Author: Editor
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०लाई थप समावेशी बनाइने भएको छ । पहिलो राष्ट्रिय महाधिवेशनपूर्व विधान संशोधन गरेर समावेशी बनाउन लागिएको हो । विधान संशोधन समितिका सदस्य गणेश पराजुलीका अनुसार विधान संशोधनपछि अब बन्ने कार्यसमितिमा उपसभापतिमा महिला अनिवार्य हुनुपर्ने व्यवस्था गरिएको छ । जसअनुसार सभापति एक, एक महिलासहित तीन उपसभापति, दुई महामन्त्री तथा एक महिलासहित पाँच सहमहामन्त्री निर्वाचित हुने व्यवस्था गरिएको छ । त्यसैगरी, एक कोषाध्यक्ष, दुई सहकोषाध्यक्ष, एक प्रवक्ता र तीन सहप्रवक्ता मनोनयन गरिने छ । अब समिति १ सय ५१ सदस्यीय हुनेछ । ९९ जना सदस्य र सभापति निर्वाचित हुने व्यवस्था छ भने ५१ जना सदस्य समावेशी प्रक्रियाबाट…
हेटौँडा । लामो समयदेखि बन्द अवस्थामा रहेको हेटौँडा कपडा उद्योगलाई पुनः सञ्चालनमा ल्याउने सरकारको तयारीसँगै सरकारी निकायबाट यसको स्थलगत अनुमगनसँगै सक्रियता बढाइएको छ। हेटौँडा औद्योगिक क्षेत्रभित्र २०३२ सालमा स्थापना भएर २०३५ देखि सञ्चालित हेटौँडा कपडा उद्योग २०५७ सालदेखि बन्द भएको थियो। त्यसयता उक्त कपडा उद्योग पुनः सञ्चालनमा ल्याउन पटकपटक प्रयास भए पनि प्रयासले सार्थकता पाउन सकेको थिएन। यस वर्ष यसको सञ्चालनका लागि सरकारले चासो बढाएसँगै सरकारी तवरबाट स्थलगत अनुगमनसँगै सक्रियता बढाइएको औद्यागिक क्षेत्र व्यवस्थापन लिमिटेड हेडौँडा कार्यालयका सूचना अधिकारी हिमालय भण्डारीले जानकारी दिए। कपडा उद्योगसँगै तत्कालीन समयमा नै यससँग सम्बन्धित बुटवलमा धागो कारखाना र बाँकेको नेपालगन्जमा कपास उत्पादन कारखाना पनि…
चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०को प्रथम महाधिवेशनको बन्दसत्र अहिले बिहान ८ः३० बजेदेखि हुने भएको छ । उद्योग सङ्घको प्रदर्शनी केन्द्रमा बन्दसत्रका कार्यक्रम आयोजना हुने जनाइएको छ । प्रदर्शनी केन्द्रमा रहेका तीन ठूला हलमध्ये दुईवटामा बन्दसत्र गर्नका लागि तयारी गरिएको छ भने अर्को एउटामा खाजा र खानाको व्यवस्था गरिँदै छ । रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार बन्दसत्रका सुरुमा अनुशासन आयोगबाट रमाकान्त रिमालले अनुशासन आयोगको प्रतिवेदन प्रस्तुत गर्नुहुने छ । यसपछि प्रतिवेदनमाथि छलफल हुनेछ भने बिहान ९ः०० बजे कोषाध्यक्ष लिमा अधिकारीको आर्थिक प्रतिवेदन प्रस्तुति र छलफल हुने सम्भावित कार्यसूची रहेको जनाइएको छ । बिहान १०ः०० बजे महामन्त्री कविन्द्र बुर्लाकोटीले सङ्गठनात्मक प्रतिवेदन प्रस्तुति…
