Author: Editor
काठमाडौं । इङ्ल्यान्डमाथि नाटकीय जित निकाल्दै अर्जेन्टिना फिफा विश्वकप २०२६ को फाइनलमा प्रवेश गरेको छ। एटलान्टा स्टेडियममा भएको दोस्रो सेमिफाइनलमा अर्जेन्टिनाले इङ्ल्यान्डलाई २–१ गोलले पराजित गर्यो। गोलरहित बराबरीमा सकिएको पहिलो हाफपछि इङ्ल्यान्डले ५५औँ मिनेटमा एन्थोनी गोर्डनको गोलबाट अग्रता लिएको थियो। खेलको ८५औँ मिनेटमा एन्जो फर्नान्डेजले गोल गर्दै अर्जेन्टिनालाई बराबरीमा फर्काए। इन्जुरी समयको दोस्रो मिनेटमा लाउटारो मार्टिनेजले निर्णायक गोल गर्दै अर्जेन्टिनाको फाइनल यात्रा सुनिश्चित गरे। अर्जेन्टिनाका दुवै गोलमा कप्तान लियोनल मेसीले असिस्ट गरे। अब उपाधिका लागि अर्जेन्टिनाले स्पेनसँग प्रतिस्पर्धा गर्नेछ।
काठमाण्डौं । प्रतिनिधि सभा बैठक साउन १४ गते सम्मका लागि स्थगित भएको छ। बुधबार बसेको प्रतिनिधि सभाको बैठकको अन्तिममा सभामुख डिपी अर्यालले बैठक साउन १४ गतेसम्म स्थगित भएको बताएका हुन्। ‘संसदीय बैठकको विश्रामलाई जनतासँगको विमर्शमा रूपान्तरण गर्नुहोस् भन्ने शुभकामना व्यक्त गर्दै प्रतिनिधि सभाको अर्को बैठक सम्वत् २०८३ साल साउन १४ गते बिहीबार बिहान ११।०० बजे बस्ने गरी यो बैठक यही स्थगित हुन्छ,’ बैठकमा उनले भनेका छन्।
काठमाण्डौं । प्रतिपक्षी दल नेपाली कम्युनिस्ट पार्टीका सांसद महेन्द्रबहादुर शाहीले सरकार सस्तो लोकप्रियता र प्रचारमुखी गतिविधिमा मात्र केन्द्रित हुँदा मुलुक विकासको सट्टा बर्बादीको दिशामा गइरहेको टिप्पणी गरेका छन्। बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद शाहीले जनताको मुख्य चाहना विकास र सुशासन रहेको तर अहिले सरकार त्यो मुद्दाभन्दा लोकप्रियता र प्रचारमुखी गतिविधिमा बढी केन्द्रित भएको बताएका हुन्। ुयस्ता गतिविधिले देश बन्दैन देश बर्बादीको दिशामा जान्छ । यो विषयमा हामीले बेलैमा सोच्न जरुरी छ, उनले भने। सांसद शाहीले विगतमा पनि त्यस्ता केही गतिविधिहरु भएको र त्यसले राजनीतिक संस्कारमा फेरबदल भएको बताए। मुख्यगरी संविधान जारी भइसकेपछि एकले अर्कोलाई आरोप प्रत्यारोप गर्ने, संसदमा उग्र…
काठमाडौं । जनता समाजवादी पार्टी ९जसपा० नेपालका सांसद महन्थ ठाकुरले प्रधानमन्त्री बालेन शाहलाई ‘नेपाली हिटलर’ को संज्ञा दिएका छन्। बुधबार बसेको राष्ट्रिय सभा बैठकमा बोल्दै सांसद ठाकुरले प्रधानमन्त्रीको कार्यशैलीमाथि गम्भीर प्रश्न उठाएका हुन्। बैठकलाई सम्बोधन गर्दै ठाकुरले भने, “प्रधानमन्त्री नेपाली हिटलर भइसकेका छन्। उनले जे बोल्छन्, त्यही ठीक। जे गर्छन्, त्यही कानुन हो भन्ने अहङ्कार देखिएको छ।” वर्तमान सरकारले जनता र संसद्मा दिएका आश्वासनहरूमध्ये अहिलेसम्म एउटा पनि पूरा नगरेको आरोपसमेत उनले लगाए। सरकारको पछिल्लो कदमले लोकतान्त्रिक संस्थाहरूमाथि प्रहार भइरहेको तर्क गर्दै ठाकुरले ट्रेड युनियन खारेजीको कडा विरोध गरे। “ट्रेड युनियनलाई खारेज गरियो, तर त्यसको ठाउँमा अर्को कुनै व्यवस्था गरिएको छैन।…
काठमाडौँ । राष्ट्रियसभाको अर्को बैठक आगामी साउन १५ गते बस्ने भएको छ । सभाको आजको बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले उक्त जानकारी गराए । त्यसअघि बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले महान्यायाधिवक्ता कार्यालयको आव २०८१र८२ को वार्षिक प्रतिवेदन पेस गरे । बैठकमा अध्यक्ष दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको बेहोरा जानकारी गराएका थिए ।
