Author: Editor
काठमाडौँ । तामाङ समुदायले प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम गरी मनाउँदै छन् । मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरु भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन ( मेघ ) , सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ । ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताए । तामाङ जातिको बाहुल्यता रहेको बागमती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।…
झापा । आसन्न प्रतिनिधिसभा चुनावका लागि मनोनयन दर्ता गर्न पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली झापा आएका छन् । भद्रपुर विमानस्थलमा उनलाई कार्यकर्ताले भव्य स्वागत गरे । जेनजी आन्दोलनपछि सत्ताच्यूत बनेका ओली जाँचबुझ आयोगको स्थान हद फुकुवापछि पहिलोपटक काठमाडौं बाहिर निस्किएका हुन् । झापा ५ बाट उम्मेदवारी दिने तयारीमा रहेका उनले विमानस्थलमा सरकारले अझै चुनावी वातावरण बनाइनसकेको बताए । ओलीले भने, ‘मतदाताहरूमा त्रास, डर धम्की तथा सामाजिक सञ्जालको दुरुपयोगका कारण अझै चुनावी वातावरण बनिसकेको छैन ।’ उनी यसअघि दमकमा आफन्तको घरमा बस्दै आएका थिए । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि ओली झापा(५ बाट उम्मेदवार बन्दै छन्।
काठमाडौं । स्वागत नेपाल राष्ट्रिय प्रजातन्त्र पार्टी ( राप्रपा ) मा प्रवेश गरेका छन् । कानुन व्यवसायी समेत रहेका सोमबार राप्रपा कार्यालय धुम्बाराहीमा आयोजित एक कार्यक्रमकाबीच पार्टी प्रवेश गरेका हुन् । उनलाई पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीमा स्वागत गरे । राप्रपा प्रवेश गरेसँगै नेपालले झापा क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिने तयारीमा छन् । अघिल्लो चुनावमा पनि उनी झापा –२ मा स्वतन्त्र उम्मेदवार बनेका थिए ।
काठमाण्डौं । उच्च अदालत पाटनले अखिल नेपाल फुटबल संघ ९एन्फा० को ‘अर्ली इलेक्सन’ रोक्न अन्तरिम आदेश जारी गरेको छ। एन्फाको निर्वाचन आगामी माघ २८ गते झापामा हुने तय थियो। उच्च अदालत पाटनका न्यायाधीश श्रीधराकुमारी पुडासैनीको एकल इजलासले निर्वाचनका सम्पूर्ण कार्यबाही अन्तिम फैसला नहुन्जेलसम्म रोकिदिएको हो। वर्तमान निर्वाचित कार्यसमितिको चार वर्षे कार्यकाल अझै बाँकी रहेको अवस्थामा नयाँ निर्वाचन गर्ने निर्णय र त्यससँग सम्बन्धित सबै कार्य रोक्न अदालतको आदेशमा उल्लेख छ। एन्फाका उपाध्यक्ष विराटजंग शाही र अन्य दुई सदस्यले एन्फाको निर्वाचन रोक्न रिट दायर गरेका थिए। उनीहरूले युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद् ९राखेप०, एन्फा अध्यक्ष पंकजविक्रम नेम्बाङलगायतलाई विपक्षी बनाएका थिए।…
धनगढी। सुदूरपश्चिम प्रदेश सुरक्षा समितिको बैठक आज सम्पन्न भएको छ । मुख्यमन्त्री कमलबहादुर शाहको प्रमुख आतिथ्यता र आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्कीको संयोजकत्वमा बैठक बसेको थियो । प्रदेश प्रहरी ऐन, २०७९ को दफा ९१ बमोजिम बसेको बैठकले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको सन्दर्भमा समग्र प्रदेशको शान्ति सुरक्षाको अवस्था, निर्वाचनलक्षित सुरक्षा चुनौतीहरु र प्रदेशको एकीकृत निर्वाचन सुरक्षा रणनीतिका विषयमा चारवटै सुरक्षा निकायबाट समीक्षा गरिएको थियो । निर्वाचनलाई स्वच्छ, निष्पक्ष, मर्यादित र भयरहीत वातावरणमा सम्पन्न गर्न एकीकृत सुरक्षा रणनीतिअनुसार भूमिका निर्वाह गर्ने बैठकले निर्णय गरेको छ । यसैगरी, निर्वाचनको समयमा फैलिन सक्ने नकारात्मक सूचनाहरु तथा अन्य गतिविधिहरुलाई सुक्ष्म…
काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आइतबार राति १२ बजेदेखि निर्वाचन आचारसंहिता लागु भएको छ । निर्वाचन आयोगले आइतबार रातिदेखि आचारसंहिता लागु गर्ने गरी निर्णय गरेको हो । राष्ट्रिय सभा निर्वाचनसमेतका लागि आचारसंहिता लागु गर्नुपर्ने अवस्थाका कारण साबिकभन्दा यो पटक केही छिटो आचारसंहिता लागु भएको हो । निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ बमोजिम आयोगले आचारसंहिता लागु गरेको हो । आयोगले अर्को सूचनाबाट खारेज नगरेसम्म आचारसंहिता लागु हुने छ । निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले आइतबार राति १२ बजेदेखि आचारसंहिता लागु गर्ने निर्णय भएको जानकारी दिनुभयो । आचारसंहिता लागु गर्नुअघि आयोग पदाधिकारीले सरोकारवालाई आचारसंहिता पालनाका विषयमा जानकारीसमेत गराएका थिए ।…
म्याग्दी। आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ का लागि जिल्लामा तयारी तीव्र पारिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय, जिल्ला निर्वाचन कार्यालय, प्रशासन, सुरक्षा निकाय र राजनीतिक दलहरु चुनावको तयारीमा जुटेका हुन् । जिल्ला निर्वाचन अधिकारी बिमलप्रसाद गौतमले मतदानस्थल, मतदान केन्द्र छनोट, अन्तिम मतदाता नामावली कायम, अस्थायी मतदाता नामावली सङ्कलन, कर्मचारी र मतदान सामग्रीको व्यवस्थापनमा जुटेको जानकारी दिनुभयो । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि एक निर्वाचन क्षेत्र र छ स्थानीय तह रहेको जिल्लामा ८६ हजार तीन सय ९७ मतदाता छन् । ४२ हजार तीन सय ३२ जना पुरुष, ४४ हजार ६४ जना महिला र एक जना यौनिक तथा लङ्ैगिक अल्पसङ्ख्यक समुदायका मतदाता रहेका…
काठमाडौँ । धरानमा बस दुर्घटना हुँदा एक बालकसहित ५ जनाको मृत्यु भएको छ। भेडेटारबाट धरानतर्फ गइरहेको को १ ख ७११९ नम्बरको स्कुल बस आज दिउँसो धरान–१३ स्थित जिरो प्वाइन्ट नजिक अनियन्त्रित भई दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख केशव थेवेले जानकारी दिए। बसले सडकछेउमा रहेको ‘न्यु शबा मेडिकल’ नामक औषधि पसलमा ठक्कर दिँदा पसलमा समेत क्षति पुगेको छ। दुर्घटनामा १२ जना घाइते भएका छन्। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। घाइतेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ। दुर्घटनामा मृत्यु भएका व्यक्तिहरू बसभित्र सवार थिए वा बाहिर रहेका थिए भन्ने विषयमा अहिलेसम्म स्पष्ट हुन नसकेको…
काठमाडौं । निर्वाचन आयोगले समानुपातिक प्रणाली अन्तर्गत बन्दसूचीमा रहेका ३२१३ उम्मेदवारको नामावली सार्वजनिक गर्ने तयारी गर्दैछ । आज विभिन्न राजनीतिक दलले प्रत्यक्ष प्रणालीतर्फको उम्मेदवारी सार्नका निम्ति अनुरोध गरेका थिए । तर, आइतबार साँझसम्म निर्वाचन कार्यक्रममा कुनै पनि हेरफेर भएको र्छन । समानुपातिकअन्तर्गत पुस १३ र १४ गते ६४ राजनीतिक दलले ५८ वटा निर्वाचन चिन्हमा भाग लिने गरी ३ हजार ४२४ जना उम्मेदवारको नाम बन्दसूचीमा पेश गरेका थिए । पेश गरिएको बन्दसूचीबाट जाँचबुझ, राजनीतिक दलले संशोधनसहित पेश गरेको र उम्मेदवार आफैँले फिर्ता लिएको गरेर २११ जनाको नाम हटेको छ । यो सँगै समानुपातिकतर्फको बन्दसूचीमा ३ हजार २ सय १३ उम्मेदवारको प्रारम्भिक…
काठमाडौं । धरान उपमहानगरपालिका प्रमुख हर्कराज राई ( हर्क साम्पाङ ) ले पदबाबट राजीनामा दिएका छन् । मेयर साम्पाङले आज ( आइतबार ) पदबाट राजीनामा दिएका हुन् । साम्पाङले आसन्न फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुनसरी क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिने तयारी गरेका छन् । साम्पाङ श्रम संस्कृति पार्टीका अध्यक्षसमेत हुन् । उनले आसन्न फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचन जितेर प्रधानमन्त्री बन्ने दाबी गरेका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार बन्नका लागि काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहले पनि आज राजीनामा दिएका छन् ।
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रधान सम्पादक/ अध्यक्ष: बिना थापा कार्की
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क