Author: Editor

चितवन । रास्वपाको प्रथम महाधिवेशन चितवनको भरतपुरस्थित हेस्ट हाउस चौरमा सुरू हुँदैछ । महाधिवेशनमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, नेकपा एमालेका नेता प्रदीप ज्ञवाली र नेकपा नेता वर्षमान पुन कार्यक्रस्थलमा पुगिसकेका छन् । रास्वपाले शुभकामना दिन अरू पार्टीका नेतालाई पनि आमन्त्रण गरेको थियो। कार्यक्रम स्थलमा रास्वपा महामन्त्री कबिन्द्र बुर्लाकोटी, परराष्ट्र मन्त्री शिशिर खनाल, प्रवक्ता मनिष झा लगायत केही नेताहरू भने छन् । महाधिवेशनमा प्रधानमन्त्री बालेन शाह, सभापति रवि लामिछानेलगायत पदाधिकारीहरू आइपुगिसकेका छैनन्। दिउँसो १ बजे कार्यक्रम उद्घाटन गर्ने भने पनि अहिलेसम्म सुरू हुन सकेको छैन ।

Read More

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा )  को राष्ट्रिय महाधिवेशनको निर्वाचन कार्यतालिका पुनः प्रकाशित गरिएको छ । आइतबार केन्द्रीय निर्वाचन आयोगले महाधिवेशनको निर्वाचन कार्यतालिका पुनः प्रकाशित गरेको हो । रास्वपा महाधिवेशनमा सहभागी हुने चार हजार प्रतिनिधिहरुको प्रारम्भिक नामावली सार्वजनिक भएको छ । निर्वाचन आयोग प्रमुख भुवन केसीले महाधिवेशन प्रतिनिधिहरुको प्रारम्भिक नामावली सार्वजनिक गरेको जानकारी दिँदै नामावलीमाथि कुनै दाबी विरोध भए महाधिवेशन सचिवालयको कार्यालय (चितवन औद्योगिक प्रदर्शनीस्थल)मा सम्पर्क राख्न भनेका छन् । रास्वपाले प्रदेश सभापतिहरु पदेन रहने गरी १५१ सदस्यीय केन्द्रीय सदस्य बनाउने निर्णय गरेको छ । हाल रास्वपामा १२१ केन्द्रीय सदस्य छन् । अब रास्वपामा खुला प्रतिस्पर्धाबाट ९९ जना…

Read More

सिरहा । नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएसनको अध्यक्षमा विश्वप्रसाद अर्याल विजयी भएका छन् । अर्यालले २४२ मत ल्याएर विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी उत्सव इटेनीले ११३ मत पाए । वरिष्ठ उपाध्यक्षमा चतुर्भुज सरिया अग्रवाल २२८ मतसहित विजयी हुँदा जनक तिमिल्सिनाले १२४ मत प्राप्त गरेका छन् । प्रथम उपाध्यक्षमा श्यामबाबु रौनियार २६१ मतसहित निर्वाचित भएका छन् भने उनका प्रतिस्पर्धी लयप्रसाद भण्डारीले ९२ मत प्राप्त गरेका छन्। निर्वाचनमा द्वितीय उपाध्यक्षमा सुनिलकुमार बिडला, महासचिवमा अच्युत बहादुर खड्का, कोषाध्यक्षमा श्यामकुमार बुढाथोकी, सचिवमा प्रेम न्यौपाने तथा सह–सचिवमा राजन गौङजु निर्विरोध निर्वाचित भएका छन् । देशभरिबाट निर्वाचित कार्यकारी सदस्यहरूमा गोकर्णराज खड्का, घनश्याम खत्री, ईश्वर लामा,…

Read More

चितवन । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का अध्यक्ष राजेन्द्र लिङदेन सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को पहिलो महाधिवेशनमा सहभागी हुन चितवन पुगेका छन् । चितवनमा आयोजित महाधिवेशनमा जाने क्रममा भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष लिङदेनले एउटा राजनीतिक दलको महाधिवेशनमा अर्को दलका नेताले शुभकामना दिने विषयलाई स्वाभाविक र सुखद् परम्परा भएको बताए । अध्यक्ष लिङ्देनले गत फागुनमा सम्पन्न निर्वाचनमा अभूतपूर्व जनमत प्राप्त गरेको र जनताको विशिष्ट चाहनाको प्रतिनिधित्व गर्ने पार्टीको ऐतिहासिक महाधिवेशनमा सहभागी हुनु एक जिम्मेवार राजनीतिक नेताको कर्तव्य भएको बताए । साथै, फरक प्रसंगमा उनले राप्रपाभित्रको आन्तरिक असन्तुष्टि र केही नेताहरूको बहिर्गमनका विषयमा टिप्पणी गर्दै कुनैपनि सदस्यले पार्टी छाड्नु…

Read More

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९ रास्वपा० को महाधिवेशनमा सहभागी हुनका लागि नेपाली कांग्रेसका सभापति गगन कुमार थापा चितवन पुगेका छन् । रास्वपाको पहिलो महाधिवेशन केहीबेरमा सुरु हुँदैछ । रास्वपाले गरेको निम्तो स्वीकार्दै थापा चितवन पुगेका हुन् । रास्वपाले अन्य दलका शीर्ष नेताहरूलाई पनि निम्तो पठाएको थियो ।

