Author: Editor
काठमाडौं । नेपाली कांग्रेसका सचेतक निश्कल राईले सरकारले ‘श्री ८ बालेन शाह’ लाई प्रश्न गर्न पाइँदैन भनेर स्थापित गर्न खोजिरहेको टिप्पणी गरेका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै बहुमतले संविधान उल्लङ्घन गर्ने लाइसेन्स नदिने उनले बताए । राईले भने, ‘बहुमतले संविधान उल्लंघन गर्ने लाइसेन्स दिँदैन । संविधानको धारा १३७ ले न्यायिक समीक्षाको व्यवस्था गर्छ । संविधानको धारा १ ले नै भन्छ, यो संविधान सर्वोच्च कानून हो । बहुमत संविधानभन्दा माथि छैन । बहुमतले जनताको प्रतिनिधित्व गर्छ, जनताको अधिकार कुल्चिने अधिकार दिँदैन ।’ सरकारले १८२ सीटको प्रचण्ड बहुमत दोहोर्याएर पनि त्यो संख्याले प्रश्न सोध्ने नागरिकको मुख थुन्ने ठेक्का नदिएको टिप्पणी गरे ।…
काठमाण्डौं । श्रम संस्कृति पार्टीका सांसद आरेन राईले प्रधानमन्त्री बालेन्द्र शाहले संसद्मा आएर आफ्नो अभिव्यक्ति सच्चाउनुपर्ने माग गरेका छन्। मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै राईले ढुङ्गो बोल्ला तर प्रधानमन्त्री नबोलेको जिकिर गरे। प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउन माग गरेको यत्रो समय भयो। तर ढुंगा बोल्ला, मान्छे बोल्दैन भने जस्तै भएको छ’, उनले भने,‘ प्रधानमन्त्रीले महानगरको मेयर हुँदा एउटा समस्या हुँदा फेसबुकमा लेखेर सिंहदरबार जलाइदिन्छु भन्नुभयो। पछि सिंहदरबार जल्यो। सीमा बारे पनि त्यस्तै हुने त होइन ? यस्तै, उनले सरकारले पठाओ राइडर, सुकुम्बासी, श्रमिक नागरिक तथा साना उद्यमीमाथि दबाब सिर्जना गरिरहेको बताए। गरिबमाथि सरकारले धारे हात लगाएर निमोठ्न सुरु गरेको आरोप लगाउँदै…
काठमाण्डौं । फिफा विश्वकप–२०२६ को फाइनल प्रवेशका लागि आज ( बुधबार ) राति अमेरिकास्थित डलासको मैदानमा दुई युरोपेली महारथी फ्रान्स र स्पेन आमने–सामने हुँदैछन् । स्पेन र फ्रान्स दुवै विश्वकपका पूर्वच्याम्पियन हुन् । यो रोमाञ्चक खेल नेपाली समयअनुसार, राति१२। ४५ बजे शुरू हुनेछ । एकतिर, लगातार तेस्रो पटक विश्वकपको फाइनलमा पुगेर उपाधिमाथि बलियो दाबेदारी प्रस्तुत गर्ने लक्ष्यमा रहेको साविकको उप–विजेता फ्रान्स छ । अर्कोतिर, सन् २०१० को विश्वकप विजेता स्पेन, जो लामो समयपछि फेरि एकपटक ऐतिहासिक सुनौलो ट्रफी उचाल्ने सपना बुन्दै मैदानमा ओर्लने छ । यो खेलको सबैभन्दा ठूलो चासो ‘विश्वकै सर्वाधिक खतरनाक खेलाडी’ मानिएका केलियन एमबाप्पेको स्वास्थ्यलाई लिएर छ…