काठमाण्डौं । सरकारले करारका कर्मचारी हटाउन लागिएको विषयमा करार,अस्थायी तथा ज्यालादारी कर्मचारी आन्दोलित भएका छन्। मंगलबार अर्थ मन्त्रालयमा विरोध जनाएका उनीहरुले आज सिंहदरबार भित्रै आन्दोलन गरेका हुन्। सरकारले संघ, प्रदेश र स्थानीय तह अन्तर्गत विभिन्न मन्त्रालय, निकाय, आयोग तथा कार्यालयहरूमा कार्यरत करिब ६० हजार करार, अस्थायी तथा ज्यालादारी कर्मचारी हटाउने नीतिगत निर्णयका लागि प्रस्ताव तयार गरेपछि उनीहरु आन्दोलनमा उत्रेका हुन्। हाल संघ सरकारमा १० देखि १२ हजार, प्रदेशमा ६ हजार तथा स्थानीय तहमा ३५ हजार करारका कर्मचारी कार्यरत छन्। लामो समयदेखि जिम्मेवारी निर्वाह गर्दै आएका कर्मचारीलाई विकल्पबिना हटाउने निर्णयले उनीहरूको जीविकोपार्जनमा प्रत्यक्ष असर पर्ने उनीहरुको भनाइ छ। त्यसैले सरकारले नीति…
काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा विपक्षीहरूले उठेर विरोध गरेका छन् । सिंहदरबारस्थित संसद् भवनमा सभामुख बुधबार डोलप्रसाद अर्यालले बैठक सुरु गर्ने विक्तिकै विपक्षी दलहरूले बैठकमा आ–आफ्नो स्थानबाट उठेर विरोध गरेका हुन् । नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, श्रम सस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले उठेर विरोध गरेका हुन् । अहिले सभामुख अर्यालले कांग्रेस सांसद गिता गुरुङलाई बोल्न समय दिएका छन् । https://www.youtube.com/watch?v=HJqDOAtQwA4
काठमाडौं । किसानहरुले माइतीघरमा गोलभेँडा फ्याँकेर प्रदर्शन गरेका छन् । आज (बुधबार) बिहान माइतीघर मण्डला क्षेत्रमा भेला भएका किसानहरुले उत्पादनको उचित मूल्य नपाएको भन्दै गोलभेँडा पोख्दै प्रदर्शन गरेका हुन् । उनीहरुले उचित मूल्य पाउनुपर्नै र बिचौलिया हटाउनुपर्नेलगाायतको माग राखेका छन् । छिमेकी मुलुक भारतबाट ठुलो परिमाणमा आयात भइरहेको सस्तो गोलभेँडाका कारण स्वदेशी उत्पादनले बजार पाउन छाडेको र लागत मूल्य समेत नउठेको किसानहरू बताउँछन् ।
हेटौँडा । हेटौँडा उपमहानगरपालिकाले आगामी साउन १ गतेदेखि नदीजन्य पदार्थ बिक्री वितरणमा रोक लगाएको छ। उप–महानगरपालिका ले सार्वजनिक सूचना जारी गर्दै प्रत्येक आर्थिक वर्षको असार मसान्तभित्र आफ्नो उत्पादनको वार्षिक मौज्दात तथा खरिद बिक्रीको परिमाण सम्बन्धित पालिकामा बुझाउनुपर्ने कानुनी व्यवस्था रहेको उल्लेख गरेको छ। त्यसै व्यवस्था अनुसार उपमहानगर क्षेत्रभित्र सञ्चालित क्रसर तथा बालुवा उद्योगले आव २०८२र८३ को कारोबार विवरणसहितको अन्तिम मौज्दात प्रमाणित गरी आव २०८३/८४ को कारोबार प्रारम्भ गर्नुपर्ने भएको जनाउँदै उपमहानगरपालिकाले २०८३ असार ३२ गते राति १२ः०० बजेदेखि अर्को सूचना प्रकाशित नभए सम्मका लागि फर्म, उद्योग तथा कम्पनीबाट नदीजन्य पदार्थको बिक्री वितरण तथा ओसारपसार कार्य बन्द गर्न आग्रह गरेको छ।…
काठमाडौं । काठमाडौंको निषेधित क्षेत्र मानिने सिंहदरबारको गेट अगाडि मोटरसाइकल पार्किङ गरेर प्रदर्शन गरिएसँगै प्रहरीले ७ जनालाई नियन्त्रणमा लिएको छ। नेकपा ( एमाले ) निकट विद्यार्थी संगठन अनेरास्ववियुका अध्यक्ष दीपक धामीसहित ७ जनालाई कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको हो। बुधबार बिहान सिंहदरबार अगाडिको आफ्ना मोटरसाइकल तेर्स्याएर पार्किङ गरी यातायात अवरुद्ध पारेपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। अनेरास्ववियुका अनुसार प्रहरीले अनेरास्ववियुका केन्द्रीय अध्यक्ष दीपक धामी, जितप्रसाद सिटौला, विशाल खड्का,रवि मगर,विष्णु उपरकोटी , सुदीप थापा, सिरिस बुढाथोकीलाई प्रहरीले नियन्त्रण दिएको छ। केही दिनअघि मिडिया हाउस अगाडि गाडी राखेर त्रास फैलाएको घटना र पछिल्लो समय राज्य आतंक बढेको भन्दै विद्यार्थीहरूले यो शैलीको विरोध प्रदर्शन…
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रधान सम्पादक/ अध्यक्ष: बिना थापा कार्की
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क