काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह प्रतिनिधिसभा बैठकमा पुगेका छन्। मंगलबार प्रतिनिधिसभा बैठक चलिरहँदा उनी त्यहाँ पुगेका हुन्। प्रधानमन्त्री शाह सदनमा पुग्दा राप्रपा संसदीय दलकी नेता खुश्बु ओली बोलिरहेकी थिइन्।
प्रधानमन्त्री शाहसँगै पछिपछि रास्वपाका सभापति रवि लामिछाने पनि सदनमा आइपुगे। यसक्रममा पूर्वाधारमन्त्री सुनिल लम्सालले उठेर लामिछानेलाई अभिवादन गरे। ओलीले बोलेलगत्तै नेकपा एमाले संसदीय दलका नेता ऐन महरले नियमापत्ति गरे।
उनले संसद् सदस्य बोलिरहेका वेला सभामुखको अघिल्तिरबाट प्रधानमन्त्री शाह र रास्वपा सभापति लामिछाने सदनमा प्रवेश गर्नु मर्यादा अनुकुल नभएको बताए।
