Author: Editor

काठमाडौँ । नेपाली कम्युनिस्ट पाटी ( नेकपा )  ले राहदानी विभाग अगाडि आत्मदाह गर्ने मुगुका २५ वर्षीय गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्ने बताएको छ । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा नेकपाकी सांसद पार्वती विकले सरकारले बढाएको चर्को ट्राफिक जरिवाना र प्रशासनिक दबाबका कारण एक युवाले अकालमै ज्यान गुमाउनुपरेको बताइन् । सांसद विकले गणेश नेपालीले मोटरसाइकल पार्किङ गरेको निहुँमा १० हजार रुपैयाँ जरिवाना तिर्नुपरेको र त्यसबाट सिर्जित मानसिक तनावका कारण आत्मदाहको बाटो रोजेको उल्लेख गरिन् । ‘१० हजार जरिवानाले उनलाई कति तनाव दियो होला रु यो जरिवाना मात्र होइन, राज्यको संवेदनहीनताको उपज हो,’ उनले भनिन्, ‘नेपाल सरकारले हालै ट्राफिक जरिवाना हेरफेर गर्दा…

Read More

काठमाण्डौं । नेपाली कांग्रेसका सभापति गगन थापाले मुगुका गणेश नेपालीको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै यसलाई समाज, राज्य र सामूहिक चेतनालाई झस्काउने अत्यन्तै पीडादायी घटना बताएका छन्। उनले घटनालाई राजनीतिक आरोप–प्रत्यारोपको विषय नबनाई मानवीय संवेदनाका साथ हेर्न र भविष्यमा यस्ता घटना दोहोरिन नदिने वातावरण निर्माणका लागि सबै पक्षले आत्मचिन्तन गर्नुपर्ने बताएका छन्। वक्तव्यमा थापाले गणेश नेपालीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका छन्। उनले परिवारलाई यो असह्य पीडा सहने शक्ति प्राप्त होस् भन्ने कामनासमेत गरेका छन्। थापाले यस कठिन घडीमा सबै नागरिकलाई गणेश नेपालीका आश्रित परिवारलाई कसरी साथ दिन सकिन्छ र उनीहरूको पीडामा केही भए पनि…

Read More

धनुषा । मिटरब्याजीहरूको शोषण र अत्याचारविरुद्ध न्याय माग्दै काठमाडौँका लागि हिँडेका पीडितहरू धनुषाको ढल्केबर पुगेका छन्। मिटरब्याजीको चक्रव्यूहमा फसेका किसान र मजदुरहरूले सरकारलाई दबाब दिने उद्देश्यले जनकपुरधामबाट उनीहरुले पैदल ‘न्याय मार्च’ सुरु गरेका हुन्। मिटरब्याजविरुद्ध किसान–मजदुर आन्दोलन, नेपालको आयोजनामा सुरु भएको यो पैदल यात्रा सङ्घीय राजधानी काठमाडौँसम्म पुग्ने तय भएको छ। जनकपुरधामको तिरहुतियागाछीमा औपचारिक कार्यक्रम गरी बिहीबार साँझ ५ बजे निस्किएका पीडितहरू यात्राको दोस्रो दिन बिहानै ढल्केबर आइपुगेका हुन्। सरकारले यसअघि मिटरब्याज पीडितहरूसँग चार पटकसम्म लिखित सहमति गरे पनि ती सहमतिहरू अझै कार्यान्वयन हुन सकेका छैनन्। राज्यले आफूहरूसँग गरेका बाचा र सहमतिहरू कागजमै सीमित भएपछि फेरि पनि सरकारलाई घचघच्याउन र…

Read More

काठमाण्डौं । राइडर गणेश नेपालीको मृत्यु भएको घटनामा तीन जना नगर प्रहरीमाथि सोधपुछ भएको छ। त्रिपुरेश्वरस्थित राहदानी विभाग पछाडिको सडकमा बिहीबार खटिएका तीन जना नगर प्रहरीलाई बोलाएर सोधपुछ गरेको प्रहरीले जनाएको छ। दुई जना महिला नगर प्रहरी र एक जना पुरूष प्रहरीलाई बोलाएर घटनाबारे सोधिएको हो। नेपालीको शुक्रबार बिहान उपचारको क्रममा वीर अस्पतालमा मृत्यु भएको छ। मुगु सोरू गाउँपालिका(२ का २५ वर्षीय नेपालीले बिहीबार दिउँसो १स्४० बजेतिर नेपालीले त्रिपुरेश्वरस्थित पासपोर्ट विभाग पछाडिको सडकमा आफैमाथि आगजनी गरेका थिए। त्यसपछि उनको वीर अस्पतालमा उपचार गरिएको थियो। उनी राइड सेयरिङका राइडर हुन्। यात्रु लिएर विभाग पुगेका उनको मोटरसाइकलमा ह्विल लक लगाएको विषयमा काठमाडौं…

Read More

काठमाण्डौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले राइड(सेयरिङ चालक गणेश नेपालीले आत्मदाह गरेको घटनाको गम्भीर छानबिन गर्न माग गरेका छन्। आङदेम्बेले घटनाप्रति चिन्ता व्यक्त गर्दै राज्यले गर्ने दुर्व्यवहार र प्रताडनाले आत्मदाहसम्मको घटना भएको भन्दै आक्रोश पनि प्रकट गरेका छन्। ‘महानगर प्रहरीले गर्ने प्रताडनाका कारण गणेश नेपाली पीडामा रहेको र त्यसकै कारणले डिप्रेसनमा रहेको परिवारको कुरा आयो। घटनाबारे अनुसन्धान भइरहेको होला र सत्यतथ्य बाहिर आउला,’ उनले पत्रकारहरूसँग भने, ‘तर, अहिले आफूलाई बढ्ता देखाउने हिसाबमा राज्य या राज्यका कुनै पनि निकायले काम गरेर खाने मजदूर वर्गलाई दुर्व्यवहार गर्ने खालका क्रियाकलाप गरिरहेका छन्। यो राम्रो होइन। राज्यको दायित्व…

