Author: Editor
भरतपुर । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफूले गरेको वैकल्पिक राजनीतिको पैरवीको उपलब्धि रास्वपा भएको बताएका छन्। आइतबार चितवनको भरतपुरमा आयोजित रास्वपाको पहिलो महाधिवेशनमा शुभकामना वक्तव्य राख्दै पूर्वप्रधानमन्त्री भट्टराईले यस्तो बताएका हुन् । ‘रास्वपाले चार वर्षभित्र जुन उपलब्धि हासिल गर्यो, आधुनिक प्रविधि प्रयोग गरेर जनताको मन जितेको छ यसलाई नयाँ क्रान्तिको कडीका रूपमा लिनुपर्छ’, सुझाव दिँदै भट्टराईले रास्वपालाई जनताले दिएको मत सुशासन र समृद्धिकै लागि भएको बताए । ‘यो आफैंले गत ११ वर्षदेखि नयाँ शक्ति अभियान भन्दै वैकल्पिक राजनीतिको पैरवी गरेँ । अहिले म रास्वपालाई त्यो अभियानको सबैभन्दा महत्वपूर्ण उपलब्धिको रुपमा ग्रहण गरेको छु,’ उनले भने । जनताको मत पाएको रास्वपा…
,चितवन । नेकपा ( एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) लाई प्राप्त जनमतलाई राष्ट्र निर्माण र लोकतन्त्रको संस्थागत सुदृढीकरणमा प्रयोग गर्न सुझाव दिएका छन् । रास्वपाको आजबाट चितवनमा सुरु भएको प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै ज्ञवालीले नयाँ दलका रूपमा रास्वपाले छोटो समयमा हासिल गरेको उपलब्धिलाई सङ्गठित र व्यवस्थित गर्नुपर्ने बताए । ज्ञवालीले रास्वपाको कार्यशैलीलाई गाडीको गतिसँग तुलना गरे । उनले गाडीमा एक्सिलेटरसँगै ब्रेक राखिएको र दुवैको महत्त्वपूर्ण भूमिका हुने बताए । ‘गाडीमा एक्सिलेटरसँगै ब्रेक पनि राखिन्छ। यदि एक्सिलेटर मात्र थिचियो र ब्रेक थिचिएन भने दुर्घटना हुनसक्छ। रास्वपाले पनि आफ्नो गतिसँगै सन्तुलन ( ब्रेक ) को ख्याल…
चितवन । नेकपाका नेता वर्षमान पुनले थिति बसाउने नाममा चालिने कदमहरू सधैँ विधिसम्मत र संविधानको परिधिभित्र अघि बढाउन राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) लाई सुझाव दिएका छन् । चितवनमा आइतबारदेखि सुरु भएको रास्वपाको पहिलो ऐतिहासिक राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेता पुनले नयाँ पुस्ताको राजनीतिले जनतामा आशा जगाएको भए पनि पद्धतिभन्दा बाहिर जान नहुनेमा सचेत गराएका हुन् । सम्बोधनका क्रममा नेता पुनले नेपाली समाजको रूपान्तरणको यात्रा सहज नभएको र ठुलो बलिदानको जगमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको स्मरण गराए । उनले नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वास्थ्यका कारण उपस्थित हुन नसकेको जानकारी दिँदै आफ्नो गृह जिल्लामा आएका सबैलाई…
चितवन । जनता समाजवादी पार्टी ( जसपा ) नेपालका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) लाई मुलुकमा व्याप्त पुराना विकृति र विसंगति अन्त्य गर्दै नयाँ दिशामा लैजाने ऐतिहासिक अवसर प्राप्त भएको बताएका छन्। चितवनको भरतपुरमा आइतबार आयोजित रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन्। अध्यक्ष यादवले निर्वाचनपछि प्राप्त नयाँ जनादेशले रास्वपालाई विगतका बेथितिहरूलाई पछाडि छाडेर अगाडि बढ्ने जिम्मेवारी सुम्पिएको उनले बताए। उनले भने, ‘विगतका विकृति र विसंगतिलाई त्यहीँ छाडेर नयाँ युगको थालनीका लागि यो महाधिवेशन कोशेढुङ्गा सावित हुनेछ।’ सम्बोधनका क्रममा यादवले मुलुक अहिले सुशासन, समृद्धि र सामाजिक न्यायको व्यग्र प्रतीक्षामा रहेको उल्लेख गरे।…
