Author: Editor

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले १४ औँ महाधिवेशनबाट आएको कार्यसमितिलाई नै १५ औँ महाधिवेशन गर्ने अधिकार भएको बताएका छन्। इतर पक्षको भेलालाई सम्बोधन गर्दै विशेष महाधिवेशनबाट आएको गगन थापा नेतृत्वको कार्यसमितिलाई महाधिवेशन गर्ने अधिकार नै नभएको बताए। पार्टीको आधिकारिक सभापति देउवा नै भएको जिकिर गरे। उनले भने, ‘१४ औँ महाधिवेशनको कार्यसमितिले नै १५ औँ महाधिवेशन गर्ने हो। अराजक, अवैध रूपमा कब्जा गरेर आएको कमिटीलाई १५ औँ महाधिवेशन गर्ने अधिकार विधानले दिएको छैन।’ उनले महाधिवेशन निष्पक्ष बनाउनको लागि भेलाले मार्ग तय गर्ने बताए।

Read More

कैलाली । सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार गरिएको छ। शुक्रबार नेपाली कम्युनिस्ट पार्टी( नेकपा )  का खगराज भट्ट मुख्यमन्त्री बनेका थिए। यससँगै सन्तोष शर्मा थापाको नेतृत्वमा नेकपा एमाले सरकारमा सहभागी भएको छ। एमालेबाट चार सांसद सरकारमा सहभागी भएका हुन्। सन्तोष शर्मा थापा सामाजिक विकास मन्त्री बनेका छन् । चक्र मल्ल आर्थिक मामिला मन्त्री बन्दा दमन भण्डारी भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री बनेका छन् । यस्तै जानकी बम ऐर आर्थिक मामिला राज्यमन्त्री बनेकी छिन्। नेकपाबाट भने मन्त्रीको टुङ्गो लागिसकेको छैन। नेकपा एमालेको समर्थनमा भट्टले शुक्रबार बिहान प्रदेश प्रमुख नजिर मियाँसमक्ष नयाँ मुख्यमन्त्रीका लागि दाबी पेस गरेका थिए । दाबी पेस गरे लगत्तै…

Read More

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहको राष्ट्रिय भेला आजदेखि सुरू हुँदैछ । सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा तय गरिएको भेला ३ दिनसम्म चल्नेछ । भेला आयोजक समितिका संयोजक डा. शशांक कोइराला छन् । इतर पक्षका शीर्ष नेता देउवा हिजो हङकङबाट फर्किसकेका छन् । उनले नै भेला उद्घाटन गर्ने छन् । संस्थापन इतर समूहले देउवालाई चुनदेवीमा पार्टी सभापतिकै हैसियतमा कार्यकक्ष बनाएर राखेको छ । आज पहिलो दिनको उद्घाटन समारोहमा देउवालगायतका शीर्ष नेताहरूले सम्बोधन गर्ने नेता मीन विश्वकर्माले बताए । भोलि र पर्सि बन्दसत्र छ । उपस्थिति ५ हजार नाघ्ने उनको दाबी छ । भेलामा राजनीतिक प्रतिवेदन पनि पेश गरिँदैछ ।

Read More

काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिमा सांसदहरूले धारणा राख्दा मर्यादित भाषा बोल्नको लागि रुलिङ गरिएको छ । शुक्रबार सिंहदरबारमा बसेको बैठकमा समितिकी सभापति समीक्षा बास्कोटाले बैठकमा बोल्दा मर्यादित भाषा र उचित व्यवहार प्रयोग गर्न रुलिङ गरेकी हुन्। ‘समितिमा हामीले आमन्त्रित गर्ने व्यक्तिहरू कुनै न कुनै संगठन वा निकायका प्रमुख रहेर काम गरिरहनुभएको हुन्छ। यहाँ हामीले प्रयोग गर्ने भाषा, शब्द र व्यवहारलाई आम नागरिकले पनि हेरिरहेका हुन्छन्,’ सभापति बास्कोटाले भनिन्, ‘त्यसैले विषयान्तर नभई मर्यादित र संवेदनशील भएर विषय उठान गर्न माननीय सदस्यहरू र आमन्त्रित व्यक्तित्वहरूमा हार्दिक अनुरोध गर्दछु।’ पछिल्लो समय संसदीय समितिहरूमा उग्र र अमर्यादित बहस हुने…

Read More

काठमाण्डौं । सभामुख डोलप्रसाद ( डिपी )  अर्यालले पर्यटन क्षेत्र मुलुकको अर्थतन्त्रको मेरुदण्ड भएको बताएका छन्। नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स ( नाट्टा ) को ५९ औँ वार्षिक साधारणसभाको आज उद्घाटन गर्दै उनले विदेशी मुद्रा आर्जन गर्ने यो क्षेत्रको विकासका निम्ति सम्बद्ध सबै पक्ष क्रियाशील हुनुपर्नेमा जोड दिए। सभामुखले पर्यटन क्षेत्रका नीतिगत र संरचनागत समस्या समाधानका लागि सरकार गम्भीर हुनुपर्ने बताउँदै नाट्टाजस्ता व्यावसायिक सङ्गठनले पर्यटन उद्योगको विकासमा सक्दो योगदान गर्नुपर्छ भने। राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्स र नेपाल पर्यटन बोर्ड देशको आर्थिक उन्नयनको मेरुदण्ड मानिएको पर्यटन क्षेत्रको विकासमा इमान्दारीपूर्वक लाग्नुपर्नेमा जोड दिए । आज नाट्टाको नयाँ नेतृत्व चयनका लागि…

