Author: Editor

काठमाडौँ । निजामती सेवाको विशिष्ट श्रेष्ठीको पद सचिवबाट दुई सचिवले राजीनामा दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अतिरिक्त समूहमा रहेका सचिव बाबुराम अधिकारी र सूचना तथा सञ्चार मन्त्रालयका सचिव डा. कमलप्रसादपोखरेलले राजीनामा दिएका प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता सहसचिव हेमराज अर्यालले जानकारी दिए । ‘दुई सचिवले राजीनामा दिनुभएको छ । मन्त्रिपरिषद्बाट स्वीकृत भइसकेको छ,’ प्रवक्ता अर्यालले भने । यही साउन १३ गते मात्रै सञ्चार मन्त्रालय सरुवा भएका पोखरेलले दुई सातामै सचिव पदबाटै राजीनामा दिएका हुन् । पोखरेल राष्ट्रिय तथ्याङ्क कार्यालयका प्रमुख तथ्याङ्क अधिकारीबाट सञ्चार मन्त्रालयमा सरुवा गरिएकोमा असन्तुष्ट थिए । अधिकारी आगामी भदौ ४ गते अनिवार्य अवकाशमा जाँदै थिए…

Read More

काठमाडौँ । आज देशभर विभिन्न कार्यक्रमका साथ अन्तरराष्ट्रिय युवा दिवस मनाइँदैछ । यस वर्षको अन्तरराष्ट्रिय युवा दिवसको मूल नारा ‘भिन्न परिवेश, साझा आकाङ्क्षा’ रहेको छ । युवाको भूमिकाको महत्वलाई दर्शाउने उद्देश्यका साथ दिवस मनाउने गरिएको छ । सन् २००० देखि संयुक्त राष्ट्र सङ्घको आह्वानमा अगस्त १२ तारिखका दिन यो दिवस मनाइँदै आएको छ । अन्तरराष्ट्रिय युवा दिवस मनाउनुको मुख्य उद्देश्य राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरमा युवा केन्द्रित बहस पैरवी गर्ने, नीति निर्माण तथा कार्यान्वयनमा युवा सहभागिता बढाउनु रहेको छ । यस्तै, साझेदारी एवम् लगानी अभिवृद्धि गर्ने, युवामैत्री शासन प्रवद्र्धन गर्ने सहयोग गर्ने, युवा केन्द्रित सरकारी, गैरसरकारी, निजी संस्था÷निकायहरूबीच सहकार्य र साझेदारी…

Read More

काठमाडौँ । सङ्घीय संसद्, राष्ट्रियसभाको बैठक बस्दैछ । अपराह्न १ः१५ बजे सिंहदरबारमा बस्ने बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्ग राज पौडेल ‘गनेस’ले ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक, २०८३’ पेस गर्ने कार्यसूची छ । यस्तै, राष्ट्रियसभाका सचिव तुलबहादुर कँडेलले ‘नेपाल विशेष सेवा ऐन, २०४१ को साविकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश सभासमक्ष टेबुल गर्नेछन् । कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले ‘सङ्क्रामक पशुरोग ९नियन्त्रण० विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । सात संसदीय समितिको बैठक बस्दै यस्तै, आज विभिन्न सात वटा संसदीय समितिको बैठक बस्दैछ । प्राप्त सूचनाअनुसार अर्थ, उद्योग वाणिज्य…

Read More

काठमाण्डौं । पाकिस्तानको ब्रड पिक आरोहणको क्रममा हिमपहिरोमा परेर ज्यान गुमाएका थप तीन नेपाली आरोहीको शव ल्याइएको छ। मंगलबार किली पेम्बा शेर्पा ‘किलु’, ग्यालु शेर्पा र निमा शेर्पाको शव कतार एअरवेजमार्फत नेपाल ल्याइएको हो। उनीहरुको शव अन्तिम श्रद्धाञ्जलीका लागि नेपाल पर्वतारोहण संघको कार्यालयमा राखिने छ। साउन १४ गते ब्रड पिक हिमपहिरोमा परेर ६ नेपाली र अन्य ४ जना गरी १० आरोहीको निधन भएको थियो। हिमपहिरोमा ज्यान गुमाएका आरोही पुरबहादुर गुरुङ ‘युक्ता’को स्वयम्भूमा अन्त्येष्टि भइसकेको छ। नवाङको शव भौगोलिक कठिनाइका कारण संकलन हुन सकेको छैन भने निर्मल पुर्जाको अन्त्येष्टि भने बेलायतमा हुनेछ।

