Author: Editor

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म छ लेनमा सडक विस्तार भइरहेको छ। तीन वर्षअघि सुरु गरिएको जम्मा १६ किलोमिटरको उक्त सडक विस्तारमा हालसम्म ६७ प्रतिशत भौतिक प्रगति भएको सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजनाले जनाएको छ। आयोजनाले थपिएको समयमा काम सम्पन्न गर्ने जनाएको छ। दुई लेन रहेको उक्त राजमार्ग छ लेनमा विस्तार गरिएको हो। सडकका दायाँबायाँ दुई सर्भिस लेन तथा दुई दशमलव पाँच मिटरको फुटपाथ निर्माण भइरहेको छ। आयोजनाको समयावधि सकिएपछि गत मङ्सिर अन्तिमसाता पुनः एक वर्ष म्याद थप गरिएको थियो। उक्त सडक विस्तारका लागि सूर्यविनायकदेखि साँगासम्म र साँगादेखि धुलिखेलसम्म दुई खण्डमा विभाजन गरी ठेक्का लगाइएको थियो। आठ किलोमिटर दूरीको…

Read More

काठमाण्डौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले गौरीबहादुर कार्कीको नेतृत्वमा बनेको आयोगले बुझाइसकेको छानबिन प्रतिवेदन अन्तरिम सरकारले अझै सार्वजनिक नगर्दा आशंका र उपशंका जन्माएको बताएका छन्। उनले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनबारे छानबिन गर्न गौरीबहादुर कार्कीको नेतृत्वमा बनेको आयोगले बुझाइसकेको छानबिन प्रतिवेदन अन्तरिम सरकारले अझै सार्वजनिक नगरेको जिकिर गर्दै यस्तो बताएका हुन्। भदौ २३ र २४ गतेको जेनजी आन्दोलनबारे छानबिन गर्न गौरीबहादुर कार्कीको नेतृत्वमा बनेको आयोगले बुझाइसकेको छानबिन प्रतिवेदन अन्तरिम सरकारले अझै सार्वजनिक गरेको छैन। यसले अनेक आशंका र उपशंका जन्माएको छ, उनले भने। यस्तै उनले कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न कुन विषयले रोक्यो भन्दै प्रश्न समेन गरे।…

Read More

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसँग राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा )  का सभापति रवि लामिछानेले  बालुवाटारमा शिष्टाचार भेट गर्नुभएको छ । सभापति लामिछानेले प्रधानमन्त्री कार्कीको नेतृत्वमा ऐतिहासिक निर्वाचन सम्पन्न भई देशले शान्तिपूर्ण रूपमा निकास पाएको भन्दै बधाई ज्ञापन गर्नुभयो । उहाँले भन्नुभयो, “समयमै निष्पक्ष निर्वाचन सम्पन्न भई मुलुकले सहज र लोकतान्त्रिक निकास पाएको छ । यो सामान्य कुरा होइन । यो सफलताका लागि म सम्माननीय प्रधानमन्त्रीज्यू, यहाँको मन्त्रिपरिषद् र सचिवालय टोलीलाई बधाई र धन्यवाद दिन चाहन्छु ।” उहाँले अगाडि थप्नुभयो, “यहाँको चट्टानी अडान र दृढताकै कारण मुलुकले निकास पायो । विगतका कुनै पनि निर्वाचनभन्दा शान्तिपूर्ण, निष्पक्ष र गुणस्तरीय निर्वाचन सम्भव…

