काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) का सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालत पुगेका छन् । सहकारी ठगी प्रकरणमा धरौटीमा छुटेका लामिछाने तारेखका लागि शुक्रबार दिउँसो बबरमहलस्थित काठमाडौं जिल्ला अदालत पुगेका हुन् ।
कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी संस्थाको रकम गोर्खा मिडियामा लिएर अपचलन गरेको मुद्दामा लामिछानेसँग काठमाडौं जिल्ला अदालतले २०८१ माग २ गते ६० लाख रुपैयाँ धरौटी मागेको थियो । उनले त्यसैदिन धरौटी बुझाएका थिए ।
त्यसअघि कास्की जिल्ला अदालतले लामिछानेसँग ६५ लाख धरौटी मागेको थियो । काठमाडौंपछि रूपन्देही जिल्ला अदालतले एक करोड र चितवन जिल्ला अदालतले ५४ लाख धरौटी मागेको थियो ।
