Author: Editor

काठमाडौँ । सरकारले मन्त्रालय तथा निकायहरूको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण सम्पन्न नभएसम्म स्थायी पदपूर्तिका लागि लोकसेवा आयोगमा नयाँ माग नपठाउने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै साविकका २२ वटा मन्त्रालयको सङ्ख्या घटाएर १८ कायम गरिएको र सोही बमोजिम कर्मचारी व्यवस्थापनको कार्य अन्तिम चरणमा रहेको जानकारी दिएको हो। सर्वेक्षण सम्पन्न भएपछि विभिन्न पदको दरबन्दी हालको भन्दा घट्नसक्ने र केही कर्मचारी दरबन्दीभन्दा बढी भई फाजिलमा पर्न सक्ने अवस्था रहने भएकाले दरबन्दी मिलानलाई ध्यानमा राखी स्थायी पदपूर्तिका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको स्वीकृतिविना लोकसेवा आयोगमा माग नपठाउने निर्णय सचिवस्तरीय बैठकले साउन ४ गते गरेको विज्ञप्तिमा उल्लेख…

Read More

काठमाडौँ । विनियोजित बजेटबाट नयाँ चारपाङ्ग्रे सवारीसाधन खरिद गर्नुपर्ने भएमा अनिवार्य रुपमा अर्थ मन्त्रालयसँग पूर्वसहमति लिनुपर्ने व्यवस्था गरिएको छ । अर्थमन्त्रालयले सोमबार जारी गरेको ‘चालु आवको बजेट कार्यान्वयनसम्बन्धी मार्गदर्शनमा’ पूर्वसहमति नलिइ कुनै पनि सवारीसाधन खरिद गर्न पाइने छैन । वैदेशिक भ्रमणका लागि पनि अनिवार्य रुपमा मन्त्रालयको पूर्वसहमति लिनुपर्नेछ । सरकारी स्वामित्वको भवन उपलब्ध नभएको अवस्थामा मात्र मुख्य व्यापारिक केन्द्र वा प्रमुख मार्गभन्दा बाहिर रहेका न्यूनतम पूर्वाधार र सुविधाका घर मात्रै भाडामा लिनुपर्नेछ । कार्यालयको कार्य सम्पादनका लागि सरकारी निकायले खाली रहेका सरकारी भवनलाई प्राथमिकतामा साथ उपयोग गर्नुपर्नेछ । भाडामा लिने घर पूर्ण रुपमा सरकारी प्रयोजनमा मात्र प्रयोग हुने व्यवस्था मिलाउनुपर्ने…

Read More

बिराटनगर । भारतको कोलकाता बन्दरगाहबाट मोरङको विराटनगर–१८ बुधनगरस्थित एकीकृत भन्सार जाँचचौकी ९आईसीपी० मा सोमबार कार्गो रेल आइपुगेको छ। नेपाल–भारतबीच भारतबाट नेपालसम्म कार्गो रेल सञ्चालन गर्ने रुट सम्झौता भएपछि पहिलोपटक व्यावसायिक रूपमा मालबाहक रेल विराटनगर पुगेको हो। स्वस्तिक आयल उद्योगका लागि आवश्यक कच्चा पदार्थ बोकेको कार्गो रेल सोमबार दिउँसो आईसीपीमा आइपुगेको हो। यसअघि भने भारत सरकारले निर्माण गरेको बथनाहा–विराटनगर रेलमार्ग उद्घाटनका अवसरमा मात्रै कार्गो रेल नेपाल ल्याइएको थियो। तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले २०८० जेठ १७ गते उक्त रेलमार्गको संयुक्त रूपमा उद्घाटन गरेका थिए। उद्घाटन भएको करिब दुई वर्षपछि पुनः मालबाहक रेल विराटनगर आइपुगेको हो। कोलकाता…

