काठमाण्डौं । नेपाली कांग्रेसका सभापति गगन थापा मतदानस्थल पुगेका छन्। शुक्रबार बिहान मतदान सुरू भइसकेपछि उनी मतदानस्थल पुगेका हुन्। मतदानका लागि लाइनमा रहेका प्रतिनिधिहरूसँग उनले मत मागेका छन्।
थापा सभापतिका उम्मेदवार छन्। सभापतिमा उनीसँगै श्यामकृष्ण खड्गी पनि उम्मेदवार छन्। बिहान ७ बजेपछि सुरू भएको मतदान अपराह्न ३ बजेसम्म चल्नेछ।
मतदान खुलामञ्च, राष्ट्रिय सभागृह र प्रज्ञा भवनमा भइरहेको छ। मतदान सकिएपछि आजै मतगणना सुरू गरिने तयारी रहेको कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ।
