Author: Editor
हेटौडा । बागमती प्रदेश एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमा १६ सांसदको हस्ताक्षर गरेका छन्। बुधबार १६ सांसदको हस्ताक्षरसहित संसदीय दलको कार्यालय, हेटौँडामा अविश्वासको प्रस्ताव दर्ता भएको हो। स्रोतका अनुसार उनी विरुद्धको अविश्वासको प्रस्तावमा चितवनकै दुई सांसदले समेत हस्ताक्षर गरेका छन्। चितवन १( १ ) बाट निर्वाचित थपलियालाई चितवन २( १ ) बाट निर्वाचित सांसद कृष्णप्रसाद सिलवाल र चितवनबाटै समानुपातिक सांसद हरिप्रसाद सापकोटाले समेत अविश्वासको प्रस्तावको पक्षमा हस्ताक्षर गरेका हुन्। दलको कार्यालयमा दर्ता गर्न समेत सिलवालको नेतृत्वमा सापकोटा र काभ्रेबाट समानुपातिक निर्वाचित सांसद ज्ञानबहादुर तामाङ उपस्थित भएका थिए। यस्तै अविश्वासको प्रस्तावको पक्षमा सांसदहरू किरण थापा, प्रेमभक्त…
काठमाडौँ . उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति रहबर अन्सारीले पेट्रोलियम पदार्थको कालोबजारी गर्ने पेट्रोलपम्प, पेट्रोल ढुवानी गर्ने ट्याङ्कर तथा ग्यास डिलरको इजाजत खारेज गर्नेसम्मको अधिकतम कारबाही गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्। समितिले आज सिंहदरबारमा आयोजना गरेको ‘अत्यावश्यक दैनिक खाद्यवस्तुको सहज आपूर्ति व्यवस्थापनबारे सरोकारवाला निकायसँगको छलफल’ कार्यक्रममा सभापति अन्सारीले कालोबजारी गर्ने जोकोहीलाई कानुनी दायरामा ल्याउन निर्देशन दिए। सभापति अन्सारीले पेट्रोलियम पदार्थसम्बन्धी ऐन तथा कालोबजारी नियन्त्रणसम्बन्धी विधेयक तयार गर्न आवश्यक तयारी अघि बढाउन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र मातहतका निकायलाई निर्देशन दिए। उनले समितिमा सरोकारवाला निकायलाई बोलाएर छलफल गरेपछि सुधारका काम भइरहेको बताए। उनले होटल…
काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासले पत्रिकामा टेण्डरका विज्ञापन प्रकाशित गर्न निषेध गर्नेगरी भएको सार्वजनिक खरिद ऐन २०६३ को संशोधन उपरको रिटमा सरकारका नाममा कारण देखाउ ओदश जारी भएको छ । प्रधानन्यायाधीश मनोज कुमार शर्मा, न्यायाधीशहरु विनोद शर्मा, सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान र महेश शर्मा पौडेल सहितको पांच सदस्यीय इजलासले सार्वजनिक खरिद ऐनमा संसोधन गर्नु पर्नाको कारण माग गरेको हो । इजलासले मुद्दाको विषयवस्तु अन्तिम सुनुवाइको बखतमा नै निर्क्यौल गर्नुपर्ने प्रकृतिको रहेको उल्लेख गर्दै अन्तरिम आदेश भने दिन इन्कार गरेको छ । खरिद ऐनमा भएको संसोधनमार्फत पत्रिकामा सूचना तथा विज्ञापन प्रकाशनमा पूर्व प्रतिबन्ध लगाइएको विषय असंवैधानिक भएको, असंवैधानिक संसोधनलाई…