Read More

काठमाण्डौं । एन्डी बर्नह्याम आधिकारिक रूपमा बेलायतको ५९औं प्रधानमन्त्री बनेका छन्। बेलायतको नयाँ प्रधानमन्त्रीको रूपमा आफ्नो पहिलो भाषणमा एन्डी बर्नह्यामले राजनीतिलाई ‘राम्रोसँग काम गर्ने’ वाचा गरे । उनले बकिङ्घम दरबारबाट आइपुगेपछि डाउनिङ स्ट्रिटमा सम्बोधन गरेका हुन् । जहाँ उनलाई राजा चार्ल्स तृतीयले सरकार गठन गर्न आमन्त्रित गरेका थिए । उनी एक दशकमा बेलायतको सातौं नेता हुन् । यसको केही समय अघि, केयर स्टारमरले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए । यसैबीच, दर्जनौं लेबर पार्टीका नेताहरू डाउनिङ स्ट्रिटमा भेला भएका छन्, जसमध्ये केहीले नयाँ सरकारमा प्रमुख भूमिका खेल्न सक्छन् । एन्डी बर्नह्यामले पहिले पनि लेबर पार्टीको नेता बन्ने प्रयास गरेका थिए तर…

Read More

काठमाडौं । नेपाल सरकारका सचिवहरुको बैठकले दरबन्दी कटौतीपछि फाजिलमा रहने कर्मचारीहरुलाई आवश्यकता अनुसार संघीय, प्रदेश र स्थानीय तहमा पठाउने निर्णय गरेको छ । सोमबार मुख्यसचिव गोविन्दबहादुर कार्कीको नेतृत्वमा बसेको सचिवहरुको बैठकले विभिन्न २२ वटा निर्णयहरु गरेको हो । बालेन शाह प्रधानमन्त्रीमा नियुक्त भएयता पहिलोपटक सचिवहरुको बैठक बसेको हो । बैठकले नयाँ संगठन तथा व्यवस्थापन सर्वेक्षण गरेपछि स्वीकृत भएका दरबन्दीहरुमा कर्मचारीहरुको मिलान गर्ने र बढी हुने९फाजिल०मा रहने कर्मचारीहरुलाई अभाव भएका ठाँउमा पठाउने निर्णय गरेको हो । सचिवहरुले मालपोत र नापीका सेवाहरुलाई स्थानीय तहमा हस्तान्तर गर्ने कामलाई तिब्रता दिने निर्णय गरेका छन् । त्यसका लागि संघीय मामिला मन्त्रालयले स्थानीय तहहरुको संस्थागत र…

Read More

काठमाडौँ । सरकारले आर्थिक वर्ष २०८३/ ८४ को बजेट कार्यान्वयनलाई प्रभावकारी, पारदर्शी र नतिजामुखी बनाउन वित्तीय अनुशासन र मितव्ययितालाई केन्द्रमा राख्दै नयाँ मार्गदर्शन जारी गरेको छ। अर्थ मन्त्रालयले विनियोजन ऐन, २०८३ तथा आर्थिक कार्यविधि र वित्तीय उत्तरदायित्व सम्बन्धी कानुनको पूर्ण परिपालना गर्न सबै केन्द्रीय निकाय, प्रदेश र स्थानीय तहलाई निर्देशन दिएको हो। मन्त्रालयले जारी गरेको मार्गदर्शनले बजेट खर्चमा दक्षता र प्रभावकारिता कायम गर्न महत्त्वपूर्ण सैद्धान्तिक आधारहरू तय गरेको छ। सार्वजनिक खर्चलाई मितव्ययी बनाउने नीति अनुरूप नयाँ सवारी साधन खरिद र वैदेशिक भ्रमणमा अर्थ मन्त्रालयको पूर्वस्वीकृति अनिवार्य गरिएको छ। त्यस्तै, इन्धन, मसलन्द, गोष्ठी तथा अन्य प्रशासनिक खर्चमा अधिकतम मितव्ययिता अपनाउन र…

Read More

काठमाडौं । नेपाली कांग्रेसले यही साउन ६ र ७ गते जननेता बीपी कोइरालाको ४४औँ स्मृति दिवसका अवसरमा देशभर विविध कार्यक्रम गरी मनाउने भएको छ । सोमबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उपसभापति विश्वप्रकाश शर्माले काठमाडौँ उपत्यकामा पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा साउन ६ गते जलवायु परिवर्तनसँग सम्बन्धित तथा साउन ७ गते पार्टीको नवीन अभियान घोषणा सहितको कार्यक्रम गरेर बीपी स्मृति दिवस मनाइने जानकारी दिए । ‘साउन ६ गते बीपी कोइरालाको ४४औँ स्मृति दिवस हो । यो दिवसका अवसरमा देशभर नै विशेषगरी साउन ६ र ७ गते विविध कार्यक्रमहरू हुँदैछन् । त्यसक्रममा काठमाडौंमा केन्द्रीय रूपमा ‘जलवायु जनचेतना जोगाउन…