Read More

पोखरा । पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको बास्तोला कम्प्लेक्सका ३२० सटरलगायत संरचना महानगरले शनिबार डोजर प्रयोग गरी हटाएको छ। पोखरा बसपार्क निर्माणको अभियानमा रहेको महानगरपालिकाले पृथ्वीचोकस्थित सेती नदीपट्टिको बास्तोला कम्प्लेक्स हटाएको हो। महानगरपालिका र जग्गाधनीका बीचमा संरचना हटाउने सहमतिअनुसार व्यवसायीले सटर खाली गरेका थिए। पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले कम्प्लेक्सका सञ्चालक र त्यहाँ व्यवसाय गरेर बसिरहेका व्यवसायीसँग निरन्तर छलफल तथा संवादपछि खाली गर्ने सहमति भएको बताए। उनका अनुसार बसपार्क निर्माण गर्ने अभियानमा सहयोग गर्ने समझदारीका साथ कम्प्लेक्स पूर्ण रूपमा हटाइएको हो। हामीले जग्गाधनीसँग सहमति गरेका थियौँ। सोहीअनुसार खाली गरिएको हो। सुकुम्बासी बस्तीमा भने व्यवस्थापन नगरी हटाउने छैनौँ,…

Read More

काठमाण्डौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले स्थापनाको छोटो समयमै राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले प्राप्त गरेको चुनावी सफलता प्रशंसनीय र अनुकरणीय रहेको बताएका छन्। आजदेखि चितवनमा सुरु हुन गइरहेको रास्वपाको प्रथम महाधिवेशनको अवसरमा पूर्ण सफलताको शुभकामना व्यक्त गर्दै उनले यस्तो बताएका हुन्। भट्टराईले जोश र उत्साहको जगमा, निराशा र विकल्पको खोजीमा रहेको जनमतलाई आकर्षित गरेर फैलिएको यस पार्टीलाई विचार, संगठन, नीति र नेतृत्वमार्फत सुदृढ एवं स्थिर बनाउने मुख्य कार्यभार यो महाधिवेशनसामु रहेको भनाइ राखे। संसद्को सबैभन्दा ठुलो दल राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन आजदेखि चितवनमा सुरु भइरहेको छ। म यस महाधिवेशनको पूर्ण सफलताको शुभकामना व्यक्त गर्दछु, उनले सामाजिक सञ्जालमा लेखेका…

Read More

काठमाण्डौं । स्वस्थ वृद्धावस्थाका लागि योग’ भन्ने नाराका साथ आज अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदै छ। अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष जुन २१ तारिखका दिन विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइन्छ। संयुक्त राष्ट्रसंघको महासभाले सन् २०१४ मा गरेको निर्णयअनुसार सन् २०१५ जुन २१ देखि अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त राष्ट्रसंघको ६९औँ महासभामा योग सबैका लागि सधैँका लागि आवश्यक भएकाले अन्तर्राष्ट्रिय योग दिवसको घोषणा गर्न प्रस्ताव गरेका थिए। सो प्रस्तावमा नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले पहिलो समर्थन गरेपछि युरोपियन युनियनलगायत संयुक्त राष्ट्रसंघका स्थायी सदस्य राष्ट्रले समर्थन गरेका थिए। संघले…

Read More

काठमाण्डौं । राष्ट्रपति रामचन्द्र पौडेलले योगलाई जीवनशैलीका रूपमा अपनाउन आग्रह गरेका छन्। बाह्रौँ विश्वयोग दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि एवं सुस्वास्थ्यको हार्दिक शुभकामना व्यक्त गर्दै उनले योगलाई जीवनशैलीका रूपमा अपनाउन आग्रह गरेका हुन्। योग शरीर, मन र आत्मालाई एकसाथ जोड्ने समग्र अभ्यास भएको, यसमा ध्यान, प्राणायाम र शारीरिक आसनहरूको संयोजन रहने तथा यसलाई वैज्ञानिक मानवीय जीवनशैली तथा जीवनपद्धतिका रूपमा लिनुपर्नेमा जोड दिँदै पौडेलले ुयोग, ध्यान र साधनाले शरीर, मन र आत्मालाई सन्तुलनमा ल्याई तनाव कम गर्न तथा सकारात्मक ऊर्जा प्राप्त गर्न सहयोग गर्नेु धारणा व्यक्त गरेका छन्। सन्देशमा योगसम्बन्धी अध्ययन, अनुसन्धान…

Read More

चितवन । गृहमन्त्री सुधन गुरुङ आफ्नो पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा )  को प्रथम महाधिवेशन उद्‌घाटनस्थलमा आइपुगेका छन्। रास्वपाका केन्द्रीय सदस्य उनी पार्टीको प्रथम महाधिवेशन उद्घाटनस्थल चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १० सँगै रहेको गेस्टहाउस चौरमा आइपुगेका हुन्। गएरातिको वर्षाले महाधिवेशन उद्‌घाटनस्थल जलमग्न बनेपछि उनले अवलोकन गरेका हुन्। मञ्चस्थलबाट अहिले धमाधम पानी सुकाउने काम भइरहेको छ।

Read More