Author: Editor
काठमाण्डौं । साउन महिनामा आराध्यदेव भगवान् पशुपतिनाथको पूजाआराधना एवं दर्शनका लागि आउने भक्तजनको सहजताका लागि पशुपति क्षेत्रमा सफाइ अभियान सुरु गरिएको छ। साउन महिना र सोमबार आशुतोष भगवान् शिवको महिना र बार मानिने भएकाले एकैदिन लाखौँ भक्तजन पशुपतिनाथको पूजाआराधना एवं दर्शनका लागि आउने गर्दछन्। भक्तजनलाई सहज रूपमा सेवा दिने उद्देश्यले पशुपति क्षेत्र विकास कोषले आजदेखि सफाइ अभियान सुरु गरेको कार्यवाहक सदस्य सचिव एवं कोषाध्यक्ष मीनाकुमारी श्रेष्ठले जानकारी दिइन्। पहिलो दिन आज पशुपतिनाथ मूल मन्दिर क्षेत्रबाट सूर्यघाटसम्म सफाइ गरिएको छ। यस अभियानलाई आइतबार अपराह्नपछि पनि निरन्तरता दिइने उनले बताइन्। आइतबार मूल मन्दिर बन्द भएपछि सूक्ष्म रूपमा सफाइ गर्न लागिएको जनाउँदै यसमा…
काठमाडौं । आत्मदाह गरेर ज्यान गुमाएका मुगुका गणेश नेपालीको न्याय माग गर्दै काठमाडौंको वीर अस्पताल अगाडि प्रदर्शन भएको छ । शनिबार दिउँसो सरकार र सत्तारुढ दल रास्वपाको विरोध गर्दै प्रदर्शन भइरहेको छ । प्रदर्शनमा सहभागीहरूले प्रधानमन्त्री बालेन शाह, रास्वपा सभापति रवि लामिछानेको नाम लिँदै नारा लगाइरहेका छन् । अहिले सो क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । नेपालीको शव आफन्तले बुझेका छैनन् । उनको शव अहिले त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टमका लागि लगिएको छ । सरकारी पक्षले हिजोदेखि नै नेपालीको परिवारसँग वार्ता थालेको थियो । यद्यपि सहमति भने जुट्न सकेको छैन ।
काठमाडौँ । गणेश नेपालीलाई आत्महाद गर्न बाध्य पारेको भन्दै सरकारविरुद्ध युवाहरूले प्रदर्शन गरेका छन् । जनपक्षीय ट्रेड युनियन महासङ्घले माइतीघरमा विरोध प्रदर्शन गरेको हो । २०७८ सालमा प्रेम आचार्यलाई आत्मदाह गर्न बाध्य पार्ने श्री ३ ९ देउवा, ओली र प्रचण्ड० र आज गणेश नेपालीको आत्मदाहको परिस्थिति सृजना गर्ने श्री ३ ९बालेन, रवि, स्वर्णिम० सरकार भन्दै युवाहरूले विरोध प्रदर्शन गरे। युवालाई श्री ३ ९बालेन, रवि, स्वर्णिम० सरकारले आत्मदाह गर्न बाध्य बनाएको आरोप लगाएका छन्। उनले युवाहरूलाई आत्मदाह गर्न बाध्य पार्ने नभई रोजगारी दिन माग गरेका छन्।
काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिका–१० सुन्दरीघाटस्थित ‘राधास्वामी सुकुमबासी होल्डिङ सेन्टर’ बाढीका कारण जलमग्न छ।गएराति बागमती नदीमा पानीको बहाव बढेर सरकारी होल्डिङ सेन्टरमै बाढी पसेपछि त्यहाँ आश्रय लिइरहेका सुकुम्बासीहरूलाई मध्यरातमा उद्धार गरिएको छ। बाढीबाट जोगाउने भन्दै सरकारले नदी किनारका सुकुम्बासी बस्तीमा डोजर चलाएर उनीहरूलाई यस सेन्टरमा सारेको थियो। तर, सुरक्षित भनिएको स्थानमै बाढी पसेपछि सुकुम्बासीहरू पुनः विस्थापित हुन पुगेका छन्। काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी पवन भट्टराईका अनुसार मध्यराति करिब १ बजे सेन्टरमा बाढी पसेको थियो। बाढी घुँडासम्म आउने गरी छिरेपछि सुकुम्बासीहरूले प्रयोग गर्दै आएका लत्ताकपडा र खाद्यान्न भिजेका छन्। ‘बाढी पसेपछि गएराति नै त्यहाँ बसेका हरूलाई सुरक्षित स्थानमा सारेका छौं’,…
काठमाण्डौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले आगामी एक वर्षसम्म सञ्चारमाध्यम तथा सामाजिक सञ्जाललाई अन्तर्वार्ता नदिने घोषणा गरेका छन्। केही दिनअघि सडक ट्राफिक जरिवानाका विषयमा आफूले दिएको अभिव्यक्ति विवादमा परेपछि मन्त्री पुनले शनिबार सामाजिक सञ्जालमार्फत यस्तो घोषणा गरेका हुन्। मन्त्री पुनले अति महत्वपूर्ण सार्वजनिक महत्वका विषयबाहेक आगामी एक वर्षसम्म ठूला(साना युट्युबर, सामाजिक सञ्जाल र पत्रकार कसैलाई पनि अन्तर्वार्ता नदिने बताएका छन्। ‘आजदेखि मैले कुनै पनि ठुला साना युटुबरसहित सोसल मिडियाहरू र पत्रकारहरू कसैलाई पनि अति महत्वपूर्ण सार्वजनिक महत्वका विषयबाहेक एक वर्षसम्म एक शब्द पनि अन्तर्वार्ता दिने छैन, छैन, छैन’, उनले लेखेका छन्। केही दिनअघि सामाजिक सञ्जालका पत्रकारहरूलाई अन्तर्वार्ता दिने…