Read More

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०को बागलुङ जिल्ला कार्यसमिति ‘जिल्ला अधिवेशन कार्यविधि’मा तोकिएको प्रक्रिया पालना नगरी सम्पन्न भएको ठहर गर्दै केन्द्रीय निर्वाचन आयोगले सो जिल्ला समिति पूर्णरुपमा बदर गरेको छ। अधिवेशन सञ्चालनको प्रक्रियासम्बन्धी प्राप्त उजुरी, उपलब्ध तथ्य, प्रमाण तथा सम्बन्धित पक्षबाट प्राप्त स्पष्टीकरणको परीक्षण र अध्ययन गरी तोकिको प्रक्रिया पालना नगरी अधिवेशन सम्पन्न भएको निष्कर्ष निकालेको हो । बागलुङ जिल्ला अधिवशेन कार्यविधिअनुरुप पुनः सम्पन्न गर्ने, नयाँ जिल्ला अधिवशेनको मिति, समय, स्थान तथा निर्वाचन समिति गठनसम्बन्धी निर्णय सात दिनभित्र सार्वजनिक गर्ने निर्णय गरेको आयोगका प्रमुख भुवन केसीले जानकारी दिए। कैलाली जिल्ला समितिलाई सदर आयोगले कैलाली जिल्ला अधिवेशन विधिवत् रुपमा सम्पन्न भएको…

Read More

काठमाडौँ । पुँजी बजार तथा धितोपत्र व्यवसायमा देखिएका समस्या समाधान गर्न सरकारले अग्रसरता देखाएको छ। सोमबार सिंहदरबारमा प्रधानमन्त्री बालेन शाह र पुँजी बजारक्षेत्रका सरोकारवाला प्रतिनिधिहरूबीच गहन छलफल भएको छ। छलफलका क्रममा प्रधानमन्त्री शाहले धितोपत्र व्यवसायलाई थप व्यवस्थित र मर्यादित बनाउन सरकार प्रतिबद्ध रहेको बताउँदै व्यवसायीका जायज माग तत्काल कार्यान्वयनमा लैजाने आश्वासन दिएका छन्। पुँजी बजारका समस्या समाधानका लागि नयाँ समितिहरू गठन गरेर ढिलाइ गर्नुभन्दा सम्बन्धित निकायहरूलाई नै तत्काल काम अगाडि बढाउन निर्देशन दिइने बताइएको छ। सो अवसरमा सरोकारवालाहरूले बजारलाई सन्तुलित बनाउन र लगानीकर्ताको मनोबल उकास्नका लागि विविध सुझावहरू पेश गरेका थिए। उनीहरूले करसम्बन्धी अस्पष्टता हटाएर घाटा समायोजनपछि मात्र कर असुल…

Read More

महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र च्याउ टिप्न जाँदा बेपत्ता भएका महिला अन्ततः सम्पर्कमा आएका छन् । भीमदत्त नगरपालिका–१९ बागफाँटाका महिलाहरु सेनाको खोजीपछि सम्पर्कमा आएका हुन् । उनीहरु गत आइतबारदेखि सम्पर्क बाहिर रहेका थिए । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएका रणसिंह दल गणका गणपति प्रमुख सेनानी प्रकाश घिमिरेले सम्पर्क बाहिर रहेका महिलाहरु परिवारको सम्पर्कमा आइसकेको जानकारी दिए । “सबै संयन्त्र परिचालन गरेर निकुञ्जभित्र खोजीकार्य व्यापाक पारिएको थियो”, उनले भने, “केहीबेर अघि परिवारको सम्पर्कमा आएको र सबै सुरक्षित रहेको खबर प्राप्त भयो ।” त्यसैगरी, आइतबार साझँदेखि नै निकुञ्जभित्र हराइरहेका बेल्डाडी गाउँपालिका–२ का तीन जना महिलालाई भने गणका सहसेनानी सुमन जिसी नेतृत्वको…

Read More