चितवन । राष्ट्रिय प्रजातन्त्र पार्टी ( राप्रपा ) का अध्यक्ष राजेन्द्र लिङ्देनले रास्वपाले प्राप्त गरेको मतमा राजाको माग गर्नेहरुको पनि मत भएको बताएका छन् । आइतबार चितवनमा आयोजित रास्वपाको प्रथम महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले राजा चाहिन्छ भन्ने पार्टी राप्रपालाई भोट नदिएर बालेन शाहले राजा ल्याउँछन भनेर भोट दिएका मानिसहरू पनि रहेको धारणा राखे । उनले भने, ‘तपाईंहरूको भोटमा नेपालमा राजा चाहिन्छ भन्नेहरूको पनि भोट छ। राजा चाहिन्छ भन्ने पार्टी राप्रपा हो । तर राप्रपालाई भोट नदिएर बालेनले राजा ल्याउँछ भनेर भोट दिएका मानिसहरू पनि छन्। त्यसैले तपाईंहरूको जिम्मेवारी विशिष्ट छ, जनताको विशिष्ट चाहना सम्बोधन गर्नुपर्छ ।’ उनले प्राप्त…
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का उपसभापति एवम अर्थमन्त्री डा।स्वर्णिम वाग्लेले नेपालमा इमानदार व्यक्तिलाई राजनीतिमा प्रवेश गर्न कठिन र पहुँचवालालाई सफल हुन सहज हुने प्रणाली विकास भएको बताएका छन् । आइतबार चितवनमा आयोजित पार्टीको प्रथम महाधिवेशन उद्घाटन समारोहमा उनले राज्यले सिर्जनाभन्दा वितरण, प्रतिस्पर्धाभन्दा नियन्त्रण र अवसर विस्तारभन्दा पहुँचको संरक्षण गर्ने संस्कारलाई बढावा दिएको उल्लेख गर्दै रास्वपाको उद्देश्य केवल सरकार परिवर्तन नभई राजनीतिक संस्कार परिवर्तनको अभियान रहेको बताए । उनले विवेक, विधि र नियममा आधारित शासन, मेरिटोक्रेसी र नागरिक केन्द्रित लोकतन्त्र स्थापना गर्दै आमूल राजनीतिक सुधारमार्फत नेपाललाई जिताउने लक्ष्यसहित रास्वपा अघि बढिरहेको पनि बताए । उनले भने,‘राजनीतिमा इमानदार मानिस प्रवेश गर्न…
काठमाण्डौं । विद्युतीय राहदानी छपाइ अनियमितताको अनुसन्धानका क्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग बयान लिएको छ। आयोगका अनुसन्धान अधिकृतहरूले राहदानी खरिद तथा ठेक्का प्रक्रियासम्बन्धी विषयमा श्रेष्ठसँग सोधपुछ गरेका हुन्। श्रेष्ठ २०८० फागुनदेखि पुष्पकमल दाहाल तृत्वको सरकारमा परराष्ट्रमन्त्री थिए। उनी यसअघि पनि २०६८ सालमा उपप्रधान तथा परराष्ट्रमन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन्। यसै प्रकरणमा अख्तियारले पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवा लाई पनि बयानका लागि तीन दिनको म्याद दिएको थियो। आयोगले असार २ गते उनको बुढानीलकण्ठस्थित निवासमा म्याद टाँस गरेको भए पनि उनी उपस्थित नभएको जनाइएको छ। राहदानी विभागले २०८१ मंसिरमा पाँच वर्षका लागि ६४ लाख थान विद्युतीय राहदानी आपूर्ति तथा प्रणाली व्यवस्थापनका…
