काठमाडौं । सामाजिक सञ्जालबाट विभिन्न व्यक्तिका निजी जीवनसँग सम्बन्धित विषयमा भ्रम फैलाएको र लाञ्छना लगाएको आरोपमा आफूलाई अभियन्ता बताउने वेदिका केसी पक्राउ परेकी छन् । केसीलाई प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको हो ।
साइबर ब्युरोका प्रवक्ता एसपी दिलिप गिरीका अनुसार उनलाई अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतबाट १ दिनको म्याद थप भएको छ ।
वेदिकाले केही दिनयता सामाजिक सञ्जालबाट राधिका दासीमाथि व्यक्तिगतस्तरमा गम्भीर आरोपहरू लगाउँदै आएकी छन् । बिनाप्रमाण आफ्नो चरित्रहत्या गर्न खोजेको भन्दै राधिकाले उजुरी दिएकी थिइन् ।
