Author: Editor

काठमाण्डौं । संघीय संसद प्रतिनिधि सभाको दोस्रो अधिवेशनको ३८ औँ बैठक आज बुधबार १.०० बजे बस्दै छ। आजको बैठकमा राष्ट्रिय मानव अधिकार आयोगसहित विभिन्न आयोगको वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ। संसद सचिवालयका अनुसार बैठकमा सभामुखले राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको ब्यहोरा सुनाउने छन्। यसैगरी, प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले ‘राष्ट्रिय मानव अधिकार आयोगको अठारौँ वार्षिक प्रतिवेदन ( २०८१ साउन–२०८२ आषाढ मसान्तसम्म ) ’, ‘राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन आ।व। २०८१/ ०८२’ र ‘राष्ट्रिय समावेशी आयोगको सातौँ वार्षिक प्रतिवेदन आ.व. २०८१/ ०८२’ संसदमा पेश गर्नेछिन्। व्यवस्थापन कार्यअन्तर्गत अर्थ मन्त्री डा. स्वर्णिम…

Read More

रौतहट । रौतहटको गरुडामा एक युवकले आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाह प्रयार गरेका छन् । गरुडा नगरपालिका वडा नं. ९ गम्हरियाका देवेन्द्र सहनीका २८ वर्षीय छोरा गौतम कुमार सहनीले मंगलबार राति करिब १ बजे आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । घटनापछि उनलाई तत्काल उनलाई गरुडामा रहेको एक अस्पतालमा उपचारका लागि लगिएको थियो । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता नायब उपरिक्षक बसन्त गौतमका अनुसार घाइतेको घाँटीदेखि तलसम्म करिब ३१ प्रतिशत शरीर जलेको छ । उनको अवस्था मध्यम रहेको बताइएको छ । घाइते सहनीलाई थप उपचारका लागि काठमाडौंको कीर्तिपुर बर्न अस्पताल रिफर गरिएको नायब उपरीक्षक…

Read More

सुर्खेत । कर्णाली प्रदेशमा नेपाली कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरूले राजीनामा दिएका छन् । आर्थिक मामिला तथा योजना मन्त्रीमा राजीवविक्रम शाह, सामाजिक मन्त्री घनश्याम भण्डारी, जलस्रोत तथा ऊर्जा मन्त्री विजया बुढा र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री सुरेश अधिकारीले संयुक्त रूपमा दिएका हुन् । उनीहरू ०८१ साउनमा मन्त्री बनेका थिए । पार्टीभित्र उनीहरूको कार्यसम्पादनप्रति निरन्तर प्रश्न उठिरहेको थियो । यद्यपि मुख्यमन्त्री यामलाल कँडेलले स्वीकृत भने गरिसकेको अवस्था छैन । मुख्यमन्त्री मन्त्रिपरिषद्को बैठकमा रहेकाले स्वीकृत हुन बाँकी रहेको स्रोतले रातोपाटीलाई बताएको छ। कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले पनि कांग्रेसका मन्त्रीले राजीनामा दिएको बताए । हाल कर्णाली प्रदेश सरकारको नेतृत्व एमालेले…

Read More

काठमाडौं । फिफा बिश्वकप २०२६ मा स्पेनले फ्रान्सलाई २–० गोलअन्तरले पराजित गर्दै फिफा विश्वकपको फाइनलमा स्थान सुरक्षित गरेको छ। विश्वकपको सेमिफाइनलमा स्पेनलाई जित दिलाउन मिकेल ओयार्जाबाल र पेड्रो पोरोले एक–एक गोल गरे। खेलको २२औँ मिनेटमा ओयार्जाबालले पेनाल्टीमार्फत गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए। त्यसपछि ५८औँ मिनेटमा पेड्रो पोरोले गोल गर्दै स्पेनको अग्रता दोब्बर बनाए। बाँकी समयमा फ्रान्सले पुनरागमन गर्न नसक्दा स्पेन २–० को सहज जितसहित उपाधि नजिक पुगेको हो। स्पेनले खेलको २२औँ मिनेटमा पेनाल्टी गोलमार्फत पहिलो गोल गरेको थियो। फ्रान्सका लुकास डिग्नेले लामिन यमालविरुद्ध ‘फाउल’ गरेपछि स्पेनले ‘पेनाल्टी’ पाएको थियो। स्पेनका पेड्रो पोरोले खेलको ५८ औँ मिनेटमा अर्को गोल गरे।…

Read More

काठमाण्डौं । प्रतिनिधि सभाको बैठकको समय परिवर्तन गरिएको छ। संघीय संसद् सचिवालयका अनुसार बुधबार बिहान ११ बजे बस्ने तय भएको प्रतिनिधि सभाको बैठक विशेष कारणवश दिउँसो १ बजे बस्ने गरी सारिएको हो। संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले सूचना जारी गर्दै सम्माननीय सभामुखको निर्देशनअनुसार बैठकको समय परिवर्तन गरिएको जानकारी दिएका छन्। यसअघि बिहान ११ बजेका लागि तय गरिएको बैठक अब दिउँसो १ बजे बस्ने सचिवालयले जनाएको छ।

