Author: Editor

काठमाण्डौ । फिफा विश्वकप २०२६ अन्तर्गत शुक्रबार हुने क्वार्टरफाइनलमा युरोपका दुई बलिया टोली स्पेन र बेल्जियमबीच प्रतिस्पर्धा हुँदैछ। लस एन्जलसमा हुने खेल नेपाली समयअनुसार राति १२.४५ बजे सुरु हुनेछ। अन्तिम १६ को चरण पार गर्ने क्रममा दुवै टोलीले प्रभावशाली प्रदर्शन गरेका थिए। स्पेनले पोर्चुगललाई अतिरिक्त समयको पहिलो मिनेटमा मिकेल मेरिनोले गरेको निर्णायक गोलको मद्दतमा १–० ले पराजित गर्दै अन्तिम आठमा स्थान बनाएको थियो। बेल्जियमले भने आयोजक अमेरिकामाथि ४–१ को सहज जित निकाल्दै आत्मविश्वासका साथ क्वार्टरफाइनलमा प्रवेश गरेको हो। युरो २०२४ को विजेता स्पेन यस विश्वकपमा पनि उपाधिको प्रमुख दाबेदार मानिएको छ। समूह चरणमा साउदी अरेबियामाथि ४–० र अस्ट्रियामाथि ३–० को…

Read More

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले हालै जारी गरेको “शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा ( सञ्चालन तथा व्यवस्थापन)  नियमावली, २०८३” प्रति नेपाल शैक्षिक परामर्श सङ्घ ( ईक्यान )  ले गम्भीर आपत्ति जनाएको छ । सरकारले यो नियमावली असार २४ गतेको मन्त्रिपरिषद् बैठकबाट स्वीकृत गरी मुद्रण विभागमार्फत सार्वजनिक गरिसकेको छ । जारी ​नयाँ नियमावलीमा कन्सल्टेन्सी व्यवसाय सञ्चालनका लागि रु २५ लाख धरौटी राख्नुपर्ने, अनुमति पत्रका लागि रु ५० हजार दस्तुर तिर्नुपर्ने र विदेश अध्ययनका लागि गरिने शैक्षिक मेला ( एजुकेसन फेयर )  आयोजना गर्न पूर्ण प्रतिबन्ध लगाउने जस्ता प्रावधानहरू उल्लेख गरिएको छ । ​यो नियमावलीले निजी क्षेत्रको अर्बौँको लगानी…

Read More

काठमाडौं । सर्वोच्च अदालतले सरकारद्वारा गठित ‘सम्पत्ति छानबिन आयोग’लाई कुनै पनि काम कारबाही अगाडि नबढाउन आदेश जारी गरेको छ । न्यायाधीशद्वय टेकप्रसाद ढुङ्गाना र श्रीकान्त पौडेलको संयुक्त इजलासले उक्त आयोगको वैधानिकतामाथि गम्भीर संवैधानिक प्रश्न उठाउँदै शुक्रबार काम रोक्न आदेश दिएको हो । बालेन्द्र शाह नेतृत्वको सरकारले २०६३र६४ यता उच्च सार्वजनिक ओहदामा रहेकाहरूको सम्पत्ति छानबिनका लागि आयोग गठन गरेको थियो । उक्त आयोगले काम अघि बढाइसकेको छ । आयोग गठनका विरुद्धमा सर्वोच्च अदालतमा परेको रिटमा न्यायाधीशद्वय टेकप्रसाद ढुंगाना र श्रीकान्त पौडेलले अन्तरिम आदेश जारी गरेका हुन् । अन्तरिम आदेशमा कसैलाई पनि सम्पत्ति विवरण पेश गर्न बाध्य नपार्न भनिएको छ । यस्तै,…

