Author: Editor
जुम्ला । कर्णालीका सडकको वास्तविक अवस्था कागजी प्रतिवेदनबाट होइन, स्थलमै पुगेर बुझ्ने उद्देश्यसहित पूर्वाधार विकास मन्त्री सुनिल लम्साल आइतबार जुम्ला आइपुगे। बर्खाका कारण पहिरो, हिलो र अवरुद्ध सडक हुँदै यात्रा गर्दै उनले कर्णाली राजमार्ग, नाग्म–गमगढी सडक र डोल्पा जोड्ने सडकको स्थलगत अनुगमन गरे। अनुगमनका क्रममा उनले सडक निर्माणको प्रगति, बजेट कार्यान्वयन, स्थानीयका गुनासा तथा वर्षौंदेखि अलपत्र परेका पूर्वाधार आयोजनाको अवस्थाबारे प्रत्यक्ष जानकारी लिए। पर्यटकीय क्षेत्र जुम्लाको गुठीचौर पाटन पुगेर मन्त्री लम्सालले गोठालासँग भेटघाट गरे। गोठालाहरूले पाटनसम्म पुग्ने सडक पक्की बनाइदिन आग्रह गरेपछि उनले आवश्यक पहल गर्ने आश्वासन दिए। गुठीचौरलाई व्यवस्थित पूर्वाधारसँग जोड्न सके कर्णालीकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न…
काठमाडौं । फाईनलमा अर्जेन्टिनालाई हराउँदै स्पेनले फिफा विश्वकप २०२६ को उपाधि जितेको छ । अमेरिकाको न्युयोर्कस्थित न्यु जर्सी स्टेडियममा भएको फाइनल खेलमा अर्जेन्टिनालाई १–० ले पराजित गर्दै स्पेनले १६ वर्षपछि विश्वकपको उपाधि जितेको हो । स्पेनलाई उपाधि जिताउन फेरान टोरेसले गरेको गोल नै पर्याप्त बन्यो । टोरेसले खेलको १०६औं मिनेटमा स्पेनका लागि गोल गर्दै अग्रता दिलाएका थिए । निर्धारित ९० मिनेटमा दुवैतर्फबाट गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । निर्धारित समयको अन्तिम समयमा एन्जो फर्नान्डेजले दोहोरो पहेँलो कार्ड पाउँदै मैदान बाहिरिएपछि अर्जेन्टिना १० खेलाडीमा सीमित भएको थियो । अतिरिक्त समयको दोस्रो हाफको सुरुवातमै स्पेनले अग्रता लिँदै उपाधि हात…
काठमाण्डौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले पार्टी एकताका लागि संस्थापन पक्षलाई पठाएको ५ बुँदे प्रस्ताव सार्वजनिक गरेको छ। गत पुसमा भएको विशेष महाधिवेशनमा भाग नलिएको देउवा पक्षले असोजमा घोषणा गरिएको १५ औं महाधिवेशनमा सहभागी रहने वातावरण तयार गर्न ५ बुँदे प्रस्ताव गरेको थियो। उक्त प्रस्तावहरू आज चुनदेवीस्थित सम्पर्क कार्यालयमा आयोजित पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गरिएका छन्। ती प्रस्ताव उपसभापति विश्वप्रकाश शर्मालाई जेठ १८ गते नै पठाइएको र अहिलेसम्म यसबारेमा जानकारी नआएको उनीहरूको भनाइ छ। तर संस्थापन पक्षले भने ह्वाट्सएपमा पठाइएको प्रस्तावबमोजिम जबाफ नआएको बताएको थियो। पार्टी एकताका लागि हदैसम्मको प्रयास गर्ने कुरा भएको थियो, तर विशेष महाधिवेशनबाट आएको…
