Author: Editor
काठमाडौँ । नेकपा एमालेको शुद्धीकरण, सुदृढीकरण तथा पुनर्गठन कार्यदलको बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक सुरु भएको हो । उपाध्यक्ष रामबहादुर थापा ‘‘बादल’ नेतृत्वको कार्यदलले सबै प्रदेशबाट सुझाव सकंलनको काम सकेर प्रतिवेदन तयार पार्दैछ । कार्यदलको प्रतिवेदनमाथि केन्द्रीय कमिटी बैठकमा छलफल हुने बताइएको छ । जारी बैठकमा अध्यक्ष केपी शर्मा ओली समेत सहभागी छन् ।
काठमाण्डौं । सरकारले प्रतिनिधि सभाको आजको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारका सय दिनका उपलब्धिबारे जानकारी गराएको छ। सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारका सय दिनका प्रगतिबारे बैठकलाई जानकारी गराएका हुन्। यही असार २० गते प्रवक्ता पोखरेलले पत्रकार सम्मेलनमार्फत सरकारका सय दिनका उपलब्धिबारे आमनेपाली जनतालाई जानकारी गराएका थिए।
काठमाण्डौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले संविधान संशोधन बहसपत्र तयारी कार्यदलबाट पार्टीका प्रतिनिधिलाई औपचारिक रूपमा फिर्ता बोलाइएको जानकारी दिएका छन्। महासचिव पोखरेलले कार्यदलका संयोजकलाई पठाएको पत्रमा नेपाल सरकारको मन्त्रिपरिषद्को निर्णयअनुसार गठित उक्त कार्यदलमा नेकपा एमालेका तर्फबाट डा. भीष्म अधिकारी प्रारम्भिक चरणमा सहभागी भएको उल्लेख गरेका छन्। पत्रमा कार्यदलको कामकारबाही सुरुदेखि नै संदिग्ध प्रकृतिको रहेको, संविधान संशोधनका विषयहरू स्पष्ट रूपमा किटान नगरिएको, वर्तमान संविधानका आधारभूत संरचनाप्रति सरकारको दृष्टिकोण प्रस्ट नभएको तथा बहसमा ल्याइएका केही विषयहरू संघीय लोकतान्त्रिक गणतन्त्रको मर्मविपरीत देखिएको भन्दै एमालेले सरकारसँग आफ्नो धारणा स्पष्ट गर्न माग गरेको उल्लेख गरिएको छ। एमालेले वर्तमान संविधानका आधारभूत विषयलाई अझ सुदृढ बनाउने…
काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले संसद्मा विरोध गर्ने शैली फेर्न विपक्षी दलहरूलाई आग्रह गरेका छन् । प्रधानमन्त्री बालेन्द्र शाह बालेनको सीमा विवादबारेको अभिव्यक्तिमा प्रश्न उठाएर विपक्षी दलहरूले ४० दिनदेखि बैठकको सुरुमा विरोध गर्दै आएका छन् । निरन्तर एउटै विषयमा सबै विपक्षी दलका सांसदहरूले विरोध गर्दै आएपछि सभामुखले बिहीबार विपक्षी दलहरूको तर्फबाट एक जनाले कुरा राख्ने र सभालाई अगाडि बढाउने प्रस्ताव राखे । त्यसअनुसार नेपाली कांग्रेसकी सांसद नेपाली कांग्रेसकी सांसद हरिनादेवी कामीलाई समय दिए । तर एक जनाले मात्रै कुरा राखेर अगाडि बढ्ने विषयमा विपक्षी दलहरू सहमत भएनन् । त्यसपछि संसद्मा विरोध गर्ने शैली फेर्न विपक्षीलाई सभामुख अर्यालले आग्रह गरेका हुन्…
काठमाडौं । चालु आर्थिक वर्ष अन्तिम साता प्रवेश गर्नै लाग्दा सरकारले भुक्तानीको गति ह्वात्तै बढाएको छ । बुधबार एकदिनमै १७ अर्ब ९ करोड रुपैयाँ बराबर भुक्तानी भएको महालेखा नियन्त्रकको कार्यालयको तथ्यांकबाट देखिएको छ । कानुन अनुसार आज सरकारले गर्ने भुक्तानीको चेक काटिसक्नुपर्छ । सोहीकारण अहिले भुक्तानी प्रणालीमा जाम हुने समस्या आएको छ । स्थानीय तहले सञ्चालन गर्ने सूत्र प्रणालीमा देशैभरि समस्या देखिएको छ । यस्तो समस्या भुक्तानी गर्ने अन्तिम दिन अझ बढी देखिने गर्छ । कार्यालयका अनुसार बुधबारसम्म कुल बजेट खर्च १५ खर्ब ३१ अर्ब ९७ करोड बराबर भएको छ । मंगलबार बजेट खर्च १५ खर्ब १४ अर्ब ८७ करोड…
काठमाण्डौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज शुरु भएको छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले ‘महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन २०८१–२०८२’ पेस गर्नेछिन् । ‘अख्तियार दुरूपयोग अनुसन्धान आयोगको ३५औँ वार्षिक प्रतिवेदन २०८१र २०८२’ पनि मन्त्री गौतमले पेस गर्नेछिन् । बैठकमा मन्त्री गौतमले ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’लाई समेत प्रस्तुत गर्ने कार्यसूची छ । “नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३’माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि आजकै बैठकमा प्रस्तुत हुने संसद् सचिवालयले जनाएको छ । https://www.youtube.com/watch?v=XarqmYHIJCw
