काठमाडौं । प्रतिनिधिसभाको बैठक चलिरहँदा प्रधानमन्त्री बालेन शाह टुपुक्क संसदमा झल्कीए । सँगसँगै थिए पार्टी सभापती रबि लामिछाने । संसदमामा प्रबेश गर्दै गर्दा रमप्रपा सांसद खुश्बु ओली आफ्नो धारणा राखि रहेकि थिईन् । तर प्रधानमन्त्री बालेन र सभापती लामिछाने करिव २० मिनेट मौ बसेर फेरि निस्कीइ । प्रतिनिधिसभा बैठकमा सहभागी हुन पुगेका प्रधानमन्त्री बालेन शाह र रास्वपा सभापति रवि लामिछाने केहीबेर बसेर निस्किएका छन् ।
बैठकमा सहभागी हुन केहीबेरअघि प्रधानमन्त्री बालेन र सभापति लामिछाने प्रतिनिधिसभा बैठकमा पुगेका थिए । उनीहरू बैठकमा सहभागी हुनका लागि दिउँसो १ बजेर ३७ मिनेटमा प्रवेश गरेका थिए । उनी करिब २० मिनेट बसेर निस्किए ।
बैठकमा सहभागी हुन पुग्नुअघि उनले सभामुख डोलप्रसाद अर्यालले करिब ५ मिनेट छलफल गरेका थिए । नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले प्रतिनिधि सभा बैठकमा नियमावली उल्लङ्घन भएको भन्दै नियमापत्ति जनाएका छन्। मङ्गलबारको बैठकमा बोल्दै महरले प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेले सभामुखको आसन र बोलिरहेका सदस्यको बिचबाट हिँडेर संसदीय मर्यादा र नियमावलीको उल्लङ्घन गरेको भन्दै नियमापत्ति जनाएका हुन् ।