काठमाडौँ । काठमाडौंको त्रिपुरेश्वरमा एक युवाले आत्मदाह गरेको घटना साम्य नहुँदै राजधानीमा फेरि अर्को आत्मदाहको प्रयास भएको छ। काठमाडौं महानगरपालिका–१० बुद्धनगरस्थित डेरामा शनिबार बिहान एक पुरुषले आफैंलाई आगो लगाएर आत्मदाहको प्रयास गरेका हुन्। आफ्नै शरीरमा आगो लगाएर गम्भीर घाइते भएका ४५ वर्षीय अश्विन राउतलाई तत्कालै प्रहरी टोलीले उद्धार गरी उपचारका लागि वीर अस्पताल पुर्याएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी पवन भट्टराईले जानकारी दिए। अस्पतालका अनुसार राउतको शरीरको ५५ प्रतिशतभन्दा बढी भाग जलेकाले उनको अवस्था चिन्ताजनक छ र हाल उपचार जारी छ।प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार राउतको आफ्नो छोरासँग केही विषयमा विवाद भएको थियो। घरमा श्रीमती र छोरा नभएको मौका छोपी उनले…
काठमाण्डौं । श्रम संस्कृतिक पार्टीका अध्यक्ष एवं सांसद हर्क साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) का सभापति रवि लामिछाने लक्षित गर्दै शब्द प्रहार गरेका छन्।सामाजिक सञ्जालमार्फत अध्यक्ष साम्पाङले रास्वपाले देश चलाउन सक्दैन भन्ने कुरा सय पटक प्रमाणित भइसकेको दाबी गरेका हुन्। सभापति लामिछानेलाई सम्बोधन गर्दै सांसद साम्पाङले सामाजिक सञ्जालमा लेखेका छन्, ‘रवी जी.. are you still alive or… ? अब नि हस्तक्षेप नगर्ने हो भने आउने चुनावमा टाइँ टाइँ फिस् हुनेछ ’ काठमाडौंको सुकुम्बासी होल्डिङ सेन्टरमा बाढी पसेर सुकुम्बासीहरूको बिचल्ली भएको घटनातर्फ संकेत गर्दै सांसद साम्पाङले सरकारको कार्यशैलीमाथि पनि प्रश्न उठाए। ‘सुकुम्बासी व्यवस्थापनमा असफल बनेको सरकारले अब के गर्ला…
काठमाडौँ । बेल्जियमलाई पराजित गर्दै स्पेन फिफा विश्वकप–२०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ । अमेरिकाको लस एन्जलस स्टेडियममा शनिबार भएको क्वार्टरफाइनल खेलमा बेल्जियमलाई २–१ गोलले पराजित गर्दै स्पेन सेमिफाइनलमा प्रवेश गरेको हो । स्पेनको जितमा फेबियन रुइज र मिकेल मेरिनोले एक एक गोल सामेल थियो । खेलको ३०औँ मिनेटमा फेबियन रुइजले गोल गर्दै स्पेनलाई १–० गोलको अग्रता दिलाउनुभयो । खेलको ४१औँ मिनेटमा बेल्जियमका खेलाडी चार्ल्स डे केटलेरले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा पुर्याउनुभयो । त्यसपछि खेलको ८८औँ मिनेटमा स्पेनका मिकेल मेरिनोले गोल गर्दै आफ्नो टोलीलाई सेमिफाइनलमा पुर्याउनुभयो । स्पेनले सेमिफाइनल खेलमा फ्रान्ससँग प्रतिस्पर्धा गर्नेछ ।
काठमाडौँ । लगातारको वर्षापछि बागमती नदीमा पानीको बहाव बढ्दा कीर्तिपुर नगरपालिका–१० सुन्दरीघाटस्थित राधास्वामी सुकुम्वासी होल्डिङ सेन्टर डुबानमा परेको छ। शुक्रबार राति आएको बाढीका कारण होल्डिङ सेन्टर जलमग्न भएको हो। शनिबार बिहानसम्म पनि सेन्टर डुबानमै रहेको छ। डुबानपछि संयुक्त सुरक्षा टोलीले होल्डिङ सेन्टरमा रहेका १५४ जनामध्ये ५४ जनाको उद्धार गरी त्रिभुवन विश्वविद्यालय परिसरस्थित स्मृति भवनमा सुरक्षित रूपमा स्थानान्तरण गरेको छ। अन्य केही व्यक्ति आफन्तको घरमा गएका छन् भने बाँकी होल्डिङ सेन्टर आसपासका सुरक्षित स्थानमा बसेका छन्।
काठमाण्डौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) का संसदीय दलका उपनेता गणेश पराजुलीले सरकारको नीति, योजना र कार्यक्रमका कारण नागरिकले ज्यान गुमाउनुपर्ने अवस्था आउनु दुःखद् भएको बताएका छन्। शुक्रबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उपनेता पराजुलीले सञ्चारकर्मी र जनप्रतिनिधि दुवै पक्ष थप जिम्मेवार बन्नुपर्नेमा जोड दिएका हुन्। उनले सरकारले तर्जुमा गर्ने नीति र कार्यक्रमहरूले नागरिकलाई राहतको अनुभूति गराउनुपर्ने उल्लेख गर्दै यदि सरकारी नीतिकै कारण कसैले आत्महत्या वा मृत्युवरण गर्नुपर्ने परिस्थिति सृजना भएको हो भने त्यो विषयमा गम्भीर समीक्षा हुनुपर्ने धारणा व्यक्त गरे।
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रधान सम्पादक/ अध्यक्ष: बिना थापा कार्की
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क