Author: Editor

बागलुङ । बागलुङको बडिगाड गाउँपालिकाका सबै वडालाई पोषणमैत्री वडा घोषणा गरिएको छ । सबै वडा पोषणमैत्री घोषणासंगै गाउँपालिका पनि पोषणमैत्री घोषणाको चरणमा छ । बडिगाड गाउँपालिका देशकै पहिलो पोषणमैत्री बन्ने तयारीमा जुटेको हो । देशभरको तथ्याङ्कअनुसार बागलुङको बडिगाड गाउँपालिका र स्याङ्जाको कालीगण्डकी गाउँपालिका पोषणमैत्री वडा घोषणा गरेर पालिका घोषणाको चरणमा पुगेका छन् । स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले समेत सबै वडा पोषणमैत्री घोषणा गरिसकेकाले ती दुइ मध्ये जस्ले पहिला घोषण गर्छ त्यो नै देशको पहिलो पोषणमैत्री गाउँपालिका हुने पोषण र बालमैत्री विषयका राष्ट्रिय प्रशिक्षक बिष्णुप्रसाद चौबेले जानकारी दिए । बडिगाड गाउँपालिकाले सङ्घीय सरकारको सहयोगमा तीन वर्ष यता पोषणमैत्री गाउँपालिका बनाउने अभियान सफलता…

Read More

लण्डन । ब्रिटिश प्रधानमन्त्री कीर स्टार्मरले १० डाउनिङ स्ट्रिटबाहिर एक विशेष सम्बोधन गर्दै आफ्नो पदबाट राजीनामा दिएका छन् । पद त्याग गर्ने घोषणा गर्दै उनले आफ्नो कार्यकालका हरेक निर्णय ‘आफूले माया गर्ने देशलाई पहिलो प्राथमिकतामा राखेर’ गरेको बताए । आफ्नो बिदाइ सम्बोधनमा स्टार्मर निकै भावुक सुनिएका थिए । उनले आफ्नी पत्नी भिक्टोरियालाई आफ्नो ‘रक’ ( बलियो खम्बा )  भन्दै धन्यवाद दिए । साथै, आफ्ना सन्तानहरू आफ्नो गर्व र खुसीको स्रोत भएको बताउँदै अबका दिनहरूमा उनीहरूको लागि एउटा उत्कृष्ट बुवा बन्ने इच्छा उनले व्यक्त गरे। स्टार्मरको राजीनामासँगै एन्डी बर्नह्याम नयाँ प्रधानमन्त्रीको मुख्य दाबेदारका रूपमा अगाडि आएका छन् । गत हप्ता भएको…

Read More

रूपन्देही । लुम्बिनी प्रदेश सभाको आज बस्ने तय भएको बैठक एक दिनका लागि स्थगित गरिएको छ । प्रदेश सभा सचिव दुर्लभ कुमार पुन मगरद्वारा जारी सूचनाअनुसार आज सोमबार दिउँसो १ः०० बजे बस्ने गरी पूर्वनिर्धारित आठौं अधिवेशनको दशौं बैठक लुम्बिनी प्रदेश सरकारको विशेष अनुरोधमा स्थगित गरिएको हो । सूचनामा जनाइए अनुसार सभामुखको निर्देशनमा उक्त बैठक अब असार ९ गते मंगलबार दिउँसो ३ः०० बजे बस्ने गरी तय गरिएको छ । लुम्बिनी प्रदेश सभा नियमावली, २०७९ को नियम १२ को उपनियम ( ३ ) बमोजिम प्रदेश सभा सदस्यहरूको जानकारीका लागि बैठक स्थगित सम्बन्धी सूचना प्रकाशित गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ । सांसदहरूले…

