चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) को बन्दसत्र आज सुरू नहुने भएको छ । प्रतिनिधि परिचयपत्र वितरणमा ढिलाइ भएकाले बन्दसत्रको कार्यतालिका स्थगित गरिएको रास्वपाको निर्वाचन आयोग स्रोतले बतायो ।
स्रोतका अनुसार आज प्रतिनिधि परिचयपत्र वितरण गर्ने योजना बनाइएको छ । त्यसपछि भोलिबाट बन्दसत्र सुरु हुनेछ । यसले गर्दा महाधिवेशन स्वतः एक दिन लम्बिएको छ ।
बन्द सत्रमा सहभागी हुन बिहानैदेखि महाधिवेशन प्रतिनिधिहरू पुगेका थिए । उनीहरू दिनभर कुरेर बसे पनि अन्तिम समयमा बन्द सत्र स्थगित भएको हो । महाधिवेशन प्रतिनिधि संख्या ३८ सय नाघेको पनि स्रोतले बताएको छ ।
