Author: Editor
काठमाडौँ । मन्त्रिपरिषद्को मङ्गलबार बसेको बैठकले विभिन्न पाँच वटा निर्णय गरेको छ । बैठकका निर्णयहरूबारे जानकारी दिँदै शिक्षामन्त्री समेत रहेका सरकारका प्रवक्ता सस्मित पोखरेलले बैठकले कृषि मन्त्रालयको प्रस्तावमा ‘बिउ विजन ९पहिलो संशोधन० नियमावली २०८१’ लाई स्वीकृत गर्ने निर्णय गरेको जानकारी दिए। यसैगरी, विपद्को समयमा नागरिकको जिउधनको रक्षाका लागि कार्यक्षेत्रमा खटिने सशस्त्र प्रहरी बलका कर्मचारीहरूको मनोबल उच्च बनाउन सरकारले विशेष निर्णय गरेको छ । अबदेखि विपद् खोज तथा उद्धारमा खटिने सशस्त्र प्रहरीका कर्मचारीहरूलाई प्रोत्साहन भत्ता उपलब्ध गराइने उनले बताए। यसैगरी खेलकुद क्षेत्रको विकास र खेलाडीहरूको सम्मानका लागि पनि बैठकले निर्णय गरेको छ । जसअनुसार अन्तर्राष्ट्रिय प्रतियोगिता हरूमा पदक हासिल गरी देशको…
काठमाण्डौं । प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले विपद् जोखिम न्यूनीकरणमा प्रभावकारी भूमिका निर्वाह गर्न सरकारलाई रुलिङ गरेका छन्। प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले उठाएका विषयका बारेमा सभामुख अर्यालले सरकारलाई रुलिङ गरेका हुन्। सभामुख अर्यालले मनसुनजन्य विपद्का कारण हुनसक्ने मानवीय एवं भौतिक क्षति न्यूनीकरणका लागि प्रभावकारी विपद् पूर्वतयारी राहत तथा उद्धार एवं सहज र सुरक्षित सवारी आवागमनको व्यवस्था मिलाउन सरकारलाई रुलिङ गरे।
काठमाडौं । प्रतिनिधिसभाको बैठक चलिरहँदा प्रधानमन्त्री बालेन शाह टुपुक्क संसदमा झल्कीए । सँगसँगै थिए पार्टी सभापती रबि लामिछाने । संसदमामा प्रबेश गर्दै गर्दा रमप्रपा सांसद खुश्बु ओली आफ्नो धारणा राखि रहेकि थिईन् । तर प्रधानमन्त्री बालेन र सभापती लामिछाने करिव २० मिनेट मौ बसेर फेरि निस्कीइ । प्रतिनिधिसभा बैठकमा सहभागी हुन पुगेका प्रधानमन्त्री बालेन शाह र रास्वपा सभापति रवि लामिछाने केहीबेर बसेर निस्किएका छन् । बैठकमा सहभागी हुन केहीबेरअघि प्रधानमन्त्री बालेन र सभापति लामिछाने प्रतिनिधिसभा बैठकमा पुगेका थिए । उनीहरू बैठकमा सहभागी हुनका लागि दिउँसो १ बजेर ३७ मिनेटमा प्रवेश गरेका थिए । उनी करिब २० मिनेट बसेर निस्किए ।…
काठमाडौं । सरकारी विज्ञापन प्रकाशनका लागि सरकारले लागू गरेको एकद्वारा प्रणालीको निर्णय सर्वोच्च अदालतले खारेज गरेको छ । मंगलबार सर्वोच्च अदालतका न्यायाधीशद्वय शारङ्गा सुवेदी र नृपध्वज निरौलाको इजलासले उक्त निर्णय खारेजको आदेश गरेको हो । वर्तमान सरकारले सरकारी विज्ञापनहरु सरकारी सञ्चारमाध्यमहरुबाट मात्रै प्रकाशित एवं प्रशारित गर्ने निर्णय गरेको थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाट जारी परिपत्र सार्वजनिक र नीजि सञ्चारमाध्यमहरुको हित प्रतिकूल भएको भन्दै नेपाल मिडिया सोसाइटी सर्वोच्च अदालत गएको थियो । सर्वोच्च अदालतले प्रधानमन्त्री कार्यालयबाट जारी परिपत्र बदर हुने निर्णय गरेको हो । निर्णयको थप विवरण सार्वजनिक भइसकेको छैन ।