Read More

काठमाडौं । सरकारले सुनसरी र सिरहाको प्रदर्शनमा प्रहरीको गोली लागेर मृत्यु भएका ४ जनालाई शहीद घोषणा गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले सुनसरीका ओमप्रकाश मेहता, जयप्रकाश मेहता, रवीन्द्रकुमारा मेहता र सिरहा गणेशकुमार यादवलाई शहीद घोषणा गरेको प्रवक्ता शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए । साउन ९ गते राति दुई समुदायबीचको झडपमा देवानगञ्ज ३ कप्तानगञ्जमा ओमप्रकाश मेहताको मृत्यु भएको थियो । घाइते जयप्रकाश मेहताको उपचारका क्रममा विराटनगरमा र रवीन्द्रको काठमाडौं शिक्षण अस्पतालमा मृत्यु भएको थियो । देवानगञ्ज घटनापछि भड्किएको हिंसाका क्रममा सिरहा गोलबजारमा भएको प्रदर्शनमा गणेशकुमार यादवले ज्यान गुमाएका थिए । गृहमन्त्री सुधन गुरुङले मृतकका राहत, क्षतिपूर्तिलगायतका विषयमा परिवारसँग सहमति गरेका…

Read More

काठमाडौँ । विशेष अदालतले हिमालयन रि-इन्सुरेन्स कम्पनी लिमिटेडका तत्कालीन अध्यक्ष शेखर गोल्छालाई सम्पत्ति शुद्धीकरणको मुद्दामा १ करोड रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । विशेष अदालतका अध्यक्ष वासुदेव आचार्य तथा सदस्यहरू हेमन्त रावल र विदुर कोइरालाको इजलासले आइतबार यस्तो आदेश दिएको हो । गोल्छालाई सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण ऐन, २०६४ अन्तर्गतको कसुरमा मुद्दा दायर गरिएको थियो । अदालतमा पेश गरिएको अभियोग पत्रमा गोल्छाले हिमालयन रि-इन्सुरेन्सको अध्यक्ष रहँदा संस्थाको २ अर्ब ७३ करोड ३३ लाख १५ हजार १६० रुपैयाँ र व्यक्तिगत ५२ करोड ५० लाख रुपैयाँ अवैध रूपमा सेयर बजारमा परिचालन गरेको आरोप लगाइएको छ । उनले ब्रोकर नम्बर ५५…

Read More

काठमाडौँ । नेकपा ( एमाले )  का अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टी ( नेकपा )  का संयोजक पुष्पकमल दाहाल ुप्रचण्डु ले प्रदेश सरकार गठन तथा मन्त्रालय बाँडफाँडका लागि ५ बुँदे विशेष निर्देशन जारी गरेका छन् । गत साउन ९ गते दुई पार्टीबिच प्रदेश सरकारमा सहकार्य गर्ने सम्बन्धमा भएको तीन बुँदे सहमतिलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न शीर्ष नेताद्वयले यस्तो निर्देशन दिएका हुन् । मंगलबार जारी गरिएको उक्त निर्देशनअनुसार अब प्रदेश सरकार गठन गर्दा सम्बन्धित प्रदेश सभामा रहेका दलहरूको सिट संख्यालाई मुख्य आधार मानिनेछ । मन्त्रालयको संख्या पनि दलहरूको सदस्य संख्याको अनुपातमा निर्धारण गरिने र मुख्यमन्त्री तथा सभामुखजस्ता जिम्मेवारीलाई…

