Author: Editor
काठमाण्डौं । देशको ४३ औ प्रधानमन्त्री बन्न लागेका बालेन शाह काठमाडौं महानगरपालिकाका पूर्वमेयर शाह हुन् । गत फागुन २१ गते भएको प्रतिनीधिसभा सदस्य निर्वाचनमा झापा–५ बाट भारी मतले विजयी भएका हुन्। प्रत्यक्ष निर्वाचनमा उम्मेदवारी दर्ता गर्नुभन्दा केही दिनअघि मेयरबाट राजीनामा दिएका उनी रास्वपामा वरिष्ठ नेताको पदसहित प्रवेश गरेका हुन्। रास्वपा शाहलाई प्रधानमन्त्रीका रुपमा अघि सारेर निर्वाचनमा गएको थियो। रास्वपाले पूर्वघोषणाअनुरुप शाहलाई प्रधानमन्त्री बनाउन संसदीय दलको नेता चयन गरेको छ। शाहले शुक्रबार कार्यकारी प्रधानमन्त्री पदको शपथसँगै मुलुकको बागडोर सम्हाल्ने छन्। शाहको जन्म १४ वैशाख २०४७ मा काठमाडौंको नरदेवीमा भएको हो। उनी हाल गैरिगाउँ, तिनकुनेका बासिन्दा हुन्। आयुर्वेदिक चिकित्सक डा। रामनारायण शाह…
काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसका कारण देशका विभिन्न भागमा बदली तथा वर्षा र हिमपातको पूर्वानुमान गरिएको छ । सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी र हिमाली भू–भागमा साधारणतया बदली भएको छ भने बाँकी तराईका भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भागका केही स्थान तथा कोशी प्रदेशका पहाडी र हिमाली भागका एकदुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा हिमपात भइरहेको छ । महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली भागमा अधिकांश बदली, पहाडमा साधारणतया बदली र तराई भेगमा…
काठमाण्डौं । प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो ६ महिने कार्यकाल सफलताका साथ पूरा गरी नवनिर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्नुअघि बिहीबार राष्ट्रका नाममा विशेष सम्बोधन गरेकी छन् । भदौ २३ र २४ को जेनजी आन्दोलनपछिको असहज परिस्थितिमा सत्ता सम्हाल्नु भएकी कार्कीले देशलाई लोकतान्त्रिक र संवैधानिक मार्गमा फर्काउन आफ्नो सरकार सफल रहेको भन्दै खुसी प्रकट गरिन् । बिदाइ सम्बोधनका क्रममा प्रधानमन्त्रीले भनिन्, म आज पूर्ण आत्मविश्वासका साथ यो देशको उज्यालो भविष्य देखिरहेको छु, जहाँ हाम्रो एकता र इमानदारीले नयाँ इतिहास लेख्नेछ । आफ्नो सम्बोधनको सुरुवातमै प्रधानमन्त्रीले भदौको जेन्जी आन्दोलनमा ज्यान गुमाउने ७६ जना सहिदहरूप्रति श्रद्धाञ्जली व्यक्त गरिन् । आन्दोलनका क्रममा घाइते भएका २…
काठमाडौँ । यही चैत ११ गतेका दिन कालो जिन्सको ज्याकेट र पेन्टमा जिल्ला अदालत काठमाडौँ परिसरमा भेटिएका बाजुरा त्रिवेणी नगरपालिका–७ का लोकेशकुमार अयडी निकै हतारमा देखिन्थे । उनीसँगै सोही जिल्लाकै गौमूल–४ की पुनम कुँवर हरियो कुर्तासलवार अघिपछि गर्दै थिइन् । उनीहरू अदालतमा अन्य कुनै प्रशासनिक झमेला र न्यायका लागि आएका भने थिएनन् । त्यहाँ अदालती विवाह अर्थात् दर्ता विवाहका लागि आएका थिए । आवश्यक प्रक्रिया पूरा गरिसकेपछि दुलाहा अयडी र दुलही कुँवरले सोही दिन नै विवाह दर्ताको प्रमाणपत्र प्राप्त गरे । वैदेशिक रोजगारीका सिलसिलामा जापानमा रहेका अयडी छोटो बिदामा नेपाल आएर घरपरिवारसँगको सहमतिमा अदालती विवाह गरे । दुलाहा अयडी भन्छन्,…
काठमाण्डौं । मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहलाई १२–३४ मिनेटमा प्रधानमन्त्रीको शपथ गराउने कार्यक्रम तय गरिएको बताइएको छ।त्यसअघि नेता शाहलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको जानकारी गराइनेछ। नेपालको संविधानको धारा ७६ को उपधारा १ अनुसार एकल सरकार गठन हुन लागेको हो। राष्ट्रपति कार्यालयका अनुसार अपराह्न प्रधानमन्त्रीको पद तथा गोपनियताको शपथ ग्रहणको कार्यक्रम तय गरिएको बताइएको छ। शपथ ग्रहण समारोहमा सहभागी हुन विभिन्न राजनीतिक दल, यहाँस्थित कूटनीतिक नियोगका प्रतिनिधि, नागरिक समाज, उच्च सरकारी अधिकारीलाई आमन्त्रण गरिसकिएको छ। प्रधानमन्त्रीको शपथसँगै मन्त्रीहरूको पनि शपथ गराइने बुझिएको छ। गत…