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) को महाधिवेशन स्थलमा दुग्ध विकास संस्थान ९डिडिसी० का उत्पादनको बजारीकरण गरिएको छ । चितवनमा सुरु भएको महाधिवेशन स्थलमा डिडिसीका उत्पादन बिक्रीका लागि राखिएको हो । सरकारले डिडिसीका उत्पादन प्रवर्धन गरिरहेका बेला संस्थानको हेटौँडा दुग्ध विकास आयोजनाले महाधिवेशन स्थलमा उत्पादन बिक्रीमा राखेको हो । आयोजनाका प्रमुख राजीव खनालले महाधिवेशन स्थलमा दुग्धजन्य पदार्थको बिक्री राम्रो भएको जानकारी दिनुभयो । धेरै गर्मी भएकाले पनि फ्रेस मिल्क, मही, दही र लस्सी बढी बिक्री भएको उहाँले जानकारी दिनुभयो । महाधिवेशमा दुध, दही, फ्रेस मिल्क, मोही, मिठाई, आइसक्रिम बिक्रीका लागि राखिएको उहाँले जानकारी दिनुभयो । उत्पादन हेरेर पाँचदेखि…
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेले देश रास्वपाको हातमा रहेको र सुरक्षित रहेको बताएका छन् । पार्टीको चितवनमा सुरु भएको महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अन्य पार्टीका नेताहरूलाई लामिछानेले यस्तो बताएका हुन् । ‘देश रास्वपाको हातमा छ, देश सुरक्षित छ’, सभापति लामिछानेले भने,‘बदलिएको परिस्थितिले हामीलाई सबैभन्दा शक्तिशाली पार्टी बनाएको छ ।’ उनले शक्तिशाली हुनु भनेको दम्भ र प्रतिशोधको लाइसेन्स नभएको बताए । नागरिक जिम्मेवारी पुरा गर्ने जिम्मेवारीका साथ रास्वपा उभिएको भन्दै अन्य दलका नेताहरूलाई निर्धक्क हुन आग्रह गरे । ‘लोकतन्त्रका स्थायी मान्यता, संविधान, मानवअधिकार लगायत थुप्रै उपहारको हामी जगेर्ना गर्नेछौँ ।’ सभापती लामिछानेले प्रथम महाधिबेशनका गरेको…
चितवन । नमस्कार नबोलौँ भन्छु, बोल्ने दिन आइहाल्छ राष्ट्रिय स्वतन्त्र पार्टीको यस ऐतिहासिक प्रथम महाधिवेशनमा उपस्थित पार्टीका सभापति रवि लामिछानेज्यू, विशेष अतिथिका रूपमा आउनुभएका पूर्वप्रधानमन्त्रीज्यू, प्रमुख प्रतिपक्षी दलका सभापतिज्यू तथा सम्पूर्ण विशिष्ट अतिथिहरू, पार्टीका पदाधिकारीहरू, मन्त्रीगण, सांसदज्यूहरू तथा उपस्थित सम्पूर्ण देशप्रेमी र राष्ट्रिय स्वतन्त्र पार्टीप्रेमी सबैलाई हार्दिक शुभकामना दिन चाहन्छु। कुरा कताबाट सुरु गरौँ ? आज खासमा यो महाधिवेशन भनेको पार्टीको विषयमा बोल्ने, पार्टीलाई कसरी सुदृढ बनाउने, पार्टीलाई कसरी बलियो बनाउने भन्ने विषयमा केन्द्रित हुनुपर्ने अवसर हो। एउटा सानो महत्त्वाकाङ्क्षा, सानो इच्छा र सानो देशलाई राम्रो बनाउने हुटहुटीबाट सुरु भएको यो पार्टी आज पहिलो महाधिवेशनसम्म आइपुग्दा आन्दोलनका रूपमा रहेको, भावनाका…
