Author: Editor

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०को अन्तिम केन्द्रीय समिति बैठक चितवनको भरतपुरस्थित दियालो फुडल्यान्डमा सुरु भएको छ। रास्वपाको पहिलो महाधिवेशनअघि केन्द्रीय समितिको बैठक बसेको हो। शनिबार अपराह्न केन्द्रीय समितिको बैठक सुरु भएको रास्वपा महामन्त्री कविन्द्र बुर्लाकोटीले बताए। आईतबारदेखि रास्वपाको पहिलो महाधिवेशन भरतपुरमा सुरु हुँदै छ। महाधिवेशनबाट नयाँ केन्द्रीय समिति चयन हुनेछ। महाधिवशेनअघि रास्वपा केन्द्रीय समितिको अन्तिम बैठक सुरु भएको हो। बैठकमा चार वटा एजेन्डा रहेका छन्। पहिलो राष्ट्रिय महाधिवेशन तयारी, महाधिवेशन प्रतिनिधि, महाधिवेशनमा प्रस्तुत हुने प्रतिवेदन र विधान संशोधनका विषयमा छलफल हुने भएको छ। त्यससँगै समसामयिक राजनीतिक विषयमा पनि छलफल हुने जनाइएको छ। हाल रास्वपाको केन्द्रीय समिति १३१ सदस्यीय छ।…

Read More

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेले पार्टीको आन्तरिक लोकतन्त्र र विधिको शासनमा आफूले कहिल्यै सम्झौता नगर्ने दृढता व्यक्त गरेका छन्। प्रथम ऐतिहासिक राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा शनिबार चितवनको भरतपुरस्थित दियालो फुडल्यान्डमा आयोजित केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै सभापति लामिछानेले यस्तो बताएका हुन्। बैठकलाई सम्बोधन गर्ने क्रममा केही भावुक देखिएका लामिछानेले पार्टी स्थापनादेखि अहिलेसम्मको यात्रा चुनौतीपूर्ण रहेको स्मरण गरे। निर्वाचन आयोगमा दल दर्ता गर्न जाँदाका सुरुवाती दिन र समावेशितालाई ध्यान दिँदै आवश्यक २१ जना सदस्य जुटाउन गरिएको संघर्षले आफूलाई आज गौरवान्वित तुल्याएको उनको भनाइ थियो। ‘पार्टी स्थापनाको समयमा हामीले जुन जगबाट यात्रा सुरु गरेका थियौं, आज यहाँसम्म आइपुग्दा…

Read More

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज ( शनिबार )  बस्दै छ । बैठक दिउँसो १२ बजे सिंहदरबारस्थित दलको कार्यालयमा बस्ने भएको हो । दलका नेता भीष्मराज आङ्देम्बेका अनुसार बैठकमा सरकारका काम–कारबाहीमाथि निगरानी बढाउन यसअघि तोकिएका विभागीय मन्त्रालयका संयोजकहरूसँग मन्त्रालयगत छलफल हुने छ । मन्त्रालयगत संयोजकहरूले मन्त्रिपरिषद्को निर्णय तथा सरकारकोे काम–कारबाहीको नियमित निगरानी, मन्त्रालयगत गतिविधिको अध्ययन र विश्लेषण गर्दै आएका छन् ।

Read More

काठमाडौँ । नेवार समुदायको धेरै चाडपर्वमध्येको एक हो, सिथि नखः पर्व । यो चाड अरूभन्दा भिन्न छ । यस अर्थमा कि नेवारहरूको धेरै चाडपर्वमा भोजभतेर गर्ने, मन्दिर जाने, बाजागाजा बजाउने इत्यादि रहे पनि यस पर्वमा भने पानीका परम्परागत स्रोतहरूको सरसफाइ गर्ने गरिन्छ । सिथि नखः पर्वको दिन इनार, ढुंगेधारा, कुवा, पोखरी सफा गर्ने गरिन्छ। सबै टोलबासीहरू मिलेर आआफ्नो टोल अगाडि भएका इनार, ढुंगेधारा, कुवा, पोखरी आदि सफा गर्ने चलन अद्यापि जस्ताको तस्तै चलिआएको छ । नेवारहरूको बस्ती रहेका देशैभरका कुनाकाप्चामा यो दिन यसरी नै पर्व मनाइन्छ।ग्रीष्म सकिएर वर्षा याम सुरु हुने बेला पर्ने जेष्ठ शुक्लपक्षको षष्ठी तिथि मा सिथि नखः…

Read More

काठमाण्डौं । सरकारले महिलालाई लक्षित गरी सातवटै प्रदेशमा ‘ब्लु बस’ सञ्चालनको तयारीलाई अघि बढाएको छ। सरकारको १०० दिनको कार्यसूचीअनुसार महिलाको सुरक्षित, सहज र सम्मानजनक सार्वजनिक आवागमन सुनिश्चित गर्न निःशुल्क ‘ब्लु बस’ सेवा सञ्चालनको तयारी अघि बढाइएको हो। कार्ययोजनाअनुसार पहिलो चरणमा १०० दिनभित्र कम्तीमा २५ वटा बस सञ्चालनमा ल्याउने लक्ष्य राखिएको जनाइएको छ। यसअन्तर्गत काठमाडौँ उपत्यकामा साझा यातायातसँगको सहकार्यमा कम्तीमा सात वटा बसलाई ‘ब्लु बस’का रूपमा सञ्चालन गर्ने योजना अघि बढाइएको छ। साथै काठमाडौँ उपत्यका बाहिर सबै प्रदेशका यातायात व्यवसायी सङ्घसँग समन्वय गरी कम्तीमा १८ वटा बस सञ्चालनको तयारी गरिएको छ। मन्त्रालयका अनुसार ब्लु बस सेवा सञ्चालनका लागि आवश्यक कार्यविधि, समय…

