काठमाडौँ । बाल हिंसा तथा यौन दुर्व्यवहारको आरोपमा बूढानीलकण्ठ नगरपालिका–५ मा रहेको अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ ( इस्कोन ) का आठ पदाधिकारी निलम्बनमा परेका छन् । परमेश्वर अच्युत दास भनी चिनिने अध्यक्ष प्रदीप भण्डारीबाहेकका केन्द्रीय पदाधिकारी एवं क्षेत्रीय सचिव पत्री दाससहितलाई सेप्टेम्बर १४ को निर्णयले निलम्बन गरिएको इस्कोनले जनाएको छ ।
त्यहाँ केही महिनाअघि आश्रित बालबालिकामाथि हिंसा तथा यौन दुर्व्यवहारको घटना भएको थियोे । घटनामा भक्तिवेदान्त गुरुकुलका प्रधानाचार्य सुन्दरगोपाल दास भनिने सुरजकृष्ण श्रेष्ठ पक्राउ परेका थिए । इस्कोनको अन्तर्राष्ट्रिय समितिले भदौ २८ गते ९सेप्टेम्बर १४० गरेको निर्देशनबमोजिम अन्य पदाधिकारी पनि निलम्बनमा परेका हुन् ।
निलम्बित हुनेमा क्षेत्रीय सचिव इगोर ओबोलोन्कोभ ९पत्री दास०, नेपाल कार्यकारी समितिका सचिव रुपेश्वर गौर दास ९रुपेश जोशी०, उपाध्यक्ष सुचारु गोपी देवी दासी ९सोइन्जा श्रेष्ठ०, प्रधानाचार्य सुरजकृष्ण श्रेष्ठ, कोषाध्यक्ष दिव्या राधिका देवी दासी ९देवीना साख०, कार्यकारी सदस्य पुष्पाञ्जली देवी दासी ९प्रेमा चन्द०, उपाध्यक्ष महाप्रभु कृपा दास ९सविन रेग्मी० र सचिव हरिहर करुणामय दास ९हरेन्द्र ठाकुर० छन् ।
