Author: Editor
काठमाडौं। दक्षिण कोरियाको रक्षापंक्तिको ठूलो गल्तीको फाइदा उठाउँदै मेक्सिकोले बिहीबार १–० को जित निकालेको छ। योसँगै मेक्सिको विश्वकपको नकआउट चरणमा स्थान सुरक्षित गर्ने पहिलो टोली बनेको छ। सन् २०२२ को विश्वकपमा समूह चरणबाटै बाहिरिएको मेक्सिकोका लागि यो महत्त्वपूर्ण सफलता हो। घरेलु मैदानमा उत्साहित समर्थकहरूको सामुन्ने लगातार दोस्रो जित हासिल गर्दै टोलीले आफ्नो उत्कृष्ट लय कायम राखेको छ। मेक्सिकोका लागि निर्णायक गोल लुइस रोमोले ५०औं मिनेटमा गरे। दक्षिण कोरियाका गोलकिपर किम सुङ–ग्यु आफ्नै डिफेन्डर ली गि–ह्युकसँग ठोक्किएपछि बल नियन्त्रण गर्न असफल भए। बल पेनाल्टी क्षेत्रभित्र खस्यो। रोमोले उक्त अवसरलाई सदुपयोग गर्दै सहज रूपमा खाली पोस्टमा गोल गरेका थिए। दक्षिण कोरियाले खेलको…
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक बिहान ११ बजेबाट बस्दैछ । आज आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक तथा विभिन्न अध्यादेशमाथि छलफल र निर्णय हुने कार्यसूची तय गरिएको छ। बैठकमा अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस् तथा राष्ट्र ऋण उठाउने विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख गरिएको छ । सार्वजनिक खरिद ९दोस्रो संशोधन० अध्यादेश, २०८३ सम्बन्धमा सांसद खडकबहादुर बुढाले राखेको अध्यादेश अस्वीकार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिनेछ। त्यसपछि प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले उक्त अध्यादेश स्वीकृत गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची छ। यस्तै,…
लमजुङ्ग । पहिरोले लमजुङ(मनाङ जोड्ने सडक बेँसीसहर(चामे सडक अवरुद्ध भएको छ। बिहीबार साँझदेखि परेको वर्षाले यस सडकखण्डअन्तर्गत लमजुङको बेँसीसहर नगरपालिका(६ खरखरे भिरमा आज बिहान गएको पहिरोले सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ। कार्यालयका प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले भने, ुपानी ठूलो परेकाले जोखिमयुक्त क्षेत्रमा पहिरो जाने सम्भावना पनि रहन्छ। सडक माथिबाट ढुङ्गा माटोसहितको पहिरो खसेर सडक अवरुद्ध भइरहेको छ।ु सडक अवरुद्ध हुँदा हिमाली जिल्ला मनाङमा जाने र सो जिल्लाबाट बेँसीसहर हुँदै विभिन्न ठाउँमा जाने दर्जनौँ सवारीसाधन अलपत्र परेको उनको भनाइ छ। यस क्षेत्रमा वर्षैंपिच्छे पटकपटक पहिरो जाँदा सो स्थानमा यात्रा जोखिमपूर्ण बन्नुका साथै यात्रामा समस्या हुँदै आएको…
नारायणगढ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को पहिलो राष्ट्रिय महाधिवेशन असार ७ देखि ९ गतेसम्म भरतपुरमा हुँदै छ । महाधिवेशनका लागि १८ वटा विभिन्न उपसमितले तयारी गरिरहेका छन् । अहिले महाधिवेशनको तयारी तीव्र रूपमा अगाडि बढेको छ । महाधिवेशनको उद्घाटन भरतपुर महानगरपालिका–१० स्थित जिल्ला प्रहरी कार्यालय चितवन अगाडिको गेस्ट हाउस चौरमा र बन्दसत्र उद्योग सङ्घ चितवनमा हुने गरी तयारी भइरहेको रास्वपाका केन्द्रीय सदस्य राजन गौतमले जानकारी दिनुभयो । “हामीले महाधिवेशनको तयारी तीव्र रूपमा अगाडि बढाएका छौँ । उद्घाटन सत्र हुने स्थान गेस्टहाउस चौरमा विशेष डोमको निर्माण कार्य सुरु भएको छ,” उहाँले भन्नुभयो । उद्घाटन समारोहका लागि जर्मन प्रविधिमा आधारित आल्मुनियम…
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी९राप्रपा० ले आगामी महाधिवेशनको कार्यतालिका पारित गरेको छ । पार्टी कार्यालय धुम्वाराहीमा बिहीबार बसेको राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आगामी मंसिर २६, २७ र २८ गते काठमाडौंमा महाधिवेशन आयोजना गर्नेसहितको कार्यतालिका पारित गरेको अध्यक्ष राजेन्द्र लिङदेनले जानकारी दिए । बैठकले निर्वाचन समितिले प्रस्तुत गरेको नियमावली र निर्देशिका समेत परिमार्जनसहित पारित गरेको छ । केन्द्रीय कार्यसम्पादन समितिबाट प्रस्तावहरूलाई शुक्रबारबाट सुरू हुने केन्द्रीय समितिको बैठकमा प्रस्तुत गरिने लिङदेनले बताए । केन्द्रीय समितिको बैठकले केन्द्रीय कार्यसम्पादन समिति पारित प्रस्तावहरूमाथि छलफल गरेर आवश्यक निर्णय लिने उहाले जानकारी दिए । उनले भदौ मसान्तसम्ममा जिल्ला अधिवेशनहरू सम्पन्न गरिसक्ने, असोज मसान्तसम्ममा सक्रिय सदस्यता…
