Author: Editor
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठकले बाढी–पहिरोपछिको उद्धार, राहत तथा पुनर्निर्माणको प्रभावकारी समन्वय र अनुगमनका लागि एक हप्ताभित्र ‘संसदीय विशेष समिति’ गठन गर्ने निर्णय गरेको छ। बैठकपछि रास्वपाका प्रवक्ता जगदीश खरेलले दिएको जानकारी अनुसार, भोटेकोशी लगायतका क्षेत्रमा बाढीपहिरोपछिको खोजी, उद्धार, राहत वितरण, पुनर्स्थापना र पुनर्निर्माणका क्षेत्रमा अहिलेसम्म सरकार तथा राजनीतिक दलहरूले गरेका कामहरूबारे बैठकमा गम्भीर समीक्षा भएको छ । बैठकले सभापति रवि लामिछाने संयोजक रहेको सर्वदलीय राजनीतिक संयन्त्रलाई कायमै राख्ने निर्णय गरेको छ। राजनीतिक संयन्त्रमा रास्वपा, प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति, राप्रपा, जसपा नेपाल, जनमत पार्टी…
काठमाडौँ । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । अपराह्न १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सिता वादीले ‘बालबालिकासम्बन्धी ९पहिलो संशोधन० विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । यस्तै, अपराह्न १ः१५ बजे राष्ट्रियसभाको बैठक बस्दैछ । आजको बैठकमा पूर्वाधार विकास मन्त्रालय र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची छ । विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकायाले ‘सङ्क्रामक पशु रोग ९नियन्त्रण० विधेयक, २०८३ सम्बन्धी समितिको प्रतिवेदन’ सभासमक्ष पेस गर्ने छन् । यस्तै, बैठकमा विकास, आर्थिक मामिला तथा सुशासन…
काठमाडौँ । आज दिउँसो ४ बजे मन्त्रिपरिषद् बैठक आह्वान भएको छ । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा हुने बताइएको छ । बैठकमा समसामयिक विषयहरूमा छलफल भई आवश्यक निर्णय हुने प्रधानमन्त्री बालेन्द्र शाहका प्रेस विज्ञ दीपा दाहालले जानकारी दिएकी छन् ।
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत हुने वडा तहदेखि केन्द्रीय तहसम्मका अधिवेशनमा उत्साहपूर्वक सहभागी हुन पार्टीका क्रियाशील सदस्य, समर्थक तथा शुभेच्छुकलाई आग्रह गरेका छन्। सभापति थापाले मंगलबार अपिल जारी गर्दै आगामी असोज ३ र ४ गते हुने वडा अधिवेशनलाई विशेष महत्त्वका साथ लिएर सक्रिय सहभागिता जनाउन कांग्रेसका नेता तथा कार्यकर्तालाई आग्रह गरेका हुन्। कांग्रेसको १५औँ महाधिवेशन आगामी असोज १६ देखि १९ गतेसम्म काठमाडौँमा आयोजना गर्ने कार्यतालिका छ। त्यसअघि वडा, पालिका, प्रदेशसभा निर्वाचन क्षेत्र, प्रतिनिधिसभा निर्वाचन क्षेत्र तथा प्रदेश तहका अधिवेशन सम्पन्न हुनेछन्। महाधिवेशनको प्रक्रिया संविधान, नेपाली कांग्रेसको विधान र प्रचलित कानुनअनुसार अघि बढिरहेको उल्लेख गर्दै थापाले…
काठमाडौँ। प्रतिनिधि सभाको बैठकमा आईसीयूभित्र अन्तर्वार्ता लिइएको विषयले प्रवेश पाएको छ। बैठकको आकस्मिक समयमा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० की सांसद समीक्षा बाँस्कोटाले संवेदनशील र जटिल अवस्थामा रहेका बिरामीको उपचार हुने कक्षमा अन्तर्वार्ता लिइएको कार्यप्रति प्रश्न उठाएकी हुन्। आईसीयू अस्पतालको अत्यन्त संवेदनशील र जटिल अवस्थामा रहेका बिरामीहरूको उपचारका लागि छुट्याइएको विशेष कक्ष भएको उनले उल्लेख गरिन्। यस्तो कक्षमा बिरामीको स्वास्थ्य, गोपनीयता र सङ्क्रमण नियन्त्रणलाई सर्वोच्च प्राथमिकता दिइने उनले बताइन्। अस्पतालमा उपचाराधीन बिरामी, त्यसमाथि आईसीयूभित्रै अन्तर्वार्ता लिनु वा लिन स्वीकृति दिनु कति नैतिक अभ्यास हो भन्दै उनले प्रश्न गरेकी छन्। यो आफैँमा गम्भीर विषय बनेको उनले स्पष्ट पारिन्। मानिसको जीवनभन्दा ठुलो कुनै…
