काठमाण्डौं । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का तीन पूर्वअध्यक्षहरू पशुपति शमसेर राणा, डा. प्रकाशचन्द्र लोहनी र कमल थापाले पार्टीको वर्तमान अवस्था र आगामी दिशाबारे धारणा सार्वजनिक गरेका छन्। असार ५ र ६ गते सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकमा आफ्नो अनुपस्थितिको कारण स्पष्ट पार्दै नेताहरूले त्यसलाई पार्टीभित्र व्याप्त बेथिति, सङ्कुचित सोच र विधान विपरीतका गतिविधि विरुद्धको ुसाङ्केतिक विरोधु भएको बताएका छन्।
उनीहरुले जारी गरेको संयुक्त वक्तव्यमा नेताहरूले राप्रपा तथा यसको विचार र आदर्शप्रतिको आफ्नो प्रतिबद्धता अटल रहेको भन्दै कार्यकर्ताहरूलाई आश्वस्त पारेका छन्। उनीहरूले पार्टीमा हुर्किँदै गएको पक्षपातपूर्ण कारबाही र अविश्वासको वातावरण अन्त्य गर्नुपर्नेमा जोड दिँदै नेतृत्वलाई रचनात्मक सुझावहरू आत्मसात् गर्न आग्रह गरेका छन्।
यद्यपि मङ्सिर २६ गतेदेखि केन्द्रीय महाधिवेशन आयोजना गर्ने निर्णयको स्वागत गर्दै पूर्वअध्यक्षहरूले अबको केन्द्रीय समितिलाई स्वतः ुमहाधिवेशन आयोजक समितिु मा रूपान्तरण गर्नुपर्ने माग गरेका छन्। महाधिवेशनलाई निष्पक्ष र धाँधलीरहित बनाउनका लागि अध्यक्षको संयोजकत्वमा पूर्वअध्यक्षहरू समेत रहने गरी एक उच्चस्तरीय ुस्टेरिङ कमिटीु ( मार्गदर्शन समिति ) गठन गर्न उनीहरूले सुझाव दिएका छन्।
पार्टीभित्रको निराशा अन्त्य गरी ुहिन्दु राष्ट्र र राजसंस्थासहितको प्रजातन्त्रु को जगमा देशलाई नेतृत्व दिन सक्ने शक्ति बनाउनुपर्ने उनीहरूको धारणा छ। साथै, नेताहरूले पार्टी छाडेर गएका साथीहरूलाई पुनः मूलधारमा फर्किन र कार्यकर्ताहरूलाई उच्च मनोबलका साथ महाधिवेशनको तयारीमा जुट्न आह्वान गरेका छन्।
