनले भनेका छन् ।