Read More

काठमाण्डौं । नेपाल सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट बाहिर निस्किन फेरि पनि असफल भएको छ । फ्रान्सको पेरिसमा आयोजित फाइनान्सियल एक्सन टास्क फोर्स ( एफएटीएफ ) को प्लेनरी तथा वर्किङ ग्रुप बैठकले नेपाललाई सम्पत्ति शुद्धीकरण तथा आतंकवादी लगानीको जोखिमपूर्ण सूची ( ग्रे लिस्ट ) मा निरन्तरता दिएको छ । एफएटीएफ सम्पत्ति शुद्धीकरण तथा आतंकवादी गतिविधमा लगानी रोक्न संसारभरका मुलुकहरुले खडा गरेको अन्तरसरकारी निकाय हो । यसले सम्पत्ति शुद्धीकरणको जोखिममा रहेका मुलुकलाई ‘ब्ल्याक लिस्ट’ तथा ‘ग्रे–लिस्ट’मा राख्दै आएको छ । एफएटीएफले सम्पत्ति शुद्धीकरण तथा आतंकवादमा लगानी नियन्त्रणमा कुनै पनि मुलुकको अवस्थालाई प्रभावकारितासम्बन्धी ११ सूचक तथा प्राविधिकतर्फ ४० सूचकमा मूल्यांकन गर्ने गर्छ ।…

Read More

चितवन । चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा )  को महाधिवेशन अन्तर्गत आज दोस्रो दिन निर्धारित कार्यतालिका अनुसार बिहान साढे ८ बजे सुरु हुनुपर्ने बन्द सत्र अझै सुरु हुन सकेको छैन । महाधिवेशन प्रतिनिधिहरूको नामावलीमा त्रुटि सच्याउने प्रक्रिया नै नसकिएकाले निर्धारित समयमा बन्द सत्र सुरु हुन नसकेको नेता गणेश पराजुलीले जानकारी दिए । ‘कार्यतालिका अनुसार केही ढिला भयो, अब छिट्टै बन्द सत्र सुरु हुन्छ’, पराजुलीको भनाइ छ । निर्वाचन समितिले आइतबार सार्वजनिक गरेको ४ हजार प्रतिनिधिहरूको प्रारम्भिक नामावलीमा धेरै त्रुटि भेटिएकाले सच्याउने र रुजु गर्नुपर्दा समय लागेको बताइएको छ । महाधिवेशन प्रतिनिधिहरूले त्रुटि सच्चाउन निवेदन दिनुपर्ने प्रावधान छ…

Read More

चितवन । सर्लाही–४ वाट कांग्रेस सभापति गगन थापालाई हराएका सांसद अमरेशकुमार सिंह पार्टीको महाधिवेशनको उद्घाटनमा देखिएनन्। बरु उनले पराजित गरेका काँग्रेस सभापती भने अतिथिका रुपमा रास्वपाको महाधिबेशनमा अतिथिका रुपमा रहेका थिए । यही महत्त्वपूर्ण घडीमा रास्वपाका चर्चित सांसद अमरेश कुमार सिंह भने भने अनुपस्थित रहे। सिंह महाधिवेशनमै सहभागी नभएको उनका स्वकीय रञ्जित झाले जानकारी दिए। उनका अनुसार सांसद सिंह काठमाडौंमै छन्। अहिले उहाँ काठमाडौंमै हुनुहुन्छ। महाधिवेशनमा सहभागी हुनुभएको छैन। किन नजानुभएको थाहा भएन, झाले भने। पछिल्लो समय सिंहले पार्टीभित्र केही समयदेखि फरक मत राख्दै आएका छन्। सार्वजनिक रूपमै पनि उनले असन्तुष्टि पोखेका थिए। संसदमा पनि उनले सरकारको काम कारबाहीबारे असन्तुष्टि…

Read More

कञ्चनपुर । कञ्चनपुरमा वडाध्यक्षमाथि सार्वजनिक कार्यक्रममा हातपात र दुर्व्यवहार गरेको आरोपमा पत्रकार ऐश्वर्या कुँवरलाई प्रहरीले पक्राउ गरेको छ । भीमदत्त नगरपालिका–१८ का वडा अध्यक्ष रविन्द्र देवकोटामाथि महेन्द्रनगरस्थित एक होटलमा सार्वजनिक कार्यक्रममा पुगेर कुँवरले हातपात गरेको आरोप छ । भनाभनका क्रममा कुँवरले वडाध्यक्ष देवकोटामाथि मुक्का प्रहार गरेको सोसल मिडियामा सार्वजनिक भिडियोहरुमा देखिन्छ । उनलाई तत्कालै वडा प्रहरी कार्यालयको टोलीले घटनास्थलबाट नियन्त्रणमा लिएको थियो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक ९डीएसपी० टेकबहादुर रावतले कुँवरलाई पक्राउ गरेर जिप्रकाको हिरासतमा राखिएको बताए । उनीविरुद्ध वडाध्यक्ष देवकोटाले अभद्र व्यवहार शीर्षकमा किटानी जाहेरी दिएको बताउँदै डीएसपी रावतले मुद्दा प्रक्रियामा अघि बढ्ने जानकारी दिए ।…