चितवन । रास्वपा वरिष्ठ नेता एवं प्रधानमन्त्री वालेन्द्र शाह ( बालेन ) ले सरकार ‘एक्सप्रेस वे’ मा हिँडेको गाडी भएको भन्दै गन्तव्यमा पुगेपछि मात्रै ब्रेक लाग्ने बताएका छन्। चितवनमा जारी महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले बीचमा ब्रेक लगाउन जरुरी नभएको बताएका हुन्। बालेनले सरकारलाई एक्सिलेटर मात्र होइन, ब्रेक पनि लगाउनुपर्छ भनेर सुझाव आइरहेको भन्दै यसमाथि टिप्पणी गरे । उनले यो सरकार लोकल नभएर एक्सप्रेस गाडी भएको बताए । ‘त्यस्तो चिन्ता लोकल रोडमा हिँड्दा खेरी हो। गाडी सिधा गइराख्दा लेफ्टबाट गाँडी आउँछ, राइटबाट मान्छे आउँछ,’ उनले भने, ‘हाम्रो गाडी एक्सप्रेस वे हिँडे्को गाडी हो, गन्तव्यमा पुग्नु अघि ब्रेक लगाउनु जरुरी…
चितवन । प्रधानमन्त्री वालेन्द्र शाह ( बालेन ) ले नेपालको सीमा सम्बन्धी प्रमाण आवश्यक परे त्यसबेलाको ब्रिटिस सरकारबाट पनि ल्याउने भनेको प्रस्टीकरण दिएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनलाई आइतबार चितवनमा सम्बोधन गर्दै शाहले प्रतिनिधिसभा मा बोलेको देशको सीमाको विषयमा प्रस्टीकरण दिएका छन्। शाहले भने, ‘हाम्रा सीमा मिचिएका छन्। त्यसका प्रमाण पनि हामीसँग छन्। कालापानी–लिपुलेक हाम्रो हो। त्यसबारे ब्रिटिस सरकारबाट प्रमाण ल्याउनुपर्छ भने पनि ल्याउँछौँ भनेका हौँ। ब्रिटिस सरकारलाई मध्यस्थकर्ता राख्छौँ भनेको होइन।’ कसैको पनि सीमा मिच्दा आफ्नो भनाइ आउने गरेको र नेपालले सीमाको विषयमा कुरा गर्दा भारतको प्रतिक्रिया आएको दाबी प्रधानमन्त्री शाहले गरेका छन्। प्रधानमन्त्री शाहले प्रतिनिधिसभाको बैठकमा सांसदहरूको…
चितवन । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले आफ्नो पार्टी रास्वपाको दुश्मन नभएको बताएका छन् । रास्वपाको प्रथम महाधिवेशनलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । नेपाली कांग्रेस रास्वपाको प्रतिस्पर्धी हो, दुश्मन होइन । हामी प्रतिस्पर्धा गर्ने हो । हामी अग्लो हुन चाहन्छौं,’ सभापति थापाले भने, ‘तपाईंहरूको अग्लाइ देखेर लोभ लागेको छ । हामी तपाईंहरूभन्दा अग्लो हुन चाहन्छौं । बन्छौं पनि एक दिन ।’ तर, रास्वपालाई सानो बनाएर वा खुट्टा काटेर आफूहरू अग्लो हुने चाहनामा नभएको बताए । तर तपाईंहरूलाई सानो बनाएर होइन । तपाईंहरूको खुट्टा काटेर होइन । मन वचन र कर्मले इमानदारितापूर्वक काम गरेर अग्लो हुन चाहन्छौं,’…
काठमाडौँ । आजबाट सुरु भएको रास्वपाको पहिलो महाधिवेशनमा भारत, चीन कोरिया लगायतका राजनीतिक पार्टीहरूले शुभकामना दिएका छन् । उनीहरूले पठाएको शुभकामना सन्देश महाधिवेशनमा पार्टीका विदेश विभाग प्रमुख शिशिर खनालले पढेर सुनाएका थिए । जसमा भाजपा, एसियन पोलिटिकल पार्टी, कोरियाको आइसीएपीपी, चीनको सीपीसी, मलेसिया, कोरियाका राजनीतिक पार्टीहरूको शुभकामना सन्देश समेटिएको थियो ।
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रधान सम्पादक/ अध्यक्ष: बिना थापा कार्की
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क