काठमाण्डौं । बजारमा खाना पकाउने ९एलपी० ग्यासको अभाव देखिएपछि राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सहज आपूर्ति र बिक्री वितरणको प्रबन्ध मिलाउन सरकारका नाममा रुलिङ गरको छन्। बुधबारको राष्ट्रिय सभा बैठकमा सांसदहरूले ग्यास अभावका कारण सर्वसाधारण मर्कामा परेको विषय निरन्तर उठाएका थिए। त्यसलगत्तै अध्यक्ष दाहालले सरकारको ध्यानाकर्षण गराउँदै भने, ‘माननीय सदस्यहरूले शून्य र विशेष समयमा ग्यास अभावबारे समस्या उठाइरहनुभएको छ। जनस्तरबाट पनि व्यापक गुनासो आएकाले सहज रूपमा ग्यासको आपूर्ति तथा बिक्री वितरणको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराउँदछु।’ बजारमा कृत्रिम अभाव सिर्जना गरेर उपभोक्तालाई सास्ती दिइएको भन्दै सांसदहरूले सरकारको आलोचना गर्दै आएका छन्।
काठमाडौं । माइतीघर मण्डलामा जारी लघुवित्त पीडितहरुको प्रदर्शनका क्रममा एक पीडितद्वारा आत्मदाह प्रयास गरेका छन् । उनलाई प्रहरीले उद्धार गरेको छ । सर्लाहीको चन्द्रनगर गाउँपालिका– ६ बस्ने करिव ४५–५० वर्षका नथुरी मुखियाले आफ्नो शरीरमा मट्टीतेल खन्याएर आत्मदाह प्रयास गरेका हुन् । काठमाडौंका प्रहरी प्रवक्ता एसपी दानबहादुर थापाका अनुसार प्रहरीले तत्कालै उद्धार गरी उनलाई वीर अस्पताल पुर्याएको छ । उनले आँखा पोल्यो भनेको र सोही उपचारका लागि अस्पताल लगिएको एसपी थापाले बताए । आगोले शरीरको माथिल्लो भागमा सामान्य जलनजस्तो देखिएको, तर खतरामुक्त रहेको उनले बताए ।
काठमाडौं। नेकपा ( एमाले ) रूपान्तरण र पुनर्संरचनाका लागि क्रियाशील ‘पुनर्जागरण अभियान(२०८२’ले तत्काल केन्द्रीय कमिटी बैठक बोलाउन, पार्टीलाई विधिसम्मत ढङ्गले सञ्चालन गर्न र निर्वाचनको निर्मम समीक्षा गर्न माग गर्दै पार्टी नेतृत्वलाई दबाब दिएको छ। अभियानका संयोजक गजेन्द्र थपलियालगायतका नेताहरूले बुधबार पार्टी केन्द्रीय कार्यालयमार्फत अध्यक्ष केपी शर्मा ओलीलाई ध्यानाकर्षणपत्र बुझाएका हुन्। गत फागुन २१ को जनादेशपछि बदलिएको राजनीतिक परिस्थिति र पार्टीको साङ्गठनिक अवस्थाबारे ध्यानाकर्षण गराउँदै बुझाइएको पत्रमा पार्टीभित्र आन्तरिक लोकतन्त्र कमजोर बन्दै गएको र कार्यदलका प्रतिवेदनहरू कार्यान्वयन नभएको भन्दै गम्भीर चिन्ता व्यक्त गरिएको छ। चुनाव सकिएको करिब ६ महिना पुग्न लाग्दा समेत केन्द्रीय कमिटीको बैठक बस्न नसक्नुलाई गम्भीर र चिन्ताजनक भनिएको…
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सभापति रवि लामिछानेले आफ्नो पार्टीको जग कमजोर र संरचना ठूलो भएको बताएका छन् । रास्वपाले अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा मंगलबार पर्यटन बोर्डको हलमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै लामिछानेले रास्वपाको जग बलियो हुनुअघि नै संरचना ठूलो बनेको टिप्पणी गरेका हुन् । उनले भने, ‘जग बलियो नबनाइकन हामीले स्ट्रक्चर बलियो बनाएर हुँदैन । कहिलेकाहीँ जग बनिरहँदाखेरि स्ट्रक्चर कस्तो बन्दैछ, भन्ने थाहा पाउन गाह्रो हुन्छ । रास्वपाको बलियो स्ट्रक्चरभन्दा पहिले धेरै तल्लाको पार्टी बनेको हो, मैले आज यहाँ स्वीकार्नै पर्छ ।’ सभापति लामिछानेले चार महिनाको अवधिमा सरकारले तत्काल देखिने काम नगरेको जस्तो लागे पनि आगामी १५–२० वर्षका लागि…
