काठमाडौं । वडा दशैं नजिकिएसँगै काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कमा घर फर्किने यात्रुको चहलपहल बढ्न थालेको छ।
दशैंका लागि लामो तथा छोटो दूरीका सवारीसाधनको अग्रिम टिकट बुकिङ आजदेखि खुला भएसँगै टिकट लिन रातिदेखी नै सर्वसाधारणको भीड लागेको छ।
दशैं मनाउन काठमाडौं उपत्यकाबाट आ(आफ्नो घर फर्किने यात्रुहरू टिकट लिन नयाँ बसपार्क पुग्न थालेका छन्। अग्रिम टिकट खुलेसँगै बसपार्क क्षेत्रमा यात्रुको चहलपहल बढेको छ। दशैंका बेला यात्रुको चाप बढ्ने भएकाले समयमै टिकट लिएर यात्रा सुनिश्चित गर्न सर्वसाधारण अग्रिम टिकट बुकिङका लागि पुगेका हुन्।