काठमाण्डौं । राष्ट्रपति रामचन्द्र पौडेलले सांस्कृतिक तथा ऐतिहासिक पर्वले विविध जातजाति, भाषाभाषी, संस्कृति र भौगोलिक क्षेत्रका नेपालीको बीचमा परस्पर विश्वास, सद्भाव, सहिष्णुता र सहयोगको भावनालाई प्रगाढ बनाउँदै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्ने अपेक्षा व्यक्त गरेका छन्। रामनवमी पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति एवं समृद्धिको शुभकामना सन्देश दिँदै राष्ट्रपति पौडेलले यस पर्वले सम्पूर्ण नेपालीबीच आपसी समझदारी, दिगो शान्ति एवं भाइचाराको भावना अभिवृद्धि गर्न उत्प्रेरित गर्न सकोस् भन्ने कामना गरेका हुन्। हरेक वर्ष चैत महिनाको शुक्ल पक्षको नवमी तिथिका दिन मर्यादा पुरुषोत्तम भगवान् श्री रामचन्द्रको जन्मदिनका रूपमा ‘राम नवमी’ पर्व धुमधामका साथ मनाउने परम्परा रहिआएको…
काठमाण्डौं । चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज श्रद्धा भक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी देशभर मनाइँदैछ। त्रेतायुगमा अयोध्याका राजा दशरथ र महारानी कौसल्यादेवीको सुपुत्रका रूपमा श्री रामचन्द्रको जन्म चैत्र शुक्ल नवमीकै दिन भएको थियो। विष्णुको सातौँ अवतार मानिने उनको जन्म हुँदा पुनर्वसु नक्षत्र थियो। कुण्डलीमा चन्द्रमाका साथ वृहस्पति रहेको कर्कट लग्नको योग परेको थियो। भगवान् रामचन्द्रको कुण्डलीमा पाँचग्रह सूर्य, मङ्गल, गुरु, शुक्र र शनि एकसाथ हुने दुर्लभ योग परेको थियो। वर्षका चार नवरात्रमध्येको वासन्तीय नवरात्रका नवमीका दिन जन्मेका रामचन्द्रले राक्षसी प्रवृत्तिको अन्त्य गरी रामराज्य स्थापना गरेका थिए। धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा…
काठमाडौँ। गत भदौ २३–२४ गते नवयुवा ९जेनजी० को आन्दोलन हिंसात्मक हुनुमा तत्कालीन सरकार र सुरक्षा निकायको गम्भीर लापर्बाही मुख्य कारण रहेको छानबिन प्रतिवेदनले औँल्याएको छ । घटनाबारे छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन सरकारले बिहीबार सार्वजिनक गरेको हो । उक्त प्रतिवेदनमा आन्दोलनका क्रममा अत्यधिक बल प्रयोगका कारण अकल्पनीय मानवीय तथा भौतिक क्षति हुनुमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र नेपाल प्रहरीका महानिरीक्षक चन्द्रकुवेर खापुङलगायतलाई मुख्य दोषी ठहर गरी कारबाहीका लागि सिफारिस गरिएको छ । आयोगले ओली, लेखक र खापुङलाई मुलुकी फौजदारी संहिताको दफा १८१ र १८२ बमोजिम तीनदेखि १० वर्षसम्म कैद र ३०…
काठमाडौँ । प्रतिनिधि सभामा सबैभन्दा ठुलो दल राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) ले वरिष्ठ नेता बालेन्द्र ( बालेन ) शाहलाई सर्वसम्मत रूपमा संसदीय दलको नेता चयन गरेको छ । रास्वपा केन्द्रीय कार्यालय चःमतिमा बिहीबार बसेको केन्द्रीय समिति बैठकले संसदीय दलको विधान परिमार्जनसहित पार्टीका वरिष्ठ नेता शाहलाई संसदीय दलको नेता चयन गर्ने निर्णय गरेको हो । गत फागुन २१ मा सम्पन्न प्रतिनिधि सभाको निर्वाचनअघि भएको सहमतिमा शाह संसदीय दलको नेता र प्रधानमन्त्री बन्ने घोषणा भएको थियो । सोही सहमति अनुसार केन्द्रीय समितिको बैठकले संसदीय दलसम्बन्धी विधानमा रहेको बाधा अड्काउ ( धारा ८०) फुकाउँदै केन्द्रीय समितिलाई प्राप्त अधिकार प्रयोग गरी संसदीय…
काठमाण्डौं । अखिल नेपाल फुटबल संघ ९एन्फा०को चुनाव स्थगित भएको छ। राष्ट्रिय खेलकुद परिषद्ले तीन महिनाका लागि एन्फालाई निलम्बन गरेपछि चैत १३ गते तय गरिएको चुनाव स्थगित भएको हो। एन्फाले निलम्बन गरेको पत्र पाएपछि तत्कालका लागि चुनाव स्थगित गरिएको निर्वाचन समितिले जनाएको छ। एन्फाको निर्वाचन समितिका संयोजक रामचन्द्र गौतम, सदस्य सचिव लोकेन्द्र ओली र सदस्य सम्झना घिमिरेले बिहीबार साँझ सूचना जारी गरी चुनाव स्थगित गरिएको जनाएका हुन्। सूचनामा भनिएको छ, ‘मिति २०८२/ १२ र १३ गतेका लागि तय गरिएको मतदान कार्यक्रम अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको छ।’
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रधान सम्पादक/ अध्यक्ष: बिना थापा कार्की
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क