Read More

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले १३ चैतमा वरिष्ठ नेता बालेन शाहको नेतृत्वमा सरकार गठनको तयारी तीव्र बनाएको छ । २१ फागुनमा भएको प्रतिनिधिसभा चुनावमा अन्तिम परिणाम आएसँगै रास्वपाले सरकार गठनको तयारी गरेको हो । रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार समन्वयको काम पूरा भएको छ । राष्ट्रपति, प्रधानमन्त्री कार्यालय, संसद् सचिवालय र निर्वाचन आयोगसँग समन्वय भइसकेको छ । १३ गते प्रधानमन्त्रीको शपथ हुन्छ,’ महामन्त्री बुर्लाकोटीले भने । त्यसअघि १२ गते नवनिर्वाचित सांसदहरूको शपथ हुनेछ । सांसदको शपथ भएपछि दलको नेतामा बालेन शाहलाई चयन गर्ने तयारी रास्वपाको छ । दलको नेता चयन गरेर १३ गते प्रधामनन्त्रीको शपथ गर्न लागिएको हो ।…

Read More

काठमाण्डौं । सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन आयोगका पदाधिकारी तथा कर्मचारीको सम्मानमा बालुवाटारमा चियापान कार्यक्रम आयोजना गरेकी छन्। कार्यक्रममा प्रधानमन्त्री कार्कीले आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारी, आयुक्तद्वय जानकी तुलाधर र सगुनशमशेर जबरा, सचिव कृष्णबहादुर राउतलगायत कर्मचारीलाई बोलाएर प्रतिनिधि सभाको निर्वाचन तोकिएकै मितिमा स्वच्छ र निष्पक्ष रूपमा सम्पन्न गरेकोमा बधाई दिइन्। उनले आयोगले गरेको मेहनतको उच्च प्रशंसा गर्दै नेपालको निर्वाचन इतिहासमा गुणस्तरीय निर्वाचनको मानक स्थापित भएको उल्लेख गरिन्। निर्वाचनका क्रममा अनेक चुनौतीको सामना गर्दै आयोगले दृढतापूर्वक काम गरेको भन्दै उनले नेतृत्व र समग्र टिमको प्रशंसा गरिन्। प्रधानमन्त्री कार्कीले निर्वाचन घोषणा भएदेखि आयोगले देखाएको प्रतिबद्धता र मेहनतकै कारण तोकिएको मितिमा निर्वाचन…

Read More

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा )  ले राजनीतिक नियुक्ति खाएका व्यक्ति र पदाधिकारीलाई मार्गप्रशस्त गर्न आग्रह गरेको छ । रास्वपाका महामन्त्री कबिन्द्र बुर्लाकोटीले नयाँ परिवेशमा नयाँ सरकार बन्न लागेकाले राजनीतिक नियुक्ति खाएकाले मार्गप्रशस्त गर्दा उपयुक्त हुने धारणा राखे ।‘सिधै नियुक्ति पाएका पदाधिकारी र व्यक्तिले नयाँ सरकार बन्दै गर्दा मार्गप्रशस्त गर्दा उपयुक्त हुन्छ । जनताले रुचाएका पनि छैनन्,’ उनले भने, ‘यो पार्टीले गरेको निर्णय होइन । सरकारले गर्ने कुरा हो । तर मेरिटभन्दा बाहिर गएर खाएका नियुक्ति उपयुक्त हुँदैन ।’ योग्यता र मेरिटको आधारमा नियुक्ति खाएकोले भने मार्गप्रशस्त गर्नुनपर्ने बुर्लाकोटीले बताए । मेरिटभन्दा बाहिर गएर गरेको नियुक्ति र मेरिटजस्तो…

Read More

काठमाण्डौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगनकुमार थापाको राजीनामा अस्वीकृत गरेको छ। फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको परिणामलाई लिएर नैतिक जिम्मेवारी लिँदै सभापति थापाले उपसभापति समक्ष विधानको धारा २६ ९१० अनुसार बुझाएका थिए। राजीनामालाई नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सर्वसम्मत रूपमा अस्वीकृत गरेको हो। बैठकमा निर्वाचन परिणामको समीक्षा गर्दै सभापतिले आफ्नो जिम्मेवारीबोधका आधारमा राजीनामा पेश गरेको भए पनि पार्टीको केन्द्रीय नेतृत्वले त्यसलाई स्वीकार नगर्ने निर्णय गरेको हो। कार्यसमितिले वर्तमान परिस्थितिमा नेतृत्व परिवर्तनको सट्टा संगठन सुदृढीकरण, आगामी रणनीति निर्माण र पार्टीलाई एकताबद्ध रूपमा अघि बढाउने आवश्यकता रहेको निष्कर्ष निकालेको छ। यसै सन्दर्भमा बैठकले सभापतिको निरन्तरता आवश्यक रहेको ठहर…