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले प्रथम राष्ट्रिय महाधिवेशनलाई निष्पक्ष, व्यवस्थित र प्रभावकारी रूपमा सम्पन्न गराउन पार्टीको केन्द्रीय निर्वाचन आयोग तथा राष्ट्रिय महाधिवेशन निर्वाचन समिति परिचालन गरेको छ । पार्टीको केन्द्रीय निर्वाचन आयोगको नेतृत्व भुवन केसीले गरिरहेका छन् । आयोगमा डा. राम गुरुङ उपप्रमुख रहेका छन् भने कुमार आनन्द मिश्र, नारायणप्रसाद प्याकुरेल, सुमित्रा पण्डित, गोकुल सापकोटा, निश्चल सिंह भण्डारी, बिपी दाहाल, सौरेन्द्रबहादुर शाह र सुदनप्रसाद ज्ञवाली सदस्य रहेका छन् । महाधिवेशनअन्तर्गत नेतृत्व चयन प्रक्रिया, उम्मेदवारी व्यवस्थापन, मतदाता सूची प्रकाशन, मतदान तथा मतगणनालगायत सम्पूर्ण निर्वाचन कार्यको जिम्मेवारी केन्द्रीय निर्वाचन आयोगले सम्हालिरहेको छ । यस्तै, महाधिवेशनको निर्वाचन व्यवस्थापनलाई सहयोग गर्न गठन…
चितवन । पार्टी गठन भएको करिब चार वर्षमा राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) को पहिलो राष्ट्रिय महाधिवेशन सुरु भएको छ। चितवनको भरतपुरस्थित उद्योग वाणिज्य सङ्घको खुला चौरमा तयार मञ्चमा आइतबार पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री समेत रहेका वरिष्ठ नेता बालेन्द्र ९बालेन० शाहले महाधिवेशनको संयुक्त रूपमा घण्टी बजाएर उद्घाटन गरेका हुन्। महाधिवेशनमा रास्वपाका ४ हजार २ सय भन्दा बढी प्रतिनिधि सहभागी भएका छन्। ३ दिनसम्म चल्ने महाधिबेशनको उद्घाटनसत्रमा बिभिन्न राजनीतिक दलका नेताहरुको सम्बोधनको कार्यक्तम रहेको छ। नेपाली कांग्रेसका सभापति गगन थापा, पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई, नेकपा एमालेका नेता प्रदीप ज्ञवाली,नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुन,जनतम पार्टीका अध्यक्ष सीके राउत, जनता…
चितवन । वाह्य पर्यटकको चहलपहल हुने सौराहाका धेरै होटलले सामान्यतया असारदेखि भदौ महिनासम्म आफ्ना कर्मचारीलाई बिदा दिने गर्थे। सामान्यतया होटलको सुरक्षा र सरसफाइमा खटिनेबाहेक अधिकांश कर्मचारीले बिदा पाउँथे। तर, यस वर्ष असारको पहिलो साता सकिन लाग्दा सौराहाका होटल मुख्य सिजनजस्तै भरिभराउ छन्। होटलमा कोठा पाउनसमेत कठिन भएको अवस्था छ। सौराहासहित भरतपुर आसपासका होटलमा देखिएको भीडभाडको मुख्य कारण राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को महाधिवेशन हो। हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा दुई तिहाइ नजिकको सिट जित्न सफल रास्वपाको आज भरतपुरमा उद्घाटन हुने तीनदिने राष्ट्रिय महाधिवेशनका कारण चहलपहल बढेको भन्दै होटल व्यवसायी खुसी देखिएका छन्। होटल व्यवसायी सङ्घ चितवनका अनुसार रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनमा…
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रधान सम्पादक/ अध्यक्ष: बिना थापा कार्की
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क