काठमाडौं । लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगलाई पुनः सञ्चालन गर्ने सरकारी तयारीले गति लिएको छ। सरकारले उद्योगलाई दीर्घकालीन रूपमा सञ्चालन गर्ने लक्ष्यसहित प्रारम्भिक चरणमा परीक्षण उत्पादन सुरु गर्ने तयारी अघि बढाएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयद्वारा गठित अध्ययन कार्यदलले उद्योग पुनः सञ्चालनसम्बन्धी प्रतिवेदन सोमबार मन्त्री गौरीकुमारी यादवलाई हस्तान्तरण गरेको छ। मन्त्रालयको प्रशासन तथा संस्थान महाशाखाका प्रमुख रामबन्धु सुवेदीको संयोजकत्वमा गठित कार्यदलले उद्योग पुनः सञ्चालनका लागि चालिएका कदम, हालसम्मको प्रगति र आगामी कार्ययोजनासहितको प्रतिवेदन बुझाएको हो। मन्त्रालयका अनुसार उद्योगको परीक्षण सञ्चालनका लागि आवश्यक तयारी यसअघि नै सुरु भइसकेको छ। अर्थ मन्त्रालयबाट विनियोजित बजेटका आधारमा नेपाली सेनाले उद्योगमा रहेका…
काठमाडौं ।संघीय संसद अन्तरगत प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बिहान ११ बजे बस्ने बैठकमा विभिन्न विधेयकहरु तथा आयोगहरुको प्रतिवेदन पेश गर्ने कार्यसुची छ । कानुनमन्त्री सोविता गौतमले न्याय परिषद, न्याय सेवा आयोग र लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेश गर्नेछिन्। यस्तै मन्त्री गौतमले नै नेपाल विषेश सेवा ऐन २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक २०८३ लाई दफावार छलफल गरी सम्बन्धीत समितिमा पठाइयोस भन्ने प्रसतव पेश गर्नेछिन्। बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अर्थसम्बन्धी केहि नेपाल कानुनुलाई संशोधन र खारेज गर्ने विधेयक २०८३ लाई प्रस्तुत गर्नेछन् भने अन्तर्राष्ट्रिय श्रम सन्धी सम्बन्धी प्रोटोकलका बुँदाहरुलाई छलफल गरी अनुमोदन गर्ने कार्यसुची छ।
काठमाडौँ । आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक यादवको उपचारको क्रममा मृत्यु भएको छ । कीर्तिपुर स्थित बर्न अस्पतालमा राति दुई बजे यादवको निधन भएको अस्पतालका निर्देशक डा किरण नकर्मीले जानकारी दिए । शुक्रबार हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएका मण्डललाई साँझ करिब साढे ७ बजे कीर्तिपुरस्थित बर्न अस्पतालमा भर्ना गरिएको थियो । मण्डलले पेट्रोल छर्केर आफैँलाई आगो लगाएका हुन् । आफन्तका अनुसार बायोलोजिमा एमएस्सी गरेका विवेक एक वर्षदेखि मानसिक तनावमा थिए । विवेकले रामनगरस्थित एक विद्यालयमा अध्यापन गराउँथे । विद्यालय प्रशासनले विवेकको ठाउँमा अर्का एक जनालाई नियुक्त गर्यो । सोही कारण उनी विगत एक वर्षदेखि बेरोजगार भएर बसेका थिए । विवेककी भाउजू शान्तिदेवी…
चितवन । विभिन्न ठाउँमा पहिराले अवरुद्ध भएको मुग्लिन(नारायणगढ सडकखण्ड दुईतर्फी सञ्चालनमा आएको छ । यो सडक खण्डका तुइनखोला, केराबारी र जलबीरेमा पहिरो गएको थियो । तीनै ठाउँको पहिरो हटाएपछि सडक सञ्चालनमा आएको हो । सडक डिभिजन कार्यालय भरतपुरका अनुसार आज बिहानैदेखि मेसिन परिचालन गरीसडकको पहिरो हटाएसँगै सवारी साधर दुईतर्फी सञ्चालनमा आएका हुन् । सोमबार साँझ विभित्र ठाउँमा पहिरो आएर जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय चितवनले सवारी चलाउन रोक लगाएको थियो । सडक सञ्चालन भएपनि साँझदेखि होल्ड भएकोले सवारी साधनको चाप बढेको छ । पहिरोको जोखिम कायमै रहेकोले लेन अनुशासनमा रही, सीमित गतिमा सवारी चलाउन यात्रुलाई आग्रह गरिएको छ ।
