Author: Editor
चितवन । रास्वपा सभापति रवि लामिछानेले पार्टीमा गुट बनाउन नहुने बताएका छन् । मंगलबार रास्वपाको पहिलो महाधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।उनले आफू कोही पनि उमेदवारको पक्षमा नलागने समेत बताए । ‘म अलग तरिकाले आइसोलेसनमा बसेँ । जो छानिए पनि मेरै हो । पार्टीको स्थापनादेखि लागेकालाई हाम्रो अधिकार भन्ने लागेको हुन सक्छ । नयाँलाई पनि सक्षम बनाउछौँ, अर्को पार्टी छाडेर आएका हौँ भन्ने लागेको होला । सांसद या मन्त्रीलाई उमेदवार बन्न नदिने भन्ने औपचारिक निर्णय गरेको छैन । यो भ्रममा नलाग्नुहोला’, उनले भने ।राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेले पार्टीभित्र जो जहाँबाट आएको भए पनि सबैको…
चितवन । भरतपुरमा जारी रास्वपाको बन्द सत्र सुरु भएको छ । बन्द सत्र हिजो नै सुरु गर्ने भनिए पनि प्राविधिक कारण देखाउँदै बन्द सत्र आजसम्म लम्बिएको हो । बन्द सत्रमा सभापति रवि लामिछाने लगायतका नेताहरू उपस्थित भइसकेका छन् । बन्दसत्रमा सभापति रवि लामिछानेले राजनीतिक, महामन्त्री कवीन्द्र बुर्लाकोटीले सांगठानिक, उपसभापति स्वर्णिम वाग्लेले अर्थ राजनीतिक प्रस्ताव पेश गर्ने कार्यसूची छ । यस्तै अनुशासन आयोग र पार्टीको वित्तीय प्रतिवेदनसमेत पेश हुनेछ। बन्दसत्र सकेपछि निर्वाचन प्रक्रिया अघि बढ्ने जनाइएको छ।
बाँके । पर्याप्त वर्षा नहुँदा पनि सिक्टा सिँचाइ आयोजनाबाट नहरमा पानी प्रवाह भएपछि बाँकेका विभिन्न क्षेत्रमा धान रोपाइँ तीव्र बनेको छ। आयोजनाले नहर प्रणालीमार्फत पानी उपलब्ध गराएपछि किसानले आकाशे पानीको प्रतीक्षा नगरी खेतमा धान रोप्न थालेका छन्। राप्तीसोनारी गाउँपालिका–३ नवलपुरकी मेलिना चौधरीले नहरबाट आएको पानीको सदुपयोग गर्दै सोमबारदेखि धान रोपाइँ सुरु गरेकी छन् । उनले चार कट्ठा खेतमा धान रोपेकी छन् भने बाँकी नौ कट्ठा खेतमा आज रोपाइँ सक्ने तयारी रहेको बताइन्। जलजला महिला समूहका १३ रुपार्नेको सहयोगमा खेत रोपेकी चौधरीले प्रतिव्यक्ति प्रतिघण्टा रु १२० का दरले ज्याला दिएर रोपाइँ गराएकी हुन् । उनले भनिन्, ‘सिक्टाले नहरमा पानी छोडेपछि आकाशबाट…
काठमाडौं। अर्जेन्टिनाका कप्तान लियोनल मेसीले फिफा विश्वकप इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडीको नयाँ कीर्तिमान बनाएका छन्। समूह ‘जे’ अन्तर्गत अस्ट्रियाविरुद्ध जारी खेलमा टोलीका लागि पहिलो गोल गर्दै मेसीले विश्वकपमा आफ्नो कुल गोल संख्या १७ पुर्याए। यससँगै उनले जर्मनीका पूर्व फरवार्ड मिरोस्लाभ क्लोजको १६ गोलको कीर्तिमान तोडेका हुन्। अमेरिकाको टेक्सास राज्यस्थित डलास स्टेडियममा भएको खेलको ३८औँ मिनेटमा मेसीले गोल गरेका थिए। त्यसअघि उनी पेनाल्टीमा गोल गर्न भने चुकेका थिए। ३८ वर्षीय मेसीले गत साता अल्जेरियाविरुद्ध ३–० को जितमा ह्याट्रिक गर्दै क्लोजको कीर्तिमान बराबरी गरेका थिए। अहिले उनी छ वटा विश्वकप प्रतियोगितामा सहभागी हुँदै १७ गोलसहित शीर्ष स्थानमा पुगेका छन्। सन् २००६…
काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) को महाधिवेशनका कारण बालेन्द्र शाह नेतृत्वको सिंगै मन्त्रिपरिषदले राजधानी छोडेको छ । विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनबाहेक मन्त्रीपरिषदका सबै सदस्यहरु महाधिवेशनमा भाग लिने सिलसिलामा चितवनमा छन् । प्रधानमन्त्री बालेन्द्र शाह र उनको मन्त्रीपरिषदका १७ जना चितवन गएका हुन् । काठमाडौंबाट हिजो गएका उनीहरु चितवनका विभिन्न होटलमा छरिएर बसेका थिए । महाधिवेशनको चुनावी प्रक्रिया सुरु नभएका कारण सबैजना आज पनि चितवनमै रहनेछन् । यद्यपि, अहिलेसम्म महाधिवेशन स्थलमा शिक्षामन्त्री सस्मित पोखरेलबाहेक अरु मन्त्रीहरु देखा परेका छैनन् । कसको बास कहाँ ? प्रधानमन्त्री बालेन्द्र शाह हिजो चितवनको कालिका नगरपालिका ९ स्थित होटल…
