Author: Editor
काठमाडौं । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको गोलमा मोरक्कोलाई हराउँदै फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ । अमेरिकाको बोस्टन स्टेडियममा शुक्रबार भएको पहिलो क्वाटरफाइनल खेलमा मोरक्कोलाई २–० गोलले पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा पुगेको हो । एमबाप्पेले पहिलो हाफमा पेनाल्टीमार्फत गोल गर्न सक्नुभएन । दोस्रो हाफमा भने गोल गर्न सफल भए भने अर्को गोलका लागि सहयोगी बन्नुभयो । फ्रान्स लगातार तेस्रोपटक विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको हो । यसअघि फ्रान्सले सन् २०१८ मा विश्वकपको ट्रफी जितेको थियो भने २०२२ मा उपविजेता बनेको थियो । आज खेलको ६०औँ मिनेटमा एम्बाप्पेले गोल गर्दै फ्रान्सलाई पहिलो अग्रता दिलाए । त्यसपछि…
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि पेस भएका चार वटा विधेयक प्रमाणीकरण गर्नुभएको छ। राष्ट्रपति कार्यालयले बिहीबार जारी गरेको विज्ञप्तिअनुसार नेपालको संविधानको धारा ११३ को उपधारा ९२० बमोजिम निम्न विधेयक प्रमाणीकरण गरिएको हो। प्रमाणीकरण भएका विधेयकमा सार्वजनिक खरिद ९दोस्रो संशोधन० विधेयक, २०८३, सम्पत्ति शुद्धीकरण ९मनी लाउन्डरिङ० निवारण ९तेस्रो संशोधन० विधेयक, २०८३, सहकारी ९पहिलो संशोधनं विधेयक, २०८३ तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३ रहेका छन्। राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यद्वारा जारी विज्ञप्तिमा उक्त विधेयकहरू असार २५ गते प्रमाणीकरण गरिएको उल्लेख छ।
काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभागको ३ नम्बर गेटमा आत्मदाह प्रयास गरेका २५ वर्षीय गणेश नेपालीको स्थिति गम्भीर बनेको छ । उनलाई उपचारका निम्ति वीर अस्पतालको आईसीयूमा भर्ना गरिएको छ । मुगु जिल्लाको सोरु गाउँपालिका १ घर भएका उनी भक्तपुर बस्दै आइरहेका छन् । दिउँसो करिब १.४५ को समयमा उनले आफ्नै बाइकको ट्यांकीबाट पेट्रोल निकालेर आफ्नो शरीरमा खन्याएका थिए । उनी विगत दुई वर्षदेखि काठमाडौंमा पठाओ चलाएर परिवार पाल्दै आएका थिए। उनका दाजु मदन नेपालीका अनुसार घरमा उनकी श्रीमती र एक छोरी छन्। विभागको ३ नम्बर गेट अगाडि मोटरसाइकल पार्क गरेको केही मिनेटमै महानगरको नगरप्रहरीले ह्वील लक गरिदिएको थियो। आफ्नो मोटरसाइकल…
काठमाडौं । फिफा विश्वकप २०२६ को पहिलो क्वार्टरफाइनलमा फ्रान्स र मोरक्को भिड्दै छन्। बोस्टनमा हुने खेल मध्यराति पौने २ बजे हुनेछ। सन् २०२२ को कतार विश्वकपमा सेमिफाइनल खेलेका यी दुई टोली यो पटक भने क्वार्टरफाइनलमा नै भिड्न लागेका हुन्। त्यसैले आज मध्यराति हुने खेल निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक हुनेछ। फिफा विश्वकप २०२६ को क्वार्टरफाइनल चरणको सुरुवात उपाधिका दुई बलिया दाबेदार फ्रान्स र अफ्रिकी च्याम्पियन मोरक्कोबीचको बहुप्रतीक्षित भिडन्तबाट हुँदैछ। दुई पटकको विश्व विजेता तथा २०२२ संस्करणको उपविजेता फ्रान्सले उत्तर अमेरिकामा जारी विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्दै पाँचै खेल जितेको छ। फ्रान्सले हालसम्म १४ गोल गर्दा मात्र दुई गोल व्यहोरेको छ। सात गोलसहित…