Read More

काठमाडौं । २१ फागुनमा सम्पन्न प्रतिनिधिसभाको निर्वाचनपछि नवनिर्वाचित सांसदहरुले यही चैत्र १२ गते शपथ खाने कार्यक्रम तय भएको छ । चैत्र ११ गते प्रतिनिधिसभाका सदस्यहरुमध्ये ज्येष्ठ सदस्यले राष्ट्रपति रामचन्द्र पौडेलले शपथ लिनुपर्नेछ । ज्येष्ठ सदस्यले नै अरू सांसदहरुलाई शपथ खुवाउने प्रचलन छ । अहिलेको संसद्मा सबभन्दा ज्येष्ठ सदस्य नेपाली कांग्रेसका अर्जुननरसिंह केसी हुन् । उनी समानुपातिकफर्तबाट सांसदमा निर्वाचित भएका हुन् । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूले मातृभाषामा समेत शपथ लिने प्रचलन छ । यसअघि पनि मातृभाषामा शपथ खुवाइएको थियो । तर, मातृभाषामा शपथ खान चाहेन सदस्यहरुले भोलिसम्म संघीय संसद् सचिवालयलाई जानकारी गराउनुपर्नेछ । चैत्र १२ गते सांसदहरुको शपथ भएपछि चैत्र १३ गते…

Read More

काठमाडौं । नेपाली कांग्रेसमा शेरबहादुर देउवा र शेखर कोइराला समूह सक्रिय भएको छ । आज यो समूहले कार्यसम्पादन समिति बैठक राखेको छ । आजको भेलाले पार्टीको केन्द्रीय समितिको बैठक बोलाउने निर्णय गरेको जनाईएको छ । पूर्णबहादुर खड्का, शेखर कोइराला, शशांक कोइराल, विजय गच्छदार, बालकृष्ण खाँणसहितका नेताहरु उपस्थित् रहेको बैठकले पार्टीको आधिकारिकताको विवाद अदालतमा विचाराधिन रहेको भन्दै अब १४औं महाधिवेशनबाट निर्वाचित कमिटीको बैठक बस्ने र अघि बढ्ने निर्णय भएको मीन विश्वकर्माले जानकारी दिए । उनकाअनुसार आजको बैठकले केन्द्रीय समिति बैठकको मिति तय गर्ने जिम्मा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई दिईएको छ । यसअघि पनि विश्वकर्माले रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कारमा विशेष महाधिवेशनमा…

Read More

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको आन्तरिक कारणले प्रतिनिधिसभा निर्वाचनमा पराजित भएको प्रारम्भिक निचोड निकालेको छ । घात अन्तर्घातका कारण हारिएका क्षेत्र २१ सीट रहेको प्रवक्ता देवराज चालिसेले बताए । सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकबीच सञ्चारकर्मीसँग कुरा उनले पार्टीले पराजय भोगेको अधिकांश क्षेत्रको मतान्तरलाई हेर्दा पार्टीको आन्तरिक कारण देखिएको बताए । ५ भोटदेखि ३ हजार मतान्तर हारिएको ठाउँ २१ क्षेत्र रहेको उनको भनाइ छ । ३ देखि ५ हजार मतान्तर रहेको क्षेत्रमा पनि अन्तर्घातसँगै चुनावी क्याम्पियन चलाउने प्रक्रियामा त्रुटि भए कि भन्ने प्रारम्भिक निचोड रहेको चालिसेले बताएका छन् । त्यस्तै, ५(१० हजारदेखि ठूलो मतान्तरमा पराजित भएका क्षेत्रमा आन्तरिक कारण, अभियान र…

Read More