सुनसरी । सप्तकोशी नदीको जल सतह विहान ११स्१५ बजेसम्म पनि खतराको बिन्दुमा छ । कोशी परियोजनाद्वारा जारी सूचनाअनुसार विहान ११. १५ बजे त्यहाँ एक लाख ६६ हजार २६५ क्युसेक पानी मापन भएको छ । उक्त जल परिमाण गए रातिको तुलनामा कम हो । अहिले सप्तकोशी ब्यारेजबाट विहारतर्फ पानी बहावका लागि २० वटा ढोका खुला गरिएको छ । यसअघि २६ ढोकासम्म खोलिएको थियोे ।
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डोलप्रसाद ( डीपी ) अर्यालसँग भेटवार्ता गरेका छन् ।मंगलबार बिहान सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भेटवार्ता भएको हो । भेटमा रसुवाको भोटेकोसी नदीमा आएको भीषण बाढीबारे अध्ययन तथा आवश्यक छानबिनका निम्ति संसदीय समिति गठन गर्ने विषयमा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ ।
काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्ब दुई करोड ७३ लाख २९ हजार ७७७ रुपैयाँ जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार आज बिहान ९ः०० बजेसम्मको विवरण अनुसार विभिन्न नौवटा बैङ्कमा रु दश अर्ब ४० करोड ९९ लाख ४३ हजार ५१६ जम्मा भएको छ । त्यस्तै, कोषका अन्य दुई वटा बैङ्कमा रहेको डलर खातामा रु दुई करोड ३७ लाख छ हजार ५७५ अमेरिकी डलर जम्मा भएको छ । राहत कोषबाट केही दिन अघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट पीडितलाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत रु एक अर्ब निकासा गरिएको थियो ।
मुस्ताङ। मुस्ताङमा आजदेखि ‘घरपझोङ जलवायु सम्मेलन २०८३’ सुरु भएको छ । सम्मेलनको आज कृषि वन तथा पर्यावरणमन्त्री गीता चौधरीले उद्घाटन गरेकी हुन् । सम्मेलनमा भाग लिन ४२१ स्थानीय तह र ३६ जिल्ला समन्वय समितिका जनप्रतिनिधि सोमबार साँझ मुस्ताङ आइपुगेका छन् । कार्यक्रममा वरिष्ठ पत्रकार तथा स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमला पनि सहभागि छन् । सातै प्रदेशका महानगर, उपमहानगर, नगर र गाउँपालिकाका जनप्रतिनिधिसहित दुई हजारभन्दा बढी अतिथि मुस्ताङ आइपुगेको घरपझोङ गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत भीमकुमार बस्नेतले जानकारी दिए । सम्मेलनको व्यवस्थापनका लागि पालिकाअन्तर्गतका पाँचै वडाका गाउँ समाज, आमा समूह, युवा क्लब र अन्य संघसस्थालाई परिचालन गरिएको गाउँपालिका उपाध्यक्ष जमुना…
काठमाडौं । भारत सरकारले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् उपलब्ध गराउने भएको छ । भारतको ऊर्जा मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो । भारतरले यही सेप्टेम्बर १३ देखि आगामी डिसेम्बर ३१ सम्म नेपाल विद्युत् प्राधिकरणलाई राति १२ बजेदेखि साँझ ६ बजेसम्म विद्युत् उपलब्ध गराउने निर्णय भएको जनाएको छ । भारतका अनुसार मुजफ्फरपुर–ढल्केबर ४०० केभी डबल सर्किट प्रसारण लाइनमार्फत अधिकतम ६०० मेगावाट र टनकपुर–महेन्द्रनगर १३२ केभी सिङ्गल सर्किट प्रसाइनमार्फत ५४ मेगावाट विद्युत् उपलब्ध गराइनेछ । भारतले सन् २०२७ जनवरीदेखि हुने विद्युत् निर्यात भने सन् २०२६ डिसेम्बरमा समीक्षा गरिने उल्लेख गरेको छ । यही भदौ १० गते रसुवाको…
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रधान सम्पादक/ अध्यक्ष: बिना थापा कार्की
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क