काठमाण्डौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सबै विषय एकैचोटि संशोधन गर्न खोज्दा नेपाल ठूलो आगोको भुंग्रोमा पर्नसक्ने बताएका छन्। बिहीबार ‘संविधान संशोधनमा नेपाली कांग्रेसको दृष्टिकोण’ विषयक कार्यक्रममा सभापति थापाले यस्तो चिन्ता जाहेर गरेका हुन्। ‘एकैपटक सबै विषयमा संविधान संशोधन गरौं भन्ने कुराले आठौँ वर्ष, १०औँ वर्ष लगाएर बल्ल सम्हालेका यी कुराहरूबाट फेरि एक पटक नेपाल ठूलो आगोको भुंग्रोमा पर्नसक्दछ भन्ने नेपाली कांग्रेस पार्टीको चिन्ता हो,’ सभापति थापाले भने, ‘प्राथमिकता निर्धारण नगरेर हामी गर्यौँ भने यसले पूरै खुला गरिदिन्छ।’ संविधान संशोधनका विषयमा आफूले सरकारलाई अप्ठेरो पार्न नखोजेको भन्दै मिलेरै जान चाहेको उनको भनाइ छ। तर सबै विषयमा संशोधन गर्न सकिन्छ…
काठमाडौं । नेकपा ( एमाले ) भित्र नीति, नेतृत्व र संगठनात्मक संरचनामा आमूल परिवर्तनको माग उठिरहेका बेला एउटा मतसर्वेक्षणले पार्टीभित्र तीव्र असन्तुष्टि र रूपान्तरणको हुटहुटी रहेको देखाएको छ । ‘नेकपा ९एमाले० रूपान्तरण र पुनर्संरचनाका लागि पुनर्जागरण अभियान २०८२’ ले सार्वजनिक गरेको सर्वेक्षण नतिजा अनुसार ९१।४ प्रतिशत सहभागीले एमाले हालकै अवस्थामा अगाडि बढ्न नसक्ने र यसमा व्यापक रूपान्तरण जरुरी रहेको बताएका छन् । अभियानले देशभर र विदेशका १४ देशमा गरेको ‘स्याम्पल गुगल सर्भे’ को रिपोर्ट पार्टी समीक्षा तथा पुनर्गठन कार्यदलका सदस्य सचिव महासचिव शंकर पोखरेललाई बुझाइएको छ । नेतृत्व र कार्यशैलीप्रति तीव्र असन्तुष्टि सर्वेक्षणमा सहभागीमध्ये ९५।४ प्रतिशतले वर्तमान पार्टी नेतृत्वको व्यवहार…
काठमाण्डौं । राष्ट्रियसभाको आजको बैठकबाट ‘आर्थिक विधेयक, २०८३’ पारित भएको छ। अब सो विधेयक पुनः प्रतिनिधिसभामा फिर्ता जानेछ।प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त सो विधेयकमाथि दफाबार छलफलपछि निर्णयार्थ प्रस्तुत गरिँदा बहुमतबाट पारित भएको हो। बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सो ‘विधेयक सुझाव विना पारित गरी प्रतिनिधिसभामा फिर्ता पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। त्यसअघि उनले सो विधेयकमाथि दफाबार छलफलका लागि प्रस्ताव गरे। दफाबार छलफलमा भाग लिँदै सभाका सदस्य डा. प्रेम दङ्गाल, सम्झना देवकोटा, रोशनी मेचे र सोमनाथ पोर्तेलले शिक्षा र स्वास्थ्य सेवामा कर थप्न नहुने विषयमा आग्रह गरेका थिए।
