Author: Editor

काठमाडौं । मुग्लिन(नारायणगढ सडक खण्डमा सवारीसाधन चलाउन रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार जोखिमलाई मध्यनजर राखेर मुग्लिन(नारायणगण सडक खण्डमा हालका लागि सवारीसाधन चलाउन रोक लगाइएको हो । वर्षा निरन्तर जारी रहेका कारण हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै सो रुटमा चल्ने सवारीसाधन आवागमनमा रोक लगाइएको प्रशासनले जनाएको छ । सडक डिभिजन भरतपुरका अनुसार मुग्लिन(नारायणगढ सडक खण्ड अन्तर्गत तुइन खोलामा सडकमाथिबाट निरन्तर ढुंगा झरिरहेका कारण सडक दुई तर्फी अवरुद्ध बनेको छ । साथै सेती दोभानमा माथिबाट लेदो खसेका कारण सवारी आगमन अवरुद्ध बनेको छ । सोमबार साँझ साढे सात बजे यता निरन्तर ठूलो वर्षा भइरहेका कारण पहिरो हटाउन समस्या भइरहेको…

Read More

काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा )  का संसदीय दलका उपनेता गणेश पराजुलीले संसदीय मामिला पत्रकारितालाई थप व्यवस्थित, मर्यादित र प्रभावकारी बनाउन न्युनतम मापदण्ड तय गर्नुपर्नेमा जोड दिएका छन्। सोमबार सञ्चारकर्मीसँग छलफल गर्दै उनले पछिल्लो समय सञ्चारमाध्यमको संख्यामा भएको वृद्धिलाई दृष्टिगत गर्दै उपनेता पराजुलीले कार्यविधि ९टीओआर० परिमार्जनको आवश्यकता औंल्याए। ‘आज मिडियाको संख्या अत्याधिक बढेको छ। यसलाई व्यवस्थित बनाउने क्रममा टीओआर कसरी तयार गर्ने, त्यसमा कसरी सुधार गर्ने भन्ने विषय महत्त्वपूर्ण छ’, उनले भने, ‘त्यसैगरी, संसदीय मामिलामा भूमिका निर्वाह गर्ने सञ्चारकर्मी साथीहरूले अझ प्रभावकारी रूपमा काम गर्न सकुन् भन्ने उद्देश्यले यहाँहरूले नै प्रशिक्षणको आवश्यकता औँल्याउनुभएको छ। यो वास्तवमै…

Read More

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले विभिन्न सञ्चारमाध्यमका गेटमा पहिचान नखुलेका सवारीसाधनहरू शंकास्पद रूपमा राखिएको घटनाबारे आफ्नो धारणा सार्वजनिक गरेको छ । रास्वपाका महामन्त्री विपिन आचार्यले विज्ञप्ति जारी गर्दै मिडियालाई मनोवैज्ञानिक दबाबमा राख्ने आशयले गरिएका यस्ता शंकास्पद र रहस्यमय गतिविधि लोकतान्त्रिक मूल्य(मान्यताका ठाडो उल्लङ्घन भएको उल्लेख गरेका छन्। ‘एक लोकतान्त्रिक, जिम्मेवार र विधिको शासनमा विश्वास गर्ने राजनीतिक दलको हैसियतले रास्वपा सदैव पूर्ण प्रेस स्वतन्त्रता, नागरिकको सुसूचित हुन पाउने मौलिक अधिकार र स्वतन्त्र पत्रकारिताको पक्षमा दृढतापूर्वक उभिएको छ’, विज्ञप्तिमा भनिएको छ। कुनै पनि बहानामा सूचना तथा सञ्चार स्वतन्त्रता हनन् गर्ने, सञ्चार गृहहरूमा त्रासको वातावरण सिर्जना गर्ने र चौथो अङ्गलाई सङ्कुचित पार्न…