धादिङ । सम्भावित बाढी, पहिरो तथा सडक अवरोधको जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय धादिङले आइतबार राति जिल्लाभित्र चल्ने तथा जिल्ला भएर आवतजावत गर्ने अत्यावश्यक बाहेकका सवारी साधन सञ्चालनमा रोक लगाएको छ। जल तथा मौसम विज्ञान विभागले साउन ३ गते देशका विभिन्न क्षेत्रमा भारीदेखि अति भारी वर्षा हुने पूर्वानुमान सार्वजनिक गरेपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले चितवन, गोरखा, धादिङ, नुवाकोटलगायत जिल्लामा रातिको समयमा सवारी आवागमन उच्च जोखिमयुक्त हुने जानकारी गराएको थियो। सोही जोखिमलाई ध्यानमा राख्दै आइतबार जिल्ला प्रशासन कार्यालय धादिङले सूचना जारी गर्दै आज राति १० बजेदेखि भोलि बिहान ५ बजेसम्म सार्वजनिक तथा निजी सवारी साधनको आवतजावत पूर्ण…
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समग्र विकास निर्माण प्रक्रियामा प्रकृति र मानवलाई मुख्य केन्द्रविन्दुमा राखिनुपर्ने बताएका छन् । नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवका अवसरमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले विकासको हरेक अवधारणा जनताको हित र मुलुकको समृद्धिसँग जोडिनुपर्ने धारणा व्यक्त गरे । समारोहमा बोल्दै राष्ट्रपति पौडेलले भने, “विकास निर्माणका क्रममा हाम्रा इतिहास, भूगोल, संस्कृति र जातीय बनोट जस्ता विविधतालाई भुल्नु हुँदैन । नयाँ पुस्ताको आकाङ्क्षाअनुसार उत्पादन, रोजगारी र आर्थिक गतिविधिलाई पनि तीव्ररूपमा अघि बढाउनु आजको आवश्यकता हो ।” भौगोलिक रूपमा जटिल तर प्राकृतिक स्रोतमा धनी नेपालका लागि दिगो र पर्यावरणमैत्री पूर्वाधार अपरिहार्य रहेको चर्चा गर्दै उनले जलवायु…
काठमाडौँ । नेपाली कांग्रेसभित्रको आन्तरिक शक्ति सङ्घर्षले नयाँ मोड लिने सङ्केत देखाएको छ । पार्टी नेतृत्वले एकताका लागि सार्थक पहल नगरेको आरोप लगाउँदै निवर्तमान सभापति शेरबहादुर देउवा समूहले आगामी साउनभित्रै काठमाडौँमा राष्ट्रिय भेला आयोजना गर्ने निर्णय गरेको हो । पार्टीभित्र बढ्दो असन्तुष्टि र वैचारिक मतभेदका बीच देउवा पक्षले राष्ट्रिय बहस र नयाँ कार्यदिशा तय गर्ने उद्देश्यसहित यो भेला बोलाउन लागेको बुझिएको छ । नेतृत्वको कार्यशैलीप्रति असन्तुष्ट बनेको यो समूहले भेलामार्फत आफ्ना एजेन्डाहरूलाई तल्लो तहसम्म लैजाने रणनीति बनाएको छ ।
पोखरा । पोखरामा अविरल वर्षाका कारण खसेको पहिरोले सेती नदी थुनिएको छ। पोखरा महानगरपालिका–१५ र १७ सीमानास्थित रातोपैह्रोमा नदीले कटान गरेपछि खसेको पहिरोले नदीको केही भाग थुनिएको हो । पहिरो खसेको खबरपछि कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङ, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी नवीन कार्की, पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङ लगायतको टोली आइतबार बिहान निरीक्षणमा पुगेको थियो। पहिरोले थुनिएपछि पानी पूर्ण रुपमा निकास हुन सकेको छैन।पहिरोले थुनिए भन्दा माथिल्लो भागमा पानीको सतह करिब ५० मिटर बढेको उपप्रमुख गुरुङले बताइन्।