काठमाडौँ । नेपालबाट भारततर्फ हुने चिया निर्यातमा लामो समयदेखि देखिएका विभिन्न प्राविधिक तथा व्यापारिक समस्याहरूको पहिचान र स्थायी समाधानका उपायहरू पहिल्याउन सरकारले एक उच्चस्तरीय विशेष कार्यदल गठन गरेको छ । प्रधानमन्त्री वालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार, निर्यातमा देखिएका अवरोधहरूलाई हटाएर नेपाली चियाको अन्तर्राष्ट्रिय बजार सुनिश्चित गर्न यो कदम चालिएको हो । नवनियुक्त कार्यदललाई चिया निर्यातका क्षेत्रमा देखिएका विद्यमान समस्याहरूको विस्तृत अध्ययन गरी आगामी दुई हप्ता भित्र प्रतिवेदन पेस गर्ने समयावधि तोकिएको छ । कार्यदलले समस्याहरूको प्रकृति हेरी तत्काल कार्यान्वयन गर्नुपर्ने, केही समयभित्रै गर्नुपर्ने र नीतिगत सुधारमार्फत गरिने समाधानका सुझावहरू सहितको स्पष्ट खाका सरकारलाई बुझाउनु पर्नेछ ।…
चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) को प्रथम राष्ट्रिय महाधिवेशन अन्तर्गत मङ्गलबार बन्दसत्रको कार्यक्रम हुँदै छ । सोमबारका लागि तय गरिएको बन्दसत्र प्रतिनिधि परिचयपत्र वितरण कार्य समयमै सम्पन्न हुन नसकेपछि मङ्गलबारसम्मका लागि स्थगित गरिएको हो । पार्टीले प्रतिनिधिहरूको विवरण प्रमाणीकरण, नामावली रुजु तथा परिचयपत्र छपाइको काममा अपेक्षाभन्दा बढी समय लागेकाले बन्द सत्र सार्नु परेको पार्टीका प्रवक्ता मनीष झाले जानकारी दिनुभयो । महाधिवेशन स्थल भरतपुरमा सोमबार साँझ आयोजित पत्रकार सम्मेलनमा पार्टीका प्रवक्ता झा र केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले बन्दसत्र स्थगित गर्नुको कारणबारे जानकारी गराउनुभयो । उहाँहरूले महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरूको आधिकारिक विवरण यकिन गर्ने, नामावली प्रमाणीकरण गर्ने तथा…
सुर्खेत । नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेल पक्राउ परेका छन् । उनलाई सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाको अनुसन्धानको सिलसिलामा उनलाई पक्राउ गरिएको बताइएको छ । पार्टीको चुनावी समीक्षा एवं पुनर्गठन कार्यदलको सुझाव संकलनअन्तर्त प्रदेशस्तरीय कार्यक्रममा पौडेल सुर्खेत पुगेका थिए । उनलाई सुर्खेतबाट पक्राउ गरेर काठमाडौं ल्याउन लागिएको प्रहरी उच्च स्रोतले जनाएको छ । उनी हाल बसिरहेको काठमाडौं भैसेपाटीस्थित निवासमा पनि सम्पत्ति शुद्धीकरण विभागको टोलीले छापा मारेको छ ।
काठमाडौँ । काठमाडौं उपत्यकाका तीनै जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा एकैपटक धेरै स्थानमा बर्डफ्लु फैलिएपछि नियन्त्रणमा कठिनाइ भएको अधिकारीहरूले बताएका छन् । पशु सेवा विभागले सोमबार पशु प्राविधिकहरूको चार टोली परिचालन गरी बर्डफ्लु ( एच फाइभ एन वान ) पुष्टि भएका फार्महरूमा कुखुरा र हाँसहरू नष्ट गरेको जनाएको छ । अहिलेसम्म उपत्यकामा ५० भन्दा बढी स्थानमा बर्डफ्लु फैलिइसकेको छ, यो अत्यधिक संख्या हो, विभागका एभियन इन्फ्लुएन्जा नियन्त्रण कार्यक्रम तथा रोग निगरानी कार्यक्रमका प्रमुख वरिष्ठ पशु चिकित्सक डा। मुकुल उपाध्यायले भने, हामी नियन्त्रणको प्रयास गर्दैछौं । उपाध्यायका अनुसार उपत्यकाका कैयन स(साना फार्ममा पनि बर्ड फ्लु देखिएको छ । एभियन इन्फ्लुएन्जा भाइरसहरू…
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) को बन्दसत्र आज सुरू नहुने भएको छ । प्रतिनिधि परिचयपत्र वितरणमा ढिलाइ भएकाले बन्दसत्रको कार्यतालिका स्थगित गरिएको रास्वपाको निर्वाचन आयोग स्रोतले बतायो । स्रोतका अनुसार आज प्रतिनिधि परिचयपत्र वितरण गर्ने योजना बनाइएको छ । त्यसपछि भोलिबाट बन्दसत्र सुरु हुनेछ । यसले गर्दा महाधिवेशन स्वतः एक दिन लम्बिएको छ । बन्द सत्रमा सहभागी हुन बिहानैदेखि महाधिवेशन प्रतिनिधिहरू पुगेका थिए । उनीहरू दिनभर कुरेर बसे पनि अन्तिम समयमा बन्द सत्र स्थगित भएको हो । महाधिवेशन प्रतिनिधि संख्या ३८ सय नाघेको पनि स्रोतले बताएको छ ।
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रधान सम्पादक/ अध्यक्ष: बिना थापा कार्की
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क