Author: Editor

नुवाकोट । विनाशकारी बाढीबाट प्रभावित नुवाकोटस्थित माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको केबल डक्ट टनेलमा फसेका व्यक्तिको खोजी तथा उद्धारका लागि सुरुङ खोल्न सफल भएको छ। प्रधानमन्त्रीको कार्यालयका अनुसार सुरुङको माथिल्लो भागबाट करिब ३ फिट मुख खोलिएको छ। त्यसपछि उद्धारकर्मीहरू सुरुङभित्र करिब १५ देखि २० मिटरसम्म प्रवेश गर्न सफल भएका छन्। सुरुङको भित्री भाग र पावरहाउस सुरक्षित रहेको हुनसक्ने तथा त्यहाँ फसेका व्यक्तिहरू जीवित भेटिन सक्ने आशामा उद्धार कार्यलाई प्राथमिकताका साथ अघि बढाइएको छ। उद्धार अभियानमा नेपाली सेनाको नेतृत्वमा चिनियाँ टोलीसहित ९३ जना प्राविधिक तथा उद्धारकर्मी परिचालन गरिएको छ। सुरुङ खोल्न तथा अवरोध हटाउन पाँचवटा एक्स्क्याभेटर, कम्प्रेसर र ब्रेकर मेसिन प्रयोग…

Read More

काठमाण्डौं । भोटेकोशी नदीमा आएको बाढीले रसुवाको टिमुरेमा कार्यरत कमाण्डरसहितको सुरक्षाकर्मी गुमाउदा पनि सशस्त्र प्रहरी बिचलित नभई आफ्नो कर्तब्यमा डटिरहेको छ । भदौ १० गते बिहानको बाढीमा परी सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट टिमुरेमा कार्यरत रहेका सशस्त्र प्रहरी निरीक्षक अम्बिर खत्रीसहित ९ जना र त्रिशुली जलविद्युत आयोजना सुरक्षा बेस मैलुङ्गमा कार्यरत ४ जना गरी १३ जना सशस्त्र प्रहरी कर्मचारी बेपत्ता भएका थिए । ड्युटीमा निस्किएका कमान्डर खत्री र दोश्रो कमान्डमा रहेका नायब निरीक्षक प्रकाश न्यौपाने सहितको टोली गुमाउँदा पनि सशस्त्र प्रहरी सहायक निरीक्षक ताम बहादुर थापा मगरले तुरुन्त कमाण्ड सम्हाली आफ्नो सुरक्षा फौज सुरक्षित गरेका थिए । बेपत्ता…

Read More

काठमाडौं । आज बसेको मन्त्रिपरिषद् बैठकका मुख्य ७ वटा निर्णयहरू सार्वजनिक गरिएको छ । बिहीबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सरकारका प्रवक्ता सस्मित पोखरेलले सार्वजनिक गरेका हुन् । मन्त्रिपरिषद् बैठकका मुख्य ७ निर्णय– –एसियाली विकास बैंकबाट भोटेकोशी बाढी प्रभावित जनताको जीवनरक्षा तथा तत्कालीन आपतकालीन उद्धार तथा राहत कार्यका लागि प्राप्त हुने ५ मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने । –रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित व्यक्ति, उद्योग, व्यपार तथा व्यवसायलाई तत्काल सुचारू गर्न एकीकृत व्यवसाय पुनर्स्थापन योजना अन्तर्गत राहत, कर तथा महसुल लगायत अन्य सहुलियत तथा सुविधान उपलब्ध गर्ने । –साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड…

Read More

काठमाडौ । परराष्ट्र मन्त्रालयले भोटेकोशी बाढीका कारण हालसम्म ३४ देशका ५९० विदेशी नागरिक बेपत्ता रहेको जनाएको छ। बिहीबार मन्त्रालयमा आयोजित नियमित प्रेस ब्रिफिङमा प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले हालसम्म ३०० भन्दा बढी विदेशी नागरिकको उद्धार गरिएको जानकारी दिए। उनका अनुसार रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन तथा नवलपरासी ९पूर्व र पश्चिम० सम्म ९ हजार ३०० भन्दा बढी नेपाली सेना उद्धार तथा खोजी कार्यमा परिचालित छन्। भारतीय टनेल उद्धार टोली नेपाली सेनासँग समन्वय गरी आवश्यक उपकरणसहित परिचालित रहेको र चिलिमेतर्फ थप एक्स्काभेटर पठाउने तयारी भइरहेको उनले बताए। त्यस्तै, लाङटाङतर्फ सेना तथा प्राविधिक टोलीले मेसिन प्रयोग गरी सुरुङको अपस्ट्रिम भागमा सानो प्वाल खोल्न सफल…

Read More

काठमाण्डौं । प्रधानमन्त्री बालेन्द्र शाह ९बालेन० र पूर्वऊर्जामन्त्री कुलमान घिसिङबिच भेटवार्ता भएको छ। बिहीबार बिहान ११ बजेदेखि नै उनीहरूबिच प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा भेट भएको हो। उनीहरूबिच हाल जारी वार्तामा गत साता रसुवाको भोटेकोसीमा आएको बाढीले गरेको क्षति तथा उद्धारको विषयमा छलफल भइरहेको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ। उज्यालो नेपाल पार्टीका अध्यक्षसमेत रहेका घिसिङले केही दिनअघि मात्रै बाढीग्रस्त क्षेत्रमा पुगेर जलविद्युत् आयोजनाहरूमा फसेका मानिसहरूको उद्धार कार्यको जानकारी लिएका थिए। निर्माण सकिएका र निर्माणाधिन एक दर्जन जति विद्युत् आयोजनामा धेरै मानिस फसेको र आयोजनामा पनि ठूलो क्षति पुगेकाले प्रधानमन्त्री शाहले घिसिङसँग छलफल गरेका हुन्। ९ दिन बितिसक्दासमेत सुरुङमा फसेका मानिसहरूको…

