कर्णाली । नेपाली कम्युनिष्ट पार्टी ( नेकपा ) कर्णाली प्रदेशसभा दलका नेता मंगलबहादुर शाही कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् । प्रदेश प्रमुख यज्ञराज जोशीले नेपालको संविधानको धारा १६८ को उपधारा ( २ ) बमोजिम नेता शाहीलाई मुख्यमन्त्रीमा नियुक्त गरेको प्रदेश प्रमुखको कार्यालय सुर्खेतका सूचना अधिकारी मनमाया काउचाले जानकारी दिए ।
नेकपा ( एमाले ) को समर्थनमा आज अपरान्ह ५ः०० बजे शाहीले कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीसमक्ष मुख्यमन्त्री पदका लागि दाबी पेस गरेका थिए । काउचाका अनुसार मुख्यमन्त्री शाहीको बुधबार शपथ ग्रहण गर्ने कार्यक्रम छ ।
नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी ९नेकपा०बीच यही साउन ९ गते सत्ता समीकरणका लागि राष्ट्रिय सहमति भएको थियो ।