Read More

काठमाडौँ । राजनीतिमा एउटा निर्मम विडम्बना छ– विपक्ष वा सडकमा हुँदा ओकलिएका आक्रोश र नैतिक शब्दहरू सत्तामा पुगेपछि आफैँलाई गिज्याउने सबैभन्दा ठूलो बोझ बन्छन्। काठमाडौँको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि मुगुका गणेश नेपालीले आफ्नै शरीरमा झोसेको आगो र वीर अस्पतालमा भएको उनको निधनले यतिबेला सिंहदरबारको बागडोर सम्हालेका प्रधानमन्त्री बालेन्द्र शाहलाई ठीक त्यही नैतिक कठघरामा उभ्याइदिएको छ। विडम्बना कस्तो भने हिजो राज्यको बेथितिविरुद्ध नागरिक आक्रोशको नेतृत्व गर्नेहरू नै आज राज्य सञ्चालनको बागडोर सम्हालिरहेका छन्। तीन वर्षअघि इलामका प्रेमप्रसाद आचार्यले नयाँ बानेश्वरमा आत्मदाह गर्दा काठमाडौँ महानगरका तत्कालीन प्रमुख बालेन्द्र शाहले सामाजिक सञ्जालमा लेखेका थिए( ‘आत्मदाहको सबैभन्दा ठूलो कारण राज्य हो। यो राज्यको चरम असफलताको…

Read More

काठमाडौं । नेकपा सांसद गोपाल शर्माले गृहमन्त्री सुधन गुरुङले संसद्को रोस्ट्रमबाट सम्बोधन गर्ने क्रममा उच्चारण गरेको ‘घाँटी सुक्नेगरी’ शब्दलाई रेकर्डबाट हटाउन माग गरेका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा आफ्नो धारणा राख्ने क्रममा गृहमन्त्री गुरुङ संसद्मा घाँटी सुक्नेगरी कराएर मात्रै नहुने बताएका थिए । उनले मुगुका २५ वर्षीय गणेश नेपालीको घटनामा सांसदहरूले व्यापक प्रश्न उठेपछि जवाफ दिएका थिए । जवाफका क्रममा उनले ‘यहाँ घाँटी सुक्नेगरी कराउनेहरू को को हस्पिटल पुग्नुभएको थियो रु’ भनी प्रश्न गरेका थिए । उक्त विषयमा सांसद शर्माले आपत्ति जनाएका हुन् । उनले यसलाई सांसदहरूमाथि गरिएको अपमानको रुपमा व्याख्या गरे । सदनले सरकारलाई सदनमै खोज्ने हो । सरकारको…

Read More

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले प्रतिनिधि गणेश नेपालीको आत्मदाह प्रकरणमा सांसदहरूले उठाएको प्रश्नमा प्रतिप्रश्न गरेका छन् । शुक्रबारको संसद्‌मा गृहमन्त्रीले सांसदहरूलाई प्रश्न गर्दै भने, ‘तपाईँहरू हिजो अस्पतालमा कति जना हुनुहुन्थ्यो ?  ’ गणेश नेपालीले आत्मदाह प्रयास गरेपछि वीर अस्पतालमा गएर आफूले उपचारमा कुनै अभाव हुन नदिन लागिपरेको उल्लेख गर्दै उनले भने, ‘उहाँलाई सेफ ट्रान्सफर गर्न हामी रातभर लागिपरेका थियौँ ।’ भारतमा उपचारको लागी पठाउन धेरै मेहनत गरेको उनले बताए । आज पनि परिवारलाई सान्त्वना कसरी दिने भन्नेबारे गृहमा छलफल गरिरहेको उल्लेख गर्दै उनले भने, ‘मुखले बोलेर जनताको सेवा हुँदैन ।’ फिल्डमा गएर जनताको सेवा गर्नुपर्ने उल्लेख गर्दै गुरुङले भने, ‘मलाई…

