काठमाण्डौं । नेपाली कांग्रेसको संस्थापन इतर पक्षले राष्ट्रिय भेला बोलाएको छ भने यससँगै कांग्रेस औपचारिक रुपमा विभाजनको दिशातिर गएको छ।कांग्रेसका संस्थापक नेता बीपी कोइरालाको ४४औं स्मृति दिवसको अवसर काठमाडौंमा आयोजित कार्यक्रममा राष्ट्रिय भेलाको घोषणा भएको हो। कार्यक्रमका संयोजक तथा पूर्व महामन्त्री प्रकाशमान सिंहले साउन २९ गते राष्ट्रिय भेला बोलाएको घोषणा गरेका हुन्। हाम्रो राष्ट्रिय भेला साउन २९ गते हुन्छ। काठमाडौंमा हुन्छ। यो थ्रेट होइन। काम गरेर देखाउने हो। हिजो पनि देखाएको हो,’ उनले भने।
यस्तै, कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले राजनीतिबाट निष्क्रिय नबस्ने भन्दै युवालाई अघि सारेर हिँड्न तयार रहेको बताए। ‘कोही पनि निष्क्रिय बस्नेवाला छैनौँ। हामी युवालाई अघि सारेर युवाहरूको रक्षा कवज भएर हिँड्न तयार छौं। कहिँ पनि भ्रम नहोस्,’ खड्काले भने, ‘यी नेता आफैँ हुन खोजेका छन् भन्ने भ्रम नहोस्।’
सम्मानका लागि पञ्चायतमा पनि लडिएको भन्दै खड्काले बरु मर्न तयार भइन्छ सम्मानमा सम्झौता गर्न नसक्ने बताए। कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले राष्ट्रिय भेलाले नयाँ दिशा तय गर्ने बताए। ‘यो महिनाको अन्तिम समयसम्म पुग्दा हामीले एउटा भेला हुन्छ भनेका छौं। त्यो राष्ट्रिय भेलाले नयाँ कार्यदिशा तय हुन्छ। के हो नयाँ कार्यदिशा भन्ने सबैले बुझ्छन्,’ सिटौलाले भने। सभापति गगन थापालाई कपट नराखी पार्टी एकताको पहल गर्न सिटौलाको आग्रह थियो। ‘तपाईं ९गगन थापा० साहसी बन्नुस्, अकपट बन्नुस्। खुला छाती राखेर मैले जोडेँ कांग्रेस भन्ने आँट गर्नुस्,’ सिटौलाले भने।
नेता डा। शशांक कोइरालाले पार्टी विभाजन भए त्यसको राजनीतिक तथा नैतिक जिम्मेवारी सभापति थापाले लिनुपर्ने बताए। ‘पार्टी एकतामा क्षति तथा पार्टी विभाजनको अवस्थामा पुग्यो भने त्यसको राजनीतिक तथा नैतिक जिम्मेवारी वर्तमान नेतृत्वले नै लिनुपर्छ’, डा। कोइरालाले भने, ‘नेपाली कांग्रेसभित्र देखिएका असमझदारी, अविश्वास, समूहगत अस्वस्थ्य प्रतिस्पर्धा र अनावश्यक विवादले पार्टीलाई कमजोर तथा नागरिकमा समेत नकारात्मक प्रभाव पार्ने खतरालाई नजरअन्दाज गर्न हुँदैन।’
यस्तै, नेता डा। शेखर कोइरालाले कांग्रेसभित्र जन्मिएको हुकुमी शासन सह्य नहुने बताए। ‘कांग्रेस पनि कताकता हुकुमी शासनको तरिकाले चलिराखेको मैले महसुस गरिराखेको छु,’ डा। कोइरालाले भने, ‘वडा सभापतिहरू बिना स्पष्टीकरण, बिना सोधपुछ अद्यावधिक किन नगरेको, किन नगराएको नाममा निकालिएको छ। त्यो हामीहरू कसैलाई पनि सह्य हुनसक्दैन। किनभने निरंकुशताको अन्त्यका लागि नेपाली कांग्रेसको जन्म भएको हो।’
कांग्रेसभित्र जन्मिएको निरंकुशताको अन्त्य गर्न जरुरी रहेको कोइरालाको भनाइ थियो। सभापति थापाले बीपीको प्रजातान्त्रिक समाजवाद थाँती राखेर सामाजिक लोकतन्त्रको विचार अगाडि सारेको डा. कोइरालाको भनाइ थियो। सभापतिजीले आफ्नो विशेष अधिवेशनमा, आफ्नो भाषणमा सामाजिक लोकतन्त्रको कुरा गर्नुभएको छ, बीपीको विचार प्रजातान्त्रिक समाजवाद हो,’ कोइरालाले प्रश्न गरे, ‘के नेपाली कांग्रेसले बीपीको विचार थाँती राखेको होरु’
कार्यक्रममा नेता विमलेन्द्र निधिले राष्ट्रिय भेलाबाट नयाँ राजनीतिक बाटो रोज्ने बताए। ‘हामीले एकताका लागि पटक(पटक प्रयास गरिरहेका छौँ र अत्यन्तै सामान्य मागहरू अघि सारेका छौँ,’ निधिले भने, ‘यदि हाम्रा माग र सहमतिका आधारहरू स्वीकार गरिएन भने नयाँ बाटो तय गर्नु हाम्रो बाध्यता हुनेछ। यी आधारहरू नमान्नुले नेतृत्व पार्टी एक राख्न चाहँदैन भन्ने देखिन्छ।’ सभापति थापाले आवश्यक दूरदर्शिता नदेखिएको र अपरिपक्वता प्रदर्शन गरेको उनको भनाइ छ।