Read More

काठमाण्डौं । नेपाल आयल निगमले आजदेखि साविककै १४ दशमलव २ किलोग्राम ग्यास भरिएको सिलिण्डर बजारमा पठाउन निर्देशन दिएको छ। इण्डियन आयलका विभिन्न बोटलिङ प्लान्ट तथा रिफाइनरीहरूबाट एलपी ग्यासको लोडिङको अवस्थामा सुधार आएको जनाउँदै निगमले आजदेखि सिलिण्डरमा १४ दशमलव २ किलो ग्यास भर्न उद्योगीलाई निर्देशन दिएको प्रवक्ता मनोज ठाकुरले बताए। निगमले १४ दशमलव २ किलो ग्यासको मूल्य प्रतिसिलिण्डर २ हजार ६० रुपैयाँ तोकेको छ। निगमले तत्कालीन अवस्थामा ग्यासको आपूर्ति र वितरण प्रणालीलाई सहज बनाउन गत फागुन २९ गतेदेखि अर्को निर्णय नभएसम्म आधा तौल ९७ दशमलव १ किलो० ग्यास भएको सिलिण्डर बिक्री गर्न निर्देशन दिएको थियो।

Read More

काठमाडौँ । मनसुन सक्रिय भएसँगै बाढी, पहिरो, डुबान तथा अन्य जलजन्य विपत्को जोखिम बढ्न थालेपछि नेपाल प्रहरीले देशभर उद्धार तथा प्रतिकार्य संयन्त्रलाई उच्च सतर्क अवस्थामा राखेको छ । सम्भावित विपत्बाट हुने मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न प्रहरीले १० हजार ८५ जना जनशक्तिलाई चौबिसै घण्टा तयारी अवस्थामा राख्दै ‘मिसन उद्धार’ अभियान सञ्चालन गरेको छ । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण ( एनडिआरआरएमए )  को अगुवाइमा तयार पारिएको ‘मनसुनजन्य विपत् पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८३’ अनुसार प्रहरीले देशभर विपत् पूर्वतयारी र प्रतिकार्य योजना कार्यान्वयनमा ल्याएको हो ।नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले मनसुन अवधिमा जोखिमयुक्त…

Read More

काठमाडौँ। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भूभाग नजिक रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज देशभर साधारणतया बादल लागेको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको केही स्थानमा तथा कर्णाली प्रदेशको एकदुई स्थानमा मध्यम वर्षा भइरहेको छ । बुधबार दिउँसो देशभर साधारणतया बादल लाग्नेछ भने कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थान र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । पहाडी र तराई भूभागका…

Read More

काठमाडौँ । सरकारले अस्थायी तथा करारमा कार्यरत कर्मचारीहरूलाई हटाएर बाह्य स्रोतमार्फत काम गराउने तयारी गरेपछि त्यसको विरोधमा कर्मचारीहरूले धर्ना दिएका छन्। मंगलवार अर्थ मन्त्रालयमा उनीहरूले धर्ना दिएका हुन्। विभिन्न मन्त्रालयमा वर्षौंदेखि कार्यरत कर्मचारीहरूले आफ्नो रोजगारीको हक खोस्न लागिएको भन्दै सेवा निरन्तरताको मागसहित आन्दोलन शुरु गरेका हुन्। प्रशासनिक खर्च कटौती र मितव्ययिता अपनाउने भन्दै सरकारले आगामी आर्थिक वर्षदेखि अस्थायी र करारका कर्मचारीहरूको सट्टा ठेक्का प्रक्रियाबाट जनशक्ति आपूर्ति गर्ने नीति अघि सारेको छ। सोही नीतिका कारण १० देखि २५ वर्षसम्म निरन्तर सेवामा रहेका कर्मचारीहरू विस्थापित हुने जोखिम बढेपछि उनीहरू आन्दोलित भएका हुन्। अर्थ मन्त्रालयको मूल ढोकामा भेला भएका कर्मचारीहरूले सरकारविरुद्ध नाराबाजी गर्दै…

Read More

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सभापति रवि लामिछानेले सोमबार विभिन्न मिडिया हाउस अगाडि गरिएका शङ्कास्पद पार्किङ अस्वाभाविक भएको बताएका छन् । मंगलबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै सभापति लामिछानेले यस्तो बताएका हुन् । यो गलत हो भनेर पार्टीले भनिसकेको छ । छानबिन हुनुपर्छ पनि भनेका छौँ । यो घटनालाई हेर्ने दृष्टिकोण प्रस्ट छ । तर यो प्रवृत्ति जे देखियो त्यो अस्वाभाविक भयो,’ उनले भने । उनले रास्वपाकै नेता कार्यकर्ता उक्त कार्यमा सहभागी भए पनि कारबाही हुने बताए । रास्वपाकै कार्यकर्ता परे भने कारबाही हुन्छ कि हुँदैन रु’ भनेर सञ्चारकर्मीले सोधेको प्रश्नमा जवाफ दिँदै लामिछानेले भने, ‘त्यस्तो पनि प्रश्न हो…

Read More