Read More

काठमाडौं। पहिलो पटक विश्वकप खेलिरहेको केप भर्डेले आफ्नो ऐतिहासिक यात्रालाई थप रोमाञ्चक बनाएको छ। गत साता प्रतियोगिताको दाबेदार स्पेनलाई गोलरहित बराबरीमा रोक्दै सबैलाई चकित पारेको सानो अफ्रिकी राष्ट्रले आइतबार फेरि अर्को ठूलो टोलीविरुद्ध प्रभावशाली प्रदर्शन गर्‍यो। यसपल्ट भने दुई पटकको विश्व च्याम्पियन उरुग्वेलाई २–२ को बराबरीमा रोकेको छ। खेलको २१औं मिनेटमा केभिन पिनाले फ्रिकिकमार्फत विश्वकपमा केप भर्डेको पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाए। पछि हेलियो भारेलाले दोस्रो हाफमा बराबरी गोल गर्दै टोलीलाई महत्त्वपूर्ण एक अंक दिलाए। ४८ टोली सहभागी यस विस्तारित विश्वकपमा केप भर्डे अहिले नकआउट चरण पुग्ने सम्भावना बोकेको सबैभन्दा आश्चर्यजनक टोलीमध्ये एक बनेको छ। खेलपछि प्रशिक्षक पेद्रो लेइताओ…

Read More

लुम्बिनी। लुम्बिनी प्रदेशसभामा आजदेखि आर्थिक वर्ष २०८३/ ८४ को बजेटमाथिको सैद्धान्तिक छलफल सुरु हुने भएको छ । प्रदेशसभाको आज बस्ने दशौँ बैठकमा आव २०८३र ८४ को राजस्व र व्ययको वार्षिक अनुमान ( बजेट )  माथि सैद्धान्तिक छलफल हुने सम्भावित कार्यसूची तय गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ । कार्यसूची अनुसार आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले आव २०८३/ ८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सैद्धान्तिक छलफल गरियोस् भन्ने प्रस्ताव सभामा पेस गर्नेछन्। प्रस्तावमाथि प्रदेशसभा सदस्यहरूले धारणा राख्नेछन् भने छलफलका क्रममा उठेका प्रश्नहरूको मन्त्री कार्कीले जवाफ दिनेछन् । त्यसैगरी बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री कार्कीले ‘आव २०८३/ ८४ को सेवा र…

Read More

काठमाण्डौं । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का तीन पूर्वअध्यक्षहरू पशुपति शमसेर राणा, डा. प्रकाशचन्द्र लोहनी र कमल थापाले पार्टीको वर्तमान अवस्था र आगामी दिशाबारे धारणा सार्वजनिक गरेका छन्। असार ५ र ६ गते सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकमा आफ्नो अनुपस्थितिको कारण स्पष्ट पार्दै नेताहरूले त्यसलाई पार्टीभित्र व्याप्त बेथिति, सङ्कुचित सोच र विधान विपरीतका गतिविधि विरुद्धको ुसाङ्केतिक विरोधु भएको बताएका छन्। उनीहरुले जारी गरेको संयुक्त वक्तव्यमा नेताहरूले राप्रपा तथा यसको विचार र आदर्शप्रतिको आफ्नो प्रतिबद्धता अटल रहेको भन्दै कार्यकर्ताहरूलाई आश्वस्त पारेका छन्। उनीहरूले पार्टीमा हुर्किँदै गएको पक्षपातपूर्ण कारबाही र अविश्वासको वातावरण अन्त्य गर्नुपर्नेमा जोड दिँदै नेतृत्वलाई रचनात्मक सुझावहरू आत्मसात् गर्न आग्रह गरेका…

Read More