धरान ( सुनसरी) । नेपाल विद्युत् प्राधिकरण धरान कार्यालयको सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते हुनुभएको छ । धरान–इटहरी कोशी लोकमार्गअन्तर्गत इटहरी उपमहानगरपालिका–२० स्थित सेउती पुल नजिक गए राति सवारी दुर्घटना भएको थियो । धरानबाट इटहरीतर्फ जाँदै गरेको बा१ञ १६५१ नम्बरको स्कारपियो गाडी राति करिब ११ः३० बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिनुभयो । दुर्घटनामा परी गाडी चालक धरान–१३ का बिर्ख राई र नेपाल विद्युत् प्राधिकरणका कर्मचारी धरान–१६ का सुमन आचार्य गम्भीर घाइते हुनुभएको थियो । दुवैलाई उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान…
काठमाण्डौं । केही सञ्चारमाध्यमको मूल प्रवेशद्वारमा शंकास्पदरूपमा गाडी पार्किङ गरिएको घटनाप्रति नेपाली कम्युनिष्ट पार्टी ( नेकपा ) आपत्ति जनाएको छ। सोमबार एक विज्ञप्ति जारी गर्दै नेकपाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप तत्काल बन्द गर्न माग गरेको हो। नेकपाले घटनाको निष्पक्ष, स्वतन्त्र र शीघ्र अनुसन्धान गरी सत्यतथ्य सार्वजनिक गर्न, दोषीमाथि कानुनी कारबाही गर्न तथा यस्ता निन्दनीय र अराजक गतिविधि दोहोरिन नदिन आवश्यक सुरक्षा व्यवस्था मिलाउन सरकारसँग माग पनि गरेको छ। ‘पञ्चायती निरंकुशता, राजतन्त्रको दमन र शाही सत्ताका बुट सम्पादकीय कक्षसम्म पुगेका कठिन दिनहरूमा पनि नेपाली पत्रकारिता लोकतन्त्र, नागरिक अधिकार र अभिव्यक्ति स्वतन्त्रताको पक्षमा दृढतापूर्वक उभिएको थियो,’ विज्ञप्तिमा भनिएको छ, ‘त्यसैले त्रास,…
काठमाण्डौं । नेपाली कांग्रेसका सभापति गगन थापाले वालेन्द्र शाह ( बालेन ) नेतृत्वको सरकार अधिनायकवादी सत्ता चलाउने प्रयास गरिरहेको बताएका छन्। सोमबार कांग्रेस केन्द्रीय नीति प्रतिष्ठानले आयोजना गरेको छलफलका कार्यक्रमलाई सम्बोधन गर्दै सभापति थापाले सरकार नागरिकको मुख थुन्नतर्फ लागेको बताएका हुन्। ‘राज्य नागरिकको मुख थुनेर अधिनायकवादी सत्ता चलाउन लागेको छ,’ थापाले भने। ४४औँ बीपी स्मृति दिवसको तयारीका सन्दर्भमा आयोजित वृहत् बैठकलाई सम्बोधन गर्दै थापाले भने, ‘पार्टी नेताका घर, मिडियाका कार्यालय र व्यवसायीका व्यापारिक क्षेत्रमा गाडि तेर्स्याएर नागरिकको निजी सम्पत्ति, उसको आर्जन र जीवनमाथि क्षति पुर्याउने कुनै अधिकार राज्यले राख्दैन।’आफ्नो निवास अगाडि पनि गाडी तेर्स्याउन आएकाहरू सरकारी गाडीमा चढेर गएको स्थानीय…
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रधान सम्पादक/ अध्यक्ष: बिना थापा कार्की
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क