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले आज निर्माण व्यवसायीसँग संवाद गर्ने भएका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार निर्माण क्षेत्रमा देखिएका समस्या, समाधान, निर्माण व्यवहारिक चुनौती तथा सरकारले गर्नुपर्ने नीतिगत सहजीकरणको विषयमा निर्माण व्यवसायीसँग संवाद हुन लागेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा साढे ११ बजे हुने उक्त छलफलमा नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष निकोलश पाण्डे, वरिष्ठ उपाध्यक्ष मुकेश पन्त, महासचिव शिवहरि घिमिरे, बागमती प्रदेशका उपाध्यक्ष बालकृष्ण थापा तथा महासङ्घका पूर्वअध्यक्ष एवं सल्लाहकार जयराम लामिछाने सहभागी हुनेछन् ।
कैलाली । प्रधानमन्त्री बालेन्द्र शाह ९बालेन०को नाम लिएर अभिव्यक्ति दिएका कैलालीको इलाका प्रहरी कार्यालय सुखडका डीएसपी प्रसन्नराज चौधरीलाई जिल्ला झिकाइएको छ। डीएसपी चौधरीले ‘हामी बालेनको पुलिस पनि होइनौं, नेपाल पुलिस हो।।।’ भनेर दिएको अभिव्यक्तिको भिडिओ सामाजिक सञ्जालमा छ्यापछ्याप्ती भएपछि उनलाई सामान्य सोधपुछका लागि भन्दै जिल्ला झिकाइएको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी योगेन्द्र तिमिल्सिनाले इलाका प्रहरी कार्यालय सुखडका डीएसपी चौधरीलाई जिल्ला बोलाइएको पुष्टि गरे। ‘माथिल्लो तहका सरहरूले पेशागत आचरण अनुसार काम गर्न काउन्सिल गर्ने उद्देश्यले बोलाइएको हो,’ उनले भने, ‘यो हाम्रो आन्तरिक सामान्य विषय हो। नियमित चलिरहन्छ।’ डीएसपी चौधरीले लागु औषधसम्बन्धी सचेतनामूलक कार्यक्रममा ‘हामी बालेनको पुलिस पनि होइनौँ, नेपाल पुलिस…
काठमाण्डौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष एवं नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले अहिले भइरहेको झ्याप्प(झ्याप्प बत्तीको समस्या प्राधिकरणको नेतृत्वविहीनता कारण भएको टिप्पणी गरेका छन्। सामाजिक सञ्जालमा स्टाटस राख्दै उनले वर्षायाममा प्राविधिक कारणले कहिलेकाहीँ विद्युत् अवरुद्ध हुनु ऊर्जा प्रणालीको स्वाभाविक प्राविधिक चुनौती भनेका छन्। यसको अर्थ देशमा विद्युत् उत्पादनको अभाव छ वा प्रणाली नै असफल भएको भन्ने नहुने कुरा उनले स्पष्ट पारेका छन्। तर, यस्ता चुनौतीलाई तत्काल सम्बोधन गर्न सक्षम, अनुभवी र निर्णयक्षमता भएको नेतृत्व अनिवार्य हुने उनको भनाइ रहेको छ। अध्यक्ष घिसिङले लेखेका छन्, ‘दुर्भाग्य, देशको सबैभन्दा महत्वपूर्ण सार्वजनिक संस्थामध्ये एक नेपाल विद्युत् प्राधिकरण लामो समयदेखि नेतृत्वविहीन अवस्थामा…
काठमाण्डौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले काठमाडौंको मीनभवनस्थित निजामती कर्मचारी अस्पताल ९सिभिल अस्पताल० मा औषधि खरिदमा भ्रष्टाचार भएको भन्दै ८ जनाविरूद्ध मुद्दा दर्ता गरेको छ। औषधि खरिदमा २ करोड ९१ लाख ३४ हजार ५ सय ४७ रुपैयाँ भ्रष्टाचार भएको भन्दै अख्तियारले ८ जनाविरूद्ध बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको हो। अस्पतालको फार्मेसी शाखाका इन्चार्ज, अधिकृत र स्टोर किपरहरूको मिलेमतोमा म्याद गुज्रेका औषधिहरू फिर्ता नगरी र सम्झौता अनुसार आपूर्तिकर्ता फर्मको धरौटी रकम कट्टा नगरी सरकारी सम्पत्ति हानिनोक्सानी गरेको अख्तियारको प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए। उनका अनुसार अस्पतालका फार्मेसी अधिकृत दिपा ढुंगाना, सहायक लवेन्द्र कुँवर, दिनेश पन्त, दिपक सापकोटा रहेका छन्। यसैगरी…
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रधान सम्पादक/ अध्यक्ष: बिना थापा कार्की
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क