काठमाडौँ । पत्रिकामा टेण्डरका विज्ञापन प्रकाशित गर्न निषेध गर्ने गरी सार्वजनिक खरिद ऐन २०६३ मा भएको संशोधनविरुद्ध दायर भएको रिट निवेदन उपर आज संवैधानिक इजलासमा सुनुवाइ हुने भएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा आजको लागि उक्त मुद्दाको पेशी चढेको छ । असंवैधानिक तवरले पत्रिकामा पूर्व प्रतिबन्ध लगाएको जिकिर गर्दै अधिवक्ताद्वय अनन्तराज लुइँटेल र रामप्रसाद पुडासैनीले उक्त संशोधनविरुद्ध रिट निवेदन दायर गर्नुभएको हो । संवैधानिक इजलासमा वरिष्ठ अधिवक्ताहरू शम्भु थापा, रमणकुमार श्रेष्ठ, नेपाल बार एसोसिएसनका अध्यक्ष प्रा।डा। विजयप्रसाद मिश्र, महासचिव केदार कोइराला, पूर्व महान्यायाधिवक्ता रमेश बडाल तथा वरिष्ठ अधिवक्ताहरू टीकाराम भट्टराई, ललित बस्नेत तथा निवेदक लुइँटेल र पुडासैनी तथा अधिवक्ताहरू…
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री तथा पूर्वमन्त्रीका निकट सहयोगी र स्वकीय सचिवहरूको सम्पत्तिको स्रोत खोज्न थालेको छ । अख्तियारले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका लामो समयका स्वकीय सचिव भानु देउवा, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालकी छोरी तथा पूर्वस्वकीय सचिव गंगा दाहाल र उनका पति जीवन आचार्य तथा पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीका स्वकीय सचिव राजेश वज्राचार्यमाथि सम्पत्ति स्रोत बारेमा अनुसन्धान अघि बढाएको हो । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले देउवाका स्वकीय सचिव भानु र पुष्पकमल दाहालका छोरी गंगाको सम्पत्तिको स्रोतबारे अनुसन्धान गर्न एक साताअघि अख्तियारलाई पत्राचार गरेको थियो । सोही पत्रको आधारमा अख्तियारले सम्पत्ति विवरण सङ्कलन गरेका थियो । अनुसन्धान अधिकृतहरूले…
काठमाण्डौं । फुटबल सुपरस्टार क्रिस्टियानो रोनाल्डोले आफ्नी पार्टनर तथा मोडेल(इन्फ्लुएन्सर जर्जिना रोड्रिगेजसँग विवाह गरेका छन्। यो जोडीले पोर्चुगलमा नागरिक समारोह आयोजना गरी विवाह गरेको हो। रोनाल्डोले आफ्नो इन्स्टाग्राम अकाउन्टमा आफ्नो विवाहको औँठी देखाउँदै तस्बिर सेयर गरेका छन्। पोर्चुगिज मिडियाका अनुसार यो जोडीले अगस्ट ११ मा लिस्बन नजिकैको समुद्री किनारको सहर कास्काइसमा विवाह गरेका हुन्। यस विशेष अवसरमा उनीहरूका पाँच बच्चा पनि उपस्थित थिए। रोनाल्डोको इन्स्टाग्राम पोस्ट सेयर भएको ३० मिनेटमै ३० लाखभन्दा बढी लाइक प्राप्त भएका छन्। रोनाल्डो र जर्जिना १० वर्षदेखि सँगै छन्। उनीहरूको पहिलो भेट म्याड्रिडको गुच्ची स्टोरमा भएको थियो। जहाँ जर्जिना त्यतिबेला काम गर्थिन्। त्यस समय रोनाल्डो…
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रधान सम्पादक/ अध्यक्ष: बिना थापा कार्की
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क