पोखरा । पोखरामा अविरल वर्षाका कारण खसेको पहिरोले सेती नदी थुनिएको छ। पोखरा महानगरपालिका–१५ र १७ सीमानास्थित रातोपैह्रोमा नदीले कटान गरेपछि खसेको पहिरोले नदीको केही भाग थुनिएको हो ।
पहिरो खसेको खबरपछि कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङ, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी नवीन कार्की, पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङ लगायतको टोली आइतबार बिहान निरीक्षणमा पुगेको थियो।
पहिरोले थुनिएपछि पानी पूर्ण रुपमा निकास हुन सकेको छैन।पहिरोले थुनिए भन्दा माथिल्लो भागमा पानीको सतह करिब ५० मिटर बढेको उपप्रमुख गुरुङले बताइन्।