Read More

काठमाण्डौं । पाँच पटकको विश्व विजेता ब्राजिलले हाइटीलाई ३–० ले पराजित गर्दै २०२६ को विश्वकपमा आफ्नो पहिलो जित दर्ता गरेको छ। यो जितले ब्राजिललाई समूह सी को शीर्ष स्थानमा पुर्‍याएको छ भने हाइटी प्रतियोगिताबाट बाहिरिने पहिलो टोली बनेको छ। यस खेलका लागि म्यानचेस्टर युनाइटेडका फरवार्ड म्याथ्यूस कुन्हाले सुरुवाती एघारमा स्थान बनाए। उनले २३ औं र ३६ औं मिनेटमा गोल गरे, जसमा भिनिसियस जुनियरको बुटबाट एक गोल भएको थियो। ब्राजिलले अब जुन २४ मा स्कटल्याण्डको सामना गर्नेछ भने हाइटीले आफ्नो अन्तिम समूह खेलमा मोरक्कोको सामना गर्नेछ। तीनै गोल पहिलो हाफमा भए पहिलो २३ औं मिनेटमा भिनिसियस जुनियरको प्रहार पोस्टमा लागेर फर्कियो।…

Read More

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को महाधिवेशन प्रतिनिधि चार हजार २०० भन्दा बढी हुने भएको छ। प्रारम्भिक तथ्याङ्कअनुसार चार हजार २१० प्रतिनिधि हुने केन्द्रीय सचिवालयले जनाएको छ। सचिवालयका सङ्गठन विभाग सचिव शङ्कर श्रेष्ठका अनुसार प्रारम्भिक तथ्याङ्कमा तीन हजार ८१० प्रतिनिधि देखिएको छ। यसमा २५ देशका प्रभास सम्पर्क विभागबाट २०० हाराहारी प्रतिनिधि थप हुने जानकारी दिए। विधानतः सभापतिले मनोनय गर्ने सङ्ख्या २०० रहेको छ। यसका अतिरिक्त समूहगत रुपमा पार्टी प्रवेश गर्नेबाट अरु केही थप हुनसक्ने श्रेष्ठले बताए। आज बिहानसम्ममा गरिएको सूचीमाथि दाबी विरोध, दोहोरो पर्ने र छुटपुट भएमा त्यसलाई समावेश गरी अन्तिम नामावली प्रकाशन गरिनेछ। रास्वपाको आज बस्ने केन्द्रीय समितिको…

Read More

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३(८४ का लागि सार्वजनिक गरेको बजेटलाई लिएर सत्ता गठबन्धनभित्र मतभेद देखिएको छ । सरकारमा सहभागी प्रमुख साझेदार दल नेकपा ९एमाले० ले बजेट संशोधनको औपचारिक तयारी थालेपछि बजेटप्रति सत्ता पक्षकै असन्तुष्टि देखिएको हो । तीन मन्त्री र एक राज्यमन्त्रीसहित सरकारमा सहभागी रहेको एमालेले शुक्रबार संसदीय दलको कार्यालयमा बैठक गरी बजेटका विभिन्न पक्षको समीक्षा गरेको छ । बैठकले प्रदेश सभामा बजेटमाथि संशोधन प्रस्ताव दर्ता गर्ने निर्णय गर्नुका साथै त्यसको मस्यौदा तयार गर्न प्रमुख सचेतक चक्र मल्लको संयोजकत्वमा कार्यदल गठन गरेको प्रदेशसभा सदस्य धर्मराज पाठकले बताउनुभयो । कार्यदलले बजेटको विवादित विषय, योजना छनोट र स्रोत…

Read More

काठमाडौं । प्रतिनिधिसभा बैठक स्थगित भएको छ । सभामुख डोलप्रसाद अर्यालले असार ११ गते बिहान ११ बजे बस्ने गरी बैठक स्थगित गरेका हुन् । शुक्रबार बसेको बैठकले चार वटा अध्यादेश स्वीकृत गरेको छ । सरकारले संघीय संसद्को चालू अधिवेशन सुरु हुनु अगाडि ८ वटा अध्यादेश ल्याएको थियो । ती अध्यादेशहरू अधिवेशन सुरु भएकै दिन गत २८ वैशाखमा प्रतिनिधिसभा र राष्ट्रिय सभामा पेश भएका थिए । यसमध्ये ४ वटा अध्यादेश शुक्रबार प्रतिनिधिसभाले स्वीकृत गरेको हो ।

Read More

विराटनगर । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीको निवासमा प्रहरीले छापा मारेको छ। विराटनगर९३, ल क्याम्पसनजिकै रहेको मन्त्रीको निवासमा बिहीबार राति ११ बजेतिर प्रहरी टोलीले छापा मारेको हो । राति पर्खाल नाघेर प्रहरी घरभित्र छिरेको मन्त्रीको सचिवालयले जनाएको छ । यद्यपी मन्त्री पराजुली भने निवासमा थिएनन् । मोरङका प्रमुख जिल्ला अधिकार युवराज कटेलले भने कर्तव्य ज्यान मुद्दाका एक फरार अभियुक्तको खोजी गर्ने क्रममा प्रहरी उक्त निवासमा पुगेको बताएका छन्। त्यहाँ पुगेको प्रहरीले मन्त्रीको निवास भन्ने जानकारी नपाएको कटेलको भनाइ छ । उनका अनुसार एकजना हत्याका अभियुक्त पहिले सोही घरमा कोठा भाडामा लिएर बस्ने सूचना पाएको र लुकिछिपेको…

Read More