काठमाडौँ । सत्तारुढ रास्वपाका सचेतक प्रकाशचन्द्र परियारले सञ्चारगृहमाथिको अवरोध र त्रासको प्रयास प्रेस स्वतन्त्रतामाथिको आक्रमण भएको बताएका छन्। प्रतिनिधिसभाको मंगलबारको बैठकमा उनले राजधानीका एक अग्रणी सञ्चारमाध्यमको मुख्य प्रवेशद्वारमा गाडी पार्किङ गरी आवतजावत ठप्प पार्ने प्रयासको कडा शब्दमा भर्त्सना गरे । उनले सत्यसँग डराउनेहरूले मात्र यस्ता गतिविधि गर्ने भन्दै सत्यलाई ढाकछोप नगर्न चेतावनी दिए। उनले राजाको निरंकुश शासनकालमा नझुकेको सञ्चार क्षेत्र दुईचारवटा गाडी तेर्स्याएर नतर्सिने तर्क गरे। ‘हिजो निरंकुश शाही कालमा, तत्कालीन राजा ज्ञानेन्द्र शाहको सैनिक शासनमा बन्दुक बोकेका सेनाहरू समाचार कक्ष भित्रै पसेर समाचार सेन्सर गर्थे। त्यतिबेला नझुकेको नेपाली सञ्चाररमाध्यम, आज सडकमा दुई९चारवटा गाडी तेर्स्याएर तर्सिन्छ र ? ’, उनले…
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह प्रतिनिधिसभा बैठकमा पुगेका छन्। मंगलबार प्रतिनिधिसभा बैठक चलिरहँदा उनी त्यहाँ पुगेका हुन्। प्रधानमन्त्री शाह सदनमा पुग्दा राप्रपा संसदीय दलकी नेता खुश्बु ओली बोलिरहेकी थिइन्। प्रधानमन्त्री शाहसँगै पछिपछि रास्वपाका सभापति रवि लामिछाने पनि सदनमा आइपुगे। यसक्रममा पूर्वाधारमन्त्री सुनिल लम्सालले उठेर लामिछानेलाई अभिवादन गरे। ओलीले बोलेलगत्तै नेकपा एमाले संसदीय दलका नेता ऐन महरले नियमापत्ति गरे। उनले संसद् सदस्य बोलिरहेका वेला सभामुखको अघिल्तिरबाट प्रधानमन्त्री शाह र रास्वपा सभापति लामिछाने सदनमा प्रवेश गर्नु मर्यादा अनुकुल नभएको बताए।
काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेशकुमार सिंहले सबै दल मिलेर राष्ट्र जोगाउन र जनताको निराशा हटाउन राष्ट्रिय मुद्दा तय गर्नुपर्ने बताएका छन्। आज संसदमा बोल्दै उनले देश संकटमा भएकाले सबै मिलेर यसको सामना गरे मात्र यसबाट पार पाउने बताएका हुन्। आज देशमाथि संकट छ, आज जनतामाथि संकट छ। व्यवसायी, नागरिक युवादेखि विद्यार्थीसम्म निराशा छ। यसलाई नबढाऊँ, यसको समाधान खोजौँ। म सभामुखज्यूलाई भन्न चाहन्छु( यो संसदभित्र रहेका सबै दललाई एकजुट पारौँ, राष्ट्रिय मुद्दा तय गरौँ। हामी सबै दल मिले मात्र यो राष्ट्र रहन सक्छ, यहाँको नैरश्यता हट्न सक्छ। देश निर्माणको जिम्मा लिएर हामी सबै यहाँ उपस्थित भएका छौँ,’ उनले भने।…