Read More

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई हिरासतमा राखेर अनुसन्धान गर्न विशेष अदालतले पाँचौँ पटक अनुमति दिएको छ।  विशेष अदालतका न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र उमेश कोइरालाको इजलासले सोमबार पौडेलको तीन दिनको म्याद थप गरेको हो। उपाध्यक्ष पौडेलमाथि सम्पत्ति शुद्धीकरण विभागले सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान गरिरहेको छ। पौडेललाई सम्पत्ति शुद्धीकरण विभागको पत्रका आधारमा असार ८ गते सुर्खेतबाट पक्राउ गरेको थियो।

Read More

काठमाण्डौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डोलप्रसाद अर्यालको भूमिका निष्पक्ष र समन्वयकारी हुन नसकेको आरोप लगाएका छन्। सोमबार सिंहदरबारमा सञ्चारकर्मीसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता आङदेम्बेले यस्तो आरोप लगाएका हुन्। उनले सभामुख अर्याललाई विपक्षी दलहरूको नाडी छाम्ने प्रयास नगर्न समेत चेतावनी दिए। सभामुख कुनैपनि दलको सदस्य नभएको स्मरण गराउँदै उनले सभामुखले संसदभित्र आफ्नो भूमिका कस्तो हुनुपर्छ भन्नेकुरा बुझ्न आवश्यक रहेको पनि बताए। उनले सबै दलका प्रतिनिधिले संसद्‍मा आफ्नो धारणा राख्न पाउनुपर्ने बताए। सत्तापक्षको तर्फबाट सदनमा बारम्बार विवादित अभिव्यक्ति सार्वजनिक हुँदाहुँदै पनि प्रतिपक्षले दैनिक कार्यसूची सञ्चालनमा सहयोग गरेको विषयलाई कमजोरीको रूपमा नलिन समेत उनको चेतावनी…

Read More

काठमाडौँ । राहदानी विभागले नयाँ प्रणालीमार्फत सेवा प्रवाह सुरु गरेको छ । सोमबार राहदानी विभागमा परराष्ट्रमन्त्री शिशिर खनालले नयाँ प्रणालीमार्फत ओस्कार गुरुङ र निमेश शाहीलाई राहदानी वितरण गरेर उक्त कार्यको शुभारम्भ गरेका हुन् । यसअघि १५ वर्षदेखि फ्रान्सेली कम्पनी आईडिमियाले नेपालको पासपोर्ट छाप्दै आएको थियो । काठमाडौँको त्रिपुरेश्वरस्थित विभागको कार्यालयमै पासपोर्ट छापेर सेवा प्रवाह थालिएको विभागले जनाएको छ । ‘नयाँ राहदानी लिन वा म्याद सकिएको वा अन्य कारणले राहदानी नवीकरण गर्नुपरेमा आफ्नो स्थायी बसोबास रहेको इलामा वा जिल्ला प्रशासन कार्यालय वा राहदानी विभाग वा विदेशस्थित नेपाली नियोगहरूबाट पूर्ववत रूपमा राहदानी सेवा लिन सक्नुहुने बेहोरा अनुरोध छ’, विभागले सोमबार जारी गरेको…

Read More

पोखरा । पर्यटकीय गाउँ घान्द्रुक घुम्न गएका पर्यटक मोदी खोलामा आएको बाढीले पक्की सडक बगाउँदा अलपत्र परेका छन्। कास्कीको अन्नपूर्ण गाउँपालिका ८ र १० को सीमा स्याउलीबजार नजिक मोदी खोलाले सडक बगाएपछि अहिले नयाँपुल–विरेठाँटी(घान्द्रुक सडकमा यातायात बन्द भएको छ। अन्नपूर्ण गाउँपालिका–११ स्थित किम्रुङ खोला थुनिपछि आएको बाढीका कारण उर्लिएको मोदी खोलाले सडक बगाउँदा ग्रामीण पर्यटको केन्द्र घान्द्रुकसँगको सडक सम्पर्क टुटेको थियो। सडक बन्द हुँदा घान्द्रुक घुम्न गएका पर्यटक अलपत्र परेका छन्। पैदल यात्राका लागि समस्या नभए पनि सवारीसाधनमा गएका पर्यटक घान्द्रुकमै रोकिएका हुन्। घान्द्रुक पर्यटन व्यवसायी समितिका कोषाध्यक्ष कृष्ण गुरुङले तीन दिन बिदा मनाउने सिलसिलामा घान्द्रुक पुगेका ३०० पर्यटक अहिले…