Read More

काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरमा आफ्नै शरीरमा आगो लगाएका युवाको निधन भएको छ। उनको आज विहान ११ बजेर २० मिनेटमा निधन भएको उपचारमा संलग्न डाक्टर पियुष दाहालले जानकारी दिए। उनको वीर अस्पतालको प्लास्टिक सर्जरी विभागका संयोजक डा. पियुष दाहालका नेतृत्वमा युनिट प्रमुख डा अपार लामिछाने, क्रिटिकल केयरका डा. निर्मण ज्ञवाली, एनेस्थेटिस्ट जयप्रकाश ठाकुर, प्रा. डा. रविराम श्रेष्ठ र नर्सिङ सेवाका स्वास्थ्यकर्मीसहित २१ जनाको विशेष टोली नेपालीको उपचारमा सम्लग्न रहेका थिए। तर उनलाई बचाउन नसकिएको दाहालको भनाइ छ । बिहीबार महानगर प्रहरीले मोटरसाइकलमा ह्विल लक गरेको भन्दै आफ्नै शरीरमा मुगुका २५ वर्षीय गणेश नेपालीले आगो लगाएका थिए। मुगुको सोरु गाउँपालिका–१ स्थायी घर…

Read More

काठमाडौँ । आफ्नै शरीरमा आगो लगाएर घाइते भएका गणेश नेपालीको स्वास्थ्य गम्भीर र अस्थिर रहेको वीर अस्पतालले जनाएको छ । उपचारमा संलग्न चिकित्सकले नेपालीलाई भेन्टिलेटरमा राखिएको र कुनै पनि समय अवस्था बिग्रिन सक्ने जानकारी गराए । मुगु सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीको अवस्था जुनसुकै समयमा बिग्रन सक्ने वीर अस्पतालले जनाएको छ । आज पत्रकार सम्मेलन गर्दै अस्पतालले नेपालीको स्वास्थ्य अस्थिर रहेको र जुनसुकै समयमा थप विग्रन सक्ने जानकारी दियो । अवस्था अझै पनि हामीले केही भन्न सक्ने अवस्थामा छैन,’ अस्पतालको भनाइ छ, ‘कुनै पनि समयमा उहाँको अवस्था बिग्रन सक्छ। नेपालीको अनुहार, टाउको, घाँटी छाती जलेकाले अवस्था क्रिटिकल भएको…

Read More

काठमाडौँ । विभिन्न ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपतिहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता समक्ष नवनियुक्त उपकुलपतिहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् । शपथ ग्रहण गर्नेहरूमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ( न्याम्स )  का उपकुलपति डा. विवेक आचार्य, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. नवीस मान सिं प्रधान, विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. स्मृति कार्की, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. नारायण सिंह गुरुङ, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. सूर्यमान मेन्याङबो तथा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. अजय कुमार मिश्र रहेका छन् ।…

Read More

काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरेको गणेश नेपालीलाई थप उपचारका लागि भारत लैजाने तयारी अघि बढेको छ । हाल वीर अस्पतालमा उपचाररत नेपालीको ६५ देखि ७० प्रतिशत शरिर जलेकाले विशिष्टीकृत उपचारका लागि तत्कालै भारतको नयाँ दिल्लीस्थित ‘अखिल भारतीय आयुर्विज्ञान संस्थान’ लैजाने भइरहेको हो ।​ बिरामीको स्वास्थ्य अवस्था बुझ्न र उपचार प्रक्रियालाई तीव्र बनाउन गृहमन्त्री सुदन गुरुङ र प्रधानमन्त्रीको सचिवालयका सदस्यहरू भर्खरै वीर अस्पताल पुगेका छन् । उनले वीर अस्पतालका चिकित्सक टोलीसँग घाइतेको पछिल्लो स्वास्थ्य स्थिति र उपचारको प्रगतिका बारेमा प्रत्यक्ष जानकारी लिएका छन् । चिकित्सकहरूसँगको परामर्श र अवस्थाको गम्भीरतालाई ध्यानमा राख्दै नेपालीलाई सम्पूर्ण उपचार खर्च सरकारले नै…

Read More

काठमाडौं । चालु आर्थिक वर्षका लागि सबै सरकारी खाता बन्द भएका छन्। हिजो रातिदेखि सात दिनसम्मका लागि खाताहरु बन्द गरिएका हुन्। आर्थिक वर्ष २०८२/ ८३ को बजेट भुक्तानीको अन्तिम दिन हिजो सरकारले ३३ अर्बको भुक्तानी दिएको छ। असार २५ गते कुल ३३ अर्ब १६ करोड ५४ लाख रुपैयाँ भुक्तानी भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ। योसँगै चालू बजेट खर्च अन्तर्गत १२ अर्ब ४२ करोड ५ लाख, पुँजीगत खर्च अन्तर्गत १८ अर्ब ३९ करोड ७ लाख र वित्तीय व्यवस्था अन्तर्गत २ अर्ब ३५ करोड ४२ लाख रुपैयाँ खर्च भएको कार्यालयले जनाएको छ। योसँगै सरकारको कुल बजेट खर्च ७९.६९ प्रतिशत अर्थात १५…

Read More