काठमाडौँ । प्रतिपक्षी दल नेकपा एमालेका सांसद सांसद गणेशसिंह ठगुन्नाले मिडिया र राजनीतिक नेतृत्वमाथि त्रास फैलाउने कार्यमा संलग्नमाथि कडा कारबाही गर्न सरकारसँग माग गरेका छन्। मंगलबारको प्रतिनिधिसभा बैठकमा ठगुन्नाले विभिन्न मिडिया र राजनीतिक नेतृत्वको घरमा सवारी साधन तेस्र्याएर मानसिक त्रास फैलाउने गतिविधिमा संलग्नमाथि सरकारले तत्काल कडा कारबाही गर्नुपर्ने बताएका हुन्। सांसद ठगुन्नाले राजनीतिक नेतृत्व र मिडियामाथि त्रास फैलाउने गतिविधिलाई पञ्चायतकालीन मण्डले तन्त्रले फैल्याएको राज्य आतंकको रुपमा चित्रण गर्दै यस्ता खालका सांकेतिक गतिविधि देशको हितमा नभएको पनि स्पष्ट पारे। ‘हिजो मिडिया क्षेत्र र राजनीतिक नेतृत्वको घरमा सवारी साधन तेस्र्याएर मानसिक त्रास फैल्याउने जुन काम भएको छ। हेर्दा यो सांकेतिक रूपको सानो…
काठमाडौं । राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले सरकारले राज्य संयन्त्र दुरुपयोग गरेर आतंक सिर्जना गरेको आरोप लगाएका छन् ।प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै शाहीले मिडिया र प्रतिपक्षी दलका नेताका घर अगाडि अवैध रूपमा पार्किङ गराउने, त्यसको भिडियो सामाजिक सञ्जालमा फैलाउने र ‘अल्गोरिदम’ प्रयोग गरेर जनमत प्रभावित पार्ने काम भइरहेको बताए । ‘घरको अगाडि पार्किङ गराएर, अल्गोरिदम फैलाएर जसरी राज्य आतंक सिर्जना गरिएको छ, यो कालान्तरमा इतिहासमा कालो अक्षरले लेखिनेछ,’ उनले भने । शाहीले कर्णालीमा भिरमा अड्किएका नागरिकको समयमै उद्धार हुन नसक्दा मृत्यु भएको घटनाबारे सरकारसँग जवाफ माग्दा त्यसलाई राजनीतिकरण गरिएको भन्ने आरोप लगाइएको बताए । साथै उनले राजनीतिकरण भनेको केहो…
काठमाण्डौं । प्रतिनिधिसभाको बैठक जारी रहेको छ । बैठकमा बिभिन्न राजनीतिक दलका सांसदहरुले आ–आफ्नो धारणा राखीरहेका छन् । त्यस क्रममा सत्तापक्ष र प्रतिपक्षका सांसदहरुका बिचमा जुहारी चलीरहेको छ । प्रधानमन्त्री बालेन्द्र शाहलाई नेपाली कांग्रेस संसदीय दलका सचेतक निश्कल राईले ‘श्री ८’ को संज्ञा दिएपछि रास्वपाका सांसद शिवजी यादवले आपत्ति जनाएका छन्। निश्कलले सरकारले श्री ८ बालेन्द्र शाहलाई प्रश्न गर्न पाइँदैन भनेर स्थापित गर्न खोजिरहेको आरोप लगाएका थिए। ‘सरकारले खासगरी श्री ८ बालेन्द्र शाहलाई प्रश्न गर्न पाइँदैन भनेर स्थापित गर्न खोजिरहेको छ’, निश्कलले भन,‘यतिसम्म कि देशमा रहेको संविधान र कानुनको परिधिभित्र रहेर उत्पन्न हुने प्रश्नभन्दा माथि श्री ८ हुनुहुन्छ भनेर आम…
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रधान सम्पादक/ अध्यक्ष: बिना थापा कार्की
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क