काठमाण्डौं । सभामुख डोल प्रसाद ९डीपी० अर्यालसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेटवार्ता गरेका छन्। भेटका अवसरमा सभामुख अर्यालले नेपाली जनताको बलियो जनादेशबाट बनेको सरकारले आफ्नो कार्यकालको पहिलो १०० दिन पूरा गरेको उल्लेख गर्दै हालै सम्पन्न निर्वाचनका क्रममा भारत सरकारले उपलब्ध गराएको महहत्वपूर्ण लजिस्टिक सहयोगप्रति आभार व्यक्त गरे। उनले नेपाल र भारतबीचको सम्बन्ध साझा सभ्यता, भौगोलिक निकटता, सांस्कृतिक तथा सामाजिक सम्बन्धमा आधारित रहेको उल्लेख गर्दै व्यापार, सुरक्षा, नागरिक उड्डयन, जलस्रोत तथा कनेक्टिभिटीलगायतका क्षेत्रमा रहेका विभिन्न द्विपक्षीय संयन्त्रमार्फत सम्बन्ध अझ सुदृढ हुँदै गएको बताए। उच्चस्तरीय भ्रमणको आदानप्रदानले दुई देशबीचको सम्बन्धलाई थप बलियो बनाएको उनको भनाइ थियो। उनले नागरिक उड्डयन,…
काठमाडौँ । प्रतिनिधिसभाको गत जेठ १७ गते भएको घटनाको सम्बन्धमा जाँचबुझ गर्न गठित समितिले सभामुख डोलप्रसाद अर्याललाई प्राप्त विशेषाधिकारको प्रयोग गर्न सुझाव दिएको छ । समितिले अमर्यादित र उत्तेजक शब्द प्रयोग भएको अवस्थामा नियमावलीको प्रभावकारी कार्यान्वयन गर्दै त्यस्ता अभिव्यक्तिलाई संसद्को अभिलेखबाट हटाउनेदेखि बैठकबाट निष्कासन गर्ने सम्मका व्यवस्थालाई कार्यान्वयन गर्न सुझाव दिएको छ । समितिले सांसदहरूले पालना गर्नुपर्ने गरी प्रतिनिधि सभा नियमावलीमा उल्लेख भएका आचारसंहिता तथा नियमहरूको पूर्ण परिपालना गर्ने गराउने विषयलाई स्वयं सांसदहरू, सङ्घीय संसद् सचिवालय तथा सभामुखले गम्भीरतापूर्वक लिनुपर्ने सुझाव दिएको छ । त्यसैगरी, समितिले अभिमुखीकरण तथा आचारसंहिता सम्बन्धी सचेतना अभिवृद्धि, दलीय नेतृत्व र प्रमुख सचेतकहरूको भूमिकालाई प्रभावकारी बनाउने,…
काठमाडौँ । नेपाली कांग्रेसले प्रतिनिधिसभा नियमावलीविरुद्ध सर्वोच्च अदालतमा रिट पेस गरेको छ । प्रतिनिधिसभा संसदीय दलका उपनेता अभिषेकप्रताप शाह र राष्ट्रियसभाका सचेतक पदम परियारले रिट दायर गरेका हुन् । सर्वोच्च अदालतमा पेस भएको रिट अध्ययनका लागि राखिएको सर्वोच्चका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए । प्रतिनिधिसभा नियमावलीमा भएको संविधान संशोधन र विशेषाधिकारका रूपमा लागु हुने व्यवस्था गैरसंवैधानिक रहेको दाबीसहित रिट दायर गरिएको हो । नियमावलीमा रहेको दफा २४७ मा तीन वर्षभन्दा बढी कैद सजाय हुने तथा नैतिक पतन हुने फौजदारी कसुरमा अभियोग लागेर थुनामा बसेको सांसदलाई मात्र निलम्बन हुने व्यवस्था गरिएको विषयमा पनि कांग्रेसले प्रश्न उठाएको छ । गत जेठ २१…
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रधान सम्पादक/ अध्यक्ष: बिना थापा कार्की
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क