काठमाडौं । सरकारले सुकुमवासी बस्ती हटाउने कार्यमा नेपाली सेनालाई कहिँ पनि नखटाएको दाबी गरेको छ । रक्षा मन्त्रालयको तर्फबाट विनियोजित बजेटमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिने क्रममा अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले यस्तो दाबी गरेका हुन् । साथै, उनले सुकुमवासीहरूलाई स्थानान्तरण गर्ने क्रममा नेपाल प्रहरीले स्थानीय तहसँग समन्वय गरेर सुरक्षा प्रबन्ध र सहजीकरण गरेको पनि बताए । मुलुकको भौगोलिक अखण्डता र सीमाको रक्षार्थ राष्ट्रिय सुरक्षा नीति तथा नेपाल सरकारको आदेश र निर्देशन बमोजिम मुलुकको सबै भूभागमा आवश्यकता अनुसार नेपाली सेना लगायतका अन्य सुरक्षा निकायको उपस्थिति हुने बताए। यस्ता छ वाग्लेको प्रष्टिकरण– नेपाल सरकारले नेपाली सेनालाई सुकुमवासी बस्तीमा डोजर लगाइ बस्ती हटाउने…
काठमाडौं । आगामी आर्थिक वर्षको बजेट प्रतिनिधिसभाबाट पारित भएको छ । बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ सकिएसँगै अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले विनियोजन विधेयक २०८३ सभामा प्रस्तुत गरेका थिए । उक्त प्रस्ताव सभामुख डोलप्रसाद अर्यालले निर्णयार्थ प्रस्तुत गरे र, सभाबाट बहुमतले उक्त विधेयक पारित भएको घोषणा गरे ।
काठमाण्डौं । कानुनमन्त्री सोबिता गौतमले ७७ वटै जिल्लाबाट निःशुल्क कानुनी सहायता सेवा प्रवाह भइरहेकी बताएकी छन्। सरकारले संक्रमणकालीन न्यायसम्बन्धी आयोगहरू गठनका लागि सिफारिस समितिको प्रक्रिया अघि बढाएको छ ।बिहीबार प्रतिनिधिसभा बैठकमा आफ्नो मन्त्रालयको विनियोजित शिर्षकमाथिको छलफलमा भाग लिँदै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले यसबारे जानकारी गराएकी हुन् । सङ्क्रमणकालिन न्याय सम्बन्धित आयोगहरु– सत्य निरुपण तथा मेलमिलाप आयोग तथा बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको लागि जम्मा २१ करोड ९१ लाख १७ हजार बजेट विनियोजन भएको उनले जानकारी गराइन् । पीडितको परिपूरणको लागि नेपाल सरकारले नियमावली बनाई छुट्टै कोषको स्थापना गरिसकेको पनि उनले बताइन् । बिहीबार सदनमा सांसदहरूको प्रश्नको जवाफ…
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको सिमा व्यवस्थापन, वैदेशिक रोजगारीमा रहेका नेपालीको सुरक्षा र आर्थिक कूटनीतिका क्षेत्रमा सरकारले उच्च प्राथमिकताका साथ काम गरिरहेको बताएका छन् । प्रतिनिधि सभाको बिहीबारको बैठकमा विनियोजन विधेयकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले छिमेकी मुलुकहरूसँगको सीमा मामिला र विदेशमा अप्ठ्यारोमा परेका नेपालीहरूको उद्धारका सम्बन्धमा सरकारको धारणा स्पष्ट पारेका हुन् । मन्त्री खनालकाअनुसार नेपाल र भारतबीचको सिमा क्षेत्रमा सिमा स्तम्भहरूको पुनस्निर्माण र दशगजा क्षेत्रको अतिक्रमण ९क्रस बोर्डर अकुपेसन० को लगत संकलन कार्य अहिले सक्रिय रूपमा अगाडि बढिरहेको छ । लामो समयदेखि अवरुद्ध यो प्रक्रिया सुचारु भई दुवै देशका प्राविधिक टोलीहरूले फिल्डमा काम गरिरहेको उनले जानकारी दिए…
काठमाडौं । नेकपाका नेता तथा पूर्वसभामुख कृष्णबहादुर महराले सक्रिय राजनीतिबाट बिदा लिएको घोषणा गरेका छन् । आज एक विज्ञप्ति जारी गर्दै पार्टीको सक्रिय राजनीतिबाट अलग भएर सक्रिय सदस्य मात्रै रहने जानकारी गराएका हुन् । पूर्वसभामुख समेत रहेका रहेका महराले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘‘आजकै मितिदेखि पार्टीको सक्रिय जिम्मेवारीबाट अलग भई साधारण सदस्य रहने निर्णय गरेको जानकारी गराउन चाहन्छु। यो निर्णय कुनै असन्तुष्टि, गुनासो वा वैचारिक विचलनका कारण नभई केवल स्वास्थ्य अवस्थाले सिर्जना गरेको बाध्यतात्मक परिस्थितिको परिणाम हो।’ पार्टी जीवनको अन्तरसंघर्ष, नेतृत्व निर्माण र नेपालको राष्ट्रिय स्वाधीनताको सवालमा सधैँ इमानदार र प्रतिबद्ध रहिरहने जानकारी गराएका छन्। उनले भनेका छन्, ‘पार्टीमा…
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रधान सम्पादक/ अध्यक्ष: बिना थापा कार्की
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क