Read More

काठमाडौँ । गणेश नेपाली आत्मदाह प्रकरण छानबिन गर्न समिति गठन भएको छ । गृहमन्त्री सुधन गुरुङले यो प्रकरणमा छानबिन गर्न नेपाल प्रहरीका डीआईजीको नेतृत्वमा समिति गठन गरेको जानकारी दिएका हुन् । गुरुङका अनुसार उक्त समितिमा डिआईजी गोविन्द थपलियाको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरिएको हो । अहिलेसम्म उक्त घटनाका सम्बन्धमा सोधपुछ गर्न महानगर प्रहरी बलका तीन जना महानगर प्रहरीलाई नियन्त्रणमा लिएको उनले जानकारी दिए ।

Read More

काठमाडौँ । पेट्रोल छर्केर आत्मदाहको प्रयासपछि उपचारका क्रममा मृत्यु भएका मुगुका गणेश नेपालीको परिवारले उनको शव बुझ्न अस्वीकार गरेको छ। गणेशका भतिज मन नेपालीले सरकारले उनका परिवार हेरचाहको जिम्मेवारी नलिँदासम्म आफूहरुले शव नबुझ्ने बताए। मन नेपालीले भने अन्टी पढ्दै छिन्। छोरी पनि सानै छ, ,उसैले काम गर्दै परिवार पालिरहेको थियो । सरकारले गणेशको श्रीमति र छोरीको जिम्मेवारी लिनुपर्छ। जिम्मेवारी नलिँदासम्म हामी शव बुझ्दैनौं। सरकारले जिम्मेवारी लिन नमाने आन्दोलन गर्ने चेतावनी समेत उनले दिए। माइतीघर जानुपर्छ कि कहाँ जानुपर्छ हामी आन्दोलन गर्छौँ, नेपालीले भने। बिहीबार गणेशले गलत ठाउँमा पार्किङ गरेको भन्दै महानगर प्रहरीले आफ्नो बाइकमा ह्वील लक गरिदिएपछि गणेशले त्रिपुरेश्वरस्थित राहदानी…

Read More

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी ( राप्रपा )  का सांसद ज्ञानबहादुर शाहीले मुगुका गणेश नेपालीको घटनामा गृहमन्त्री सुधन गुरुङले स्टन्ट गरेको भन्दै आपत्ति जनाएका छन् । उनले प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रश्न गरेका छन् – तपाईं गृहमन्त्री हो कि कन्टेन्ट क्रियटर ? गणेश नेपालीको मृत्यु प्रकरणलाई लिएर उनले भने, ‘गृह मन्त्रीले हिजो फिल्मको नायक जस्तै मिडिया घेरेर, चलचित्रको नायक जस्तै कहिले एयरपोर्ट, कहिले कता, कहिले उता दौडिरहनुभएको थियो पुरै क्यामरा बोकेर। यदि साँच्चै उपचार गर्ने उद्देश्य यदि थियो भने, आज गणेश नेपालीको मृत्यु हुँदैनथ्यो।’ उनले गृहमन्त्री क्यामरा र युट्युब बोकेर हिँडेको आरोप लगाए। उनले थपे, ‘आज युट्युबमा कन्टेन्ट कति क्रिएटर ग¥यो…

Read More

काठमाडौं । नेपाली कांग्रेसका सांसद खड्गबहादुर शाहीले आफ्नो निर्वाचन क्षेत्रका २५ वर्षीय गणेश नेपालीको मृत्युका विषयमा सरकारले ‘हैकमवाद’ चलाएको आरोप लगाएका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्ने क्रममा उनले नेपालीको मृत्युको विषयमा सरकारले ‘नाटक’ गरेको समेत बताए । सांसद शाही मुगुबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्छन् । उनले यो विषयमा घटनालगत्तै पनि संसद्मा आफ्ना कुरा राखेर सरकारको ध्यानाकर्षण गराएका थिए । हिजै राति आफू र प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बे वीर अस्पताल पुगेको र त्यतिबेलै चिकित्सक हरूले ९५ प्रतिशत बाँच्ने सम्भावना नरहेकोबारे आफूहरूलाई जानकारी गराएको उनले बताए । ‘सरकारले गणेशकाप्रति नाटक गर्‍यो । हिजो बेलुका म त्यहाँ ( वीर अस्पताल )  गएको…

Read More