काठमाण्डौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री र मन्त्रीहरू राजनीतिक दल र नेतृत्वप्रति उत्तरदायी हुनुपर्ने बताएका छन् । आर्थिक वर्ष २०८३र८४ को बजेट कार्यान्वयन योजनाका सम्बन्धमा मंगलबार सबै मन्त्रालयका सचिवहरूसँगको छलफलका क्रममा अर्थमन्त्री वाग्लेले प्रधानमन्त्रीदेखि मन्त्रीसम्म जनताप्रति उत्तरदायी हुनुपर्ने बताएका हुन्। ‘प्रधानमन्त्रीदेखि विभागीय मन्त्रीहरू सबै नेपाली जनता, राजनीतिक दल र सम्बन्धित नेतृत्वप्रति उत्तरदायी हुनुपर्छ,’ छलफलमा मन्त्री वाग्लेले भने।
‘एउटा स्पष्ट सोच त आएको छ। एउटा सुशासन। यो हाम्रो एकदमै जिरो टोलरेन्स हैन यो इन्टेग्रिटी, जिरो टोलरेन्स टु करप्सनका मान्यतामा हामी कडा छौँ’, अर्थमन्त्री वाग्लेले भने, ‘सम्माननीय प्रधानमन्त्रीज्यू, हामी सबै मन्त्रीहरु यसमा वी आर हेल्ड एकाउन्टेबल बाइ नेपाली जनता, बाइ आवर पार्टी एण्ड बाइ आवर रेस्पेक्टिभ लिडरसिप एज वेल भन्ने कुरामा हामी एकदमै कडाका साथ अगाडि जानुपर्ने छ।
पुराना विकृति, विसंगतिहरुलाई छोड्दै जाने हो र सामर्थ्य अनुसार हामी फेरि कर्मचारीतन्त्रलाई इन्सेन्टिभाइज पनि गर्छौं भनेका छौँ।’ उनले सुशासन कायम गर्न र भ्रष्टाचार नियन्त्रणका सवालमा सरकारले ‘शून्य सहनशीलता’को नीति अङ्गीकार गरेको पनि बताए। राज्य सञ्चालनमा जवाफदेहिता र पारदर्शिता अनिवार्य रहेकोमा पनि वाग्लेले जोड दिए।
