चितवन । रास्वपा वरिष्ठ नेता एवं प्रधानमन्त्री वालेन्द्र शाह ( बालेन ) ले सरकार ‘एक्सप्रेस वे’ मा हिँडेको गाडी भएको भन्दै गन्तव्यमा पुगेपछि मात्रै ब्रेक लाग्ने बताएका छन्।
चितवनमा जारी महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले बीचमा ब्रेक लगाउन जरुरी नभएको बताएका हुन्। बालेनले सरकारलाई एक्सिलेटर मात्र होइन, ब्रेक पनि लगाउनुपर्छ भनेर सुझाव आइरहेको भन्दै यसमाथि टिप्पणी गरे । उनले यो सरकार लोकल नभएर एक्सप्रेस गाडी भएको बताए ।
‘त्यस्तो चिन्ता लोकल रोडमा हिँड्दा खेरी हो। गाडी सिधा गइराख्दा लेफ्टबाट गाँडी आउँछ, राइटबाट मान्छे आउँछ,’ उनले भने, ‘हाम्रो गाडी एक्सप्रेस वे हिँडे्को गाडी हो, गन्तव्यमा पुग्नु अघि ब्रेक लगाउनु जरुरी हुँदैन र हाम्रो गाडी अनिन्त्रित पनि छैन।’
