सुनसरी । सुनसरीका ९ स्थानीय तहमा मङ्गलवार बेलुका ९ बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि अनिश्चितकालीन कर्फ्यु आदेश जारी भएको छ। जिल्ला सुरक्षा समितिको बैठकको निर्णयअनुसार प्रमुख जिल्ला सुनसरीको धरान बराहक्षेत्र र इटहरीको १८ वटा वडा बाहेकका सबै स्थानीय तहमा कर्फ्यु आदेश भएको हो ।
समितिले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६( क ) बमोजिम कर्फ्यु आदेश जारी गरेका हो ।
कर्फ्यू इटहरी उपमहानगरपालिका–१६ र १७ अन्तर्गत महेन्द्र राजमार्गको दायाँ–बायाँ २०० मिटर क्षेत्र, रामधुनी नगरपालिका–१ र ५ अन्तर्गत महेन्द्र राजमार्गको दायाँ–बायाँ २०० मिटर क्षेत्र, इनरुवा नगरपालिका, दुहबी नगरपालिका, भोक्राहा नरसिंह गाउँपालिका, कोशी गाउँपालिका, गढी गाउँपालिका, देवानगञ्ज गाउँपालिका, हरिनगर गाउँपालिका र बर्जु गाउँपालिकाको सम्पूर्ण क्षेत्रमा लागू गरिएको छ।