Read More

काठमाडौं । नेपाल अटो मोबाइल इम्पोर्टस एन्ड म्यानिफ्यक्चरर्स एशोसिएसन ( नाइमा ) ले आयोजना गरेको दोस्रो संस्करणको नाइमा नेपाल मोबिलिटी एक्स्पो–२०२६ आजबाट सुरु भएको छ । नेपाल मोबिलिटी एक्स्पो–२०२६ को उद्घाटन प्रहरी महानीरिक्षक दानबहादुर कार्कीले गरेको हो । साउन ३१ गतेसम्म चल्ने नेपाल मोबिलिटी एक्स्पो–२०२६ गतवर्षभन्दा भव्य हुने संयोजक गौरव शारडाले बताएका छन् । नाइमा एक्स्पोमा ५५ वटा अटोमोबाइल ब्रान्डको सहभागिता रहने भएका छन् भने ४० भन्दा बढी नयाँ मोडलका सवारी साधनहरुको लञ्च गरिने भएको छ । एक्स्पोमा दुईपांग्रे तथा चारपांग्रे सवारीसाधनसँगै कमर्सियल भेहिकल, विद्युतीय तथा हाइब्रिड मोबिलिटी सोलुसन, अत्याधुनिक प्रविधि, सेवा तथा मोबिलिटीसम्बन्धी विभिन्न उत्पादन प्रदर्शनमा राखिने भएको छ…

Read More

काठमाण्डौं । प्रतिनिधिसभा सदस्य खुस्बु ओलीले व्यक्तिगत स्टन्ट र गतिविधिबाट देश बन्न नसक्ने बताएकी छन्। मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद ओलीले उद्योगमन्त्रीले व्यक्तिगत रूपमा ग्यास वितरण गर्दै हिँडेर मात्रै ग्यास अभावको समस्या समाधान नहुने बताइन्। उनले भनिन्, ‘व्यक्तिवाद र व्यक्तिकेन्द्रित भएर सरकारी संयन्त्रको धज्जी उडाएर पनि राज्य बन्दैन भन्ने कुरा भन्न सक्ने ताकत यो सदनले राख्नुपर्छ।’ ग्यास अभावका कारण सर्वसाधारण घण्टौँसम्म लाइनमा बस्नुपर्ने अवस्था रहेको बताउँदै ओलीले मन्त्रीको जिम्मेवारी केही व्यक्तिलाई फोन गरेर ग्यास छ कि छैन भनेर सोध्नु र व्यक्तिगत रूपमा ग्यास उपलब्ध गराउनु नभएको बताइन्। हाम्रो उद्योगमन्त्री ग्यास बाँड्दै हिँडिरहनुभएको छ। फोन गरेर तपाईंको घरमा ग्यास छ…

Read More

काठमाण्डौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले प्रधानमन्त्रीलाई आफ्नो कार्यशैली, संसद्प्रतिको जवाफदेहिता र जनताका दैनिक समस्याप्रति गम्भीर बन्न आग्रह गरेका छन्। आजको प्रतिनिधिसभाको बैठकमा केसीले प्रधानमन्त्रीलाई ‘एक्लै हिँड्ने लहड हो कि एक्लै पर्नुभएको हो ? ’ भन्दै प्रश्न गरे। देश र जनताको हितमा सिङ्गो संसद् प्रधानमन्त्रीको साथमा रहेको भन्दै उनले संसद्लाई उपेक्षा नगर्न आग्रह गरे। उनले देश र जनताको हितमा सिङ्गो संसद् प्रधानमन्त्रीको साथमा भएको भन्दै संसद्प्रति उपेक्षा नगरी आफ्नो जवाफदेहिता ऐच्छिक नमानेर संवैधानिक कर्तव्य पालना गर्न समेत अनुरोध गरेका छन्। उनले संवैधानिक संस्थाहरू कार्यपालिकाका ‘लाचार छाया’ बनेको भन्दै सरकारले पछिल्लो समय केही राम्रा काम गरेको भएपनि त्यसमा हचुवा र…

Read More