Read More

काठमाडौं । सत्तारुढ दल रास्वपाको केन्द्रीय सचिवालय बैठक बसिरहेको छ । पार्टी कार्यालय घण्टीघरमा सभापती रबि लामिछानेको आवहानमा सचिवालय बैठक बसेको हो । बैठकमा भोटेकोशी बाढीले पुर्‍याएको जनधनको क्षति, उद्धार(राहतलगायतका प्रतिकार्यमा भइरहेका काम साथै भावी योजनाबारे छलफल हुने बताइएको छ । साथै समसामयिक राजनीतिक विषय पनि बैठकका एजेण्डा छन् ।

Read More

मकवानपुर । पृथ्वी राजमार्ग अवरुद्ध भएपछि काठमाडौं उपत्यकामा देखिएको एलपी ग्यास अभाव कम गर्न हेटौँडाबाट दैनिक १०० ट्रक ग्यास वैकल्पिक सडकमार्फत काठमाडौं पठाइने भएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आजदेखि हेटौँडाबाट भरिएका एलपी ग्यासका १०० ट्रक वैकल्पिक मार्ग हुँदै काठमाडौं उपत्यकामा पठाएर वितरण गर्ने व्यवस्था सुरु गरिएको जनाएको छ। भदौ १० गते आएको बाढीका कारण पृथ्वी राजमार्गमा करिब दुई दिनसम्म लेदो जमेर सडक अवरुद्ध भएको थियो। त्यसपछि कृष्णभीर क्षेत्रमा सडक भासिएपछि राजमार्ग पूर्णरूपमा अवरुद्ध रहेको मन्त्रालयले जनाएको छ। सडक अवरुद्ध हुँदा एलपी ग्यास बोकेका बुलेट काठमाडौं उपत्यकामा प्रवेश गर्न नसकेपछि केही दिनयता उपभोक्ताले ग्यास अभावको समस्या भोग्दै आएका छन्।…

Read More

रसुवा । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण बिहीबार बिहान १० बजे सम्म १ हजार २ सय ५२ जनाको शव फेला परेको छ। जसमध्ये रसुवामा १ सय २७ जना, नुवाकोटमा १ सय ७७ जना, धादिङमा ६० जना, चितवनमा ३ सय ५५ जना, गोरखामा ६९ जना, तनहुँमा ३८ जना, नवलपरासी पूर्वमा २ सय १८ जना र नवलपरासी पश्‍चिम १ सय ९० जना र भारतमा भेटिएको ९नवलपरासी पश्‍चिममा बुझाएको० १८ गरी १ हजार २ सय ५२ जनाको शव फेला परेको हो । ९५ वटा शव आफन्तलाई हस्तान्तरण गरिएको छ। फेला परेका शवहरूको पहिचानका लागि डीएनए नमुना सङ्कलन देखि आवश्यक प्रक्रिया पुरा गरी…

Read More

काठमाडौँ । भोटेकोशी र त्रिशूलीमा बिहीबार पनि आकस्मिक बाढीको जोखिम रहेको छ । जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रलेअन्तर्गत बाढी पूर्वानुमान महाशाखाका बाढीविद् सरस्वती विष्टले भोटेकोशीको माथिल्लो तटीय क्षेत्रमा वर्षा भइरहेको र अझै वर्षाको सम्भावना रहेकाले रसुवा र नुवाकोट हुँदै बहने भोटेकोशी, त्रिशूली नदी तथा आसपासका स–साना नदीमा जलसतह उल्लेख्य बढ्ने सम्भावना जानकारी दिनुभयो । “ती नदीमा आकस्मिक बाढी ( फ्ल्यास फ्लड )  को उच्च सम्भावना रहेकाले नदी तथा खोला आसपासका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ”, उहाँले भन्नुभयो । यसैगरी, ताप्लेजुङ, पाँचथर, तेह्रथुम, सङ्खुवासभा, धनकुटा, भोजपुर, सोलुखुम्बु, ओखलढुङ्गा, खोटाङ, उदयपुर, दोलखा, रामेछाप, सिन्धुली, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर, काठमाडौँ, धादिङ, मकवानपुर,…

Read More

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले यही भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीले जलवायु सङ्कटको गम्भीरता देखाएको जनाउँदै विश्वको ध्यानाकर्षण गराएकी छन् । उनले आज तिमोर–लेस्तेको डिलीमा आयोजना भइरहेको अतिकम विकसित देशको मन्त्रिस्तरीय बैठकलाई सम्बोधन गर्दै उनले चीनसँगको उत्तरी सीमानामा रहेको रसुवाको भोटेकोशी नदी क्षेत्रमा गएको विनाशकारी हिमचट्टानसहितको बाढी पहिरोका कारण अकल्पनीय जनधनको क्षति भएको बताइन् । मन्त्री चौधरीले नेपालले जलवायु परिवर्तनबाट सबैभन्दा बढी प्रभावित अतिकम विकसित मुलुक (एलडिसी)लाई जलवायु न्यायका लागि एकजुट भएर आवाज उठाउन आह्वानसमेत गरिन्  । “यही भदौ १० मा गएको विपद्मा परी हालसम्म एक हजार २०६ जनाभन्दा बढीको मृत्यु भइसकेको छ भने चार हजार…

Read More