काठमाडौँ । कानून, न्याय तथा मानव अधिकार समितिले बाल सुधार गृहमा रहेका बालबालिकाहरुको मानव अधिकार, उचित खानपान र पोषणको अवस्था सुधार गर्न सरकारलाई भनेको छ। आइतबार सिंहदरबारमा बसेको समितिको बैठकमा ‘बाल सुधार गृहमा रहेका बालबालिकाहरुको मानव अधिकारको अवस्थासम्बन्धी निरीक्षण तथा अवलोकन उपसमिति’ को प्रतिवेदन, २०८३ माथि भएको छलफलका क्रममा सभापति समीक्षा बाँस्कोटाले यस्तो निर्देशन दिएकी हुन्। सभापति बाँस्कोटाले सुधार गृहमा रहेका बालबालिकाहरूलाई कैदीबन्दी सरहकै खाना उपलब्ध गराउनु अनुपयुक्त भएको भन्दै उनीहरुको शारीरिक र मानसिक विकासका लागि छुट्टै पोषणयुक्त खानाको व्यवस्था गर्नुपर्ने बताइन्। विशेषगरी रूपन्देही लगायत क्षमताभन्दा बढी बालबालिका रहेका सुधार गृहको अनुगमन गरी ती समस्या समाधान गर्न उनले सम्बन्धित मन्त्रालयको…
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ श्रीलंकाको पाँचदिने राजनीतिक भ्रमण पूरा गरी आइतबार स्वदेश फर्किएका छन्। प्रचण्ड जुलाई १५ मा श्रीलंका गएका थिए। भ्रमणका क्रममा उनले इन्टरनेशनल पिपुल्स एसेम्बलीद्वारा आयोजित ‘ह्यान्ड्स अफ एसिया’ अन्तर्राष्ट्रिय सम्मेलनमा प्रमुख वक्ताका रूपमा उद्घाटन र समापन दुवै सत्रलाई सम्बोधन गरेका थिए। उद्घाटन सत्रमा उनले विश्व शक्ति सन्तुलनमा आएको परिवर्तन, साम्राज्यवाद र नवउदारवादका चुनौती, दक्षिण एसियाली जनआन्दोलनका अनुभव तथा २१औँ शताब्दीको समाजवादबारे धारणा राखेका थिए। समापन सत्रमा उनले एसियाली जनताबीच एकता, शान्ति, सामाजिक न्याय र प्रगतिशील शक्तिबीच सहकार्य आवश्यक रहेको बताएका थिए। भ्रमणका क्रममा प्रचण्डले ग्लोबल साउथ एकेडेमिक फोरमलाई अन्तर्वार्ता दिँदै…
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी ( राप्रपा ) का नेता ज्ञानेन्द्र शाहीले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी र गृह प्रशासनमाथि कडा प्रहार गर्दै संसद्मा आफूले उठाएका प्रश्नहरूको सामना गर्न खुला चुनौती दिएका छन्। जापान भ्रमणमा रहेका नेता शाहीले टिकटक लाइभमार्फत सम्बोधन गर्दै ओसाकामा आफूमाथि भौतिक आक्रमण भएको भनी सामाजिक सञ्जालमा फैलाइएको दाबीलाई पूर्णरूपमा ‘झुटो अफवाह’ भएको स्पष्ट पारेका छन्। रास्वपाका कार्यकर्ताहरूले आफ्नो बद्नाम गराउने नियोजित उद्देश्यका साथ यस्तो भ्रमपूर्ण प्रचार गरेको उनको आरोप छ। संसद्मा आफूले उठाएका ज्वलन्त मुद्दाहरूको तथ्यपरक जवाफ दिन नसकेपछि आफ्नो चरित्रहत्या गर्न खोजिएको दाबी गर्दै शाहीले आक्रोश पोखे। उनले प्रश्न गरे, ‘सहकारी ठग्ने र जेलबाट भाग्नेहरू मर्यादापालक…
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रधान सम्पादक/ अध्यक्ष: बिना थापा कार्की
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क