Read More

काठमाडौं । बिहीबार आत्मदाह गरेका मुगुका २५ वर्षीय गणेश नेपालीको अन्त्येष्टिका लागि परिवारले शव बुझेको छ । अहिले पशुपति आर्यघाटमा अन्त्येष्टिको तयारी भइरहेको काठमाडौंका प्रहरी प्रवक्ता एसपी पवनकुमार भट्टराईले जनाएका छन् । त्यसअघि उनको परिवारले ज्यानसम्बन्धी महलमा घटनाको अनुसन्धान माग गर्दै प्रहरी वृत्त कालिमाटीमा जाहेरी दिएका छन् । उक्त जाहेरी दर्ता गरी अनुसन्धान अगाडि बढाइएको एसपी भट्टराईले बताए । तर, जाहेरीमा कसैलाई पनि प्रतिवादी किटान गरिएको छैन । ‘हरेक अप्राकृतिक मृत्युमा प्रहरीमा जाहेरी पर्छ । त्यसपछि कानूनी प्रक्रिया सुरु हुन्छ । पोस्टमार्टम गर्ने र शव सद्गदका लागि परिवारलाई बुझाउने काम हुन्छ । मुद्दा चलाउनुपर्ने अवस्था देखिए सोही अनुसार अघि बढ्छ’,…

Read More

काठमाण्डौं । सभामुख डोलप्रसाद अर्यालले नेपाली भाषा, साहित्य र संस्कृतिका आदिकवि भानुभक्त आचार्य केवल कवि मात्र नभएर नेपाली आत्माको स्वर भएको बताएका छन्। आदिकवि भानुभक्त आचार्यको २१३ औँ जन्मजयन्तीका अवसरमा भानु प्रतिष्ठानले सोमबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गरेको कार्यक्रममा उनले आचार्य राष्ट्रिय विभूति, नेपाली जातीय चेतनाका प्रतीक र जनताका प्रमुख प्रतिनिधि स्रष्टा भएको उल्लेख गरे। उनले भने, ‘आदिकवि नेपाली चेतनाको आधारशिला र नेपाली भाषाको पहिचान निर्माण गर्ने व्यक्तित्व हुनुहुन्थ्यो। आदिकविका विषयमा खोज अनुसन्धान व्याख्या विश्लेषण र भानु संस्कृति निर्माणमा भानु प्रतिष्ठानको योगदान रहेको छ।’ भानुभक्तले रामायणलाई नेपाली भाषामा अनुवाद गरेर आम नेपालीलाई धर्म, दर्शन, नीति र आदर्शको सहज पहुँच उपलब्ध…

Read More

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले सातै प्रदेशमा सुविधासम्पन्न ‘बर्न’ उपचार केन्द्र स्थापनाको योजना तत्काल अघि बढाउन निर्देशन दिएका छन् ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँगको छलफलका क्रममा उनले प्रमुख सरकारी अस्पतालमा बर्न वार्ड सुदृढीकरणका लागि पनि आवश्यक योजना अघि बढाउन निर्देशन दिएका हुन् । प्रधानमन्त्री शाहले गम्भीर प्रकृतिका जलनका बिरामीले समयमै गुणस्तरीय उपचार पाउने व्यवस्था सुनिश्चित गर्न सङ्घ, प्रदेश र सम्बन्धित स्वास्थ्य संस्थाबीच आवश्यक प्रभावकारी समन्वय गर्न सुझाव दिए । उनले गुणस्तरीय, प्रभावकारी तथा नागरिकमैत्री स्वास्थ्य सेवा सरकारको उच्च प्राथमिकतामा रहेको उल्लेख गर्दै अस्पतालमा सरसफाइ, सेवा प्रवाहमा सुधार, ‘डिजिटल’ प्रविधिको प्रयोग र सुशासनको प्रभावकारी कार्यान्वयन गर्न पनि…

Read More