Read More

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले आगामी भदौ १ गते सोमबार विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री बानियाँले सोही दिन दिउँसो १ बजेका लागि प्रदेशसभा बैठक बोलाउन हेटौँडास्थित संसद सचिवालयमा पत्राचार गरेका छन्। सरकारमा सहभागी नेकपा एमालेले साउन ६ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री बानियाँ अल्पमतमा परेका थिए। एमाले र नेकपाले नयाँ सत्ता गठबन्धन गरेर सरकार गठनको तयारी गरे पनि हालसम्म आवश्यक समर्थन पुर्‍याउन सकेका छैनन्। यस्तो अवस्थामा मुख्यमन्त्री बानियाँले आगामी भदौ ४ गतेभित्र संसदबाट विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता रहेको थियो। सोही अवस्थालाई ध्यानमा राख्दै नेपाली कांग्रेस संसदीय दलको बैठकले भदौ ३ गतेअगावै विश्वासको मत लिने…

Read More

काठमाडौँ । सर्वोच्च अदालतले पत्रकार किशोर श्रेष्ठलाई जनआस्था पत्रिकाको कार्यालयबाट जफत गरिएका सामानसहित आगामी भदौ १ गते अदालतमा उपस्थित गराउन आदेश दिएको छ। श्रेष्ठकी श्रीमती सरस्वती श्रेष्ठले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले यस्तो आदेश दिएको हो। इजलासले जनआस्थाको कार्यालयबाट प्रहरीले जफत गरेको ल्यापटप, कम्प्युटर र मोबाइलसहित श्रेष्ठलाई उपस्थित गराउन भनेको छ। प्रहरीले श्रेष्ठलाई बुधबार राति ललितपुरस्थित उनकै निवासबाट पक्राउ गरेको थियो। वैयक्तिक गोपनीयता हननसम्बन्धी कसुरमा प्रहरीले उनलाई हिरासतमा राखेको छ। सर्वोच्च अदालतले बरामद सामानसहित बन्दीलाई उपस्थित गराउन आदेश दिएको यो दोस्रो घटना हो। यसअघि २०७० भदौ १ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वरिष्ठ अधिवक्ता…

Read More

कैलाली । सुदूरपश्चिम प्रदेशको नयाँ मुख्यमन्त्रीमा नेकपाका खगराज भट्ट नियुक्त भएका छन् । नेकपा एमालेको समर्थनमा भट्टले शुक्रबार बिहान प्रदेश प्रमुख नजिर मियाँसमक्ष नयाँ मुख्यमन्त्रीका लागि दाबी पेस गरेका थिए । दाबी पेस गरे लगत्तै प्रदेश प्रमुख मियाँले भट्टलाई मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन् । दिउँसो ३ बजे प्रदेश प्रमुख मियाँ समक्ष मुख्यमन्त्री पद तथा गोपनीयताको शपथ ग्रहण कार्यक्रम रहेको भट्टले जानकारी दिए । यसअघि, संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत जुटाउन सक्ने प्रदेश सभा सदस्यलाई मुख्यमन्त्रीमा दाबी पेस गर्न प्रदेश प्रमुख मियाँले बिहीबार बेलुकी आह्वान गरेका थिए ।

Read More

काठमाण्डौ. । नेपाली कांग्रेसको इतर पक्षले पार्टीका पूर्वसभापति शेरबहादुर देउवालाई महाराजगन्जस्थित चुनदेवी कार्यालयमा स्वागत गरेको छ। देउवालाई सो कार्यालयमा पार्टी सभापतिको रुपमा स्वागत गरिएको हो। देउवालाई सो कार्यालयमा पार्टी सभापतिको रुपमा स्वागत गरिएको हो। सो कार्यालयमा देउवाको कार्यकक्ष र टेबुलमा ‘सभापति’ को नेमप्लेट टाँसिएको छ। देउवा ५ महिना विदेशमा उपचार गरी बिहीबार स्वदेश फर्किएका हुन्। उनी गत वर्ष भदौ २४ गतेको जेनजी आन्दोदलनका क्रममा कुटपिटबाट घाइते भएका थिए। विशेष महाधिवेशनविरूद्ध देउवा र नेता पूर्णबहादुर खड्काले पुनरवलोकन गर्न माग गरेकोमा हालै सर्वोच्च अदालतले अनुमति दिएको छ। अदालतले निस्सा दिएसँगै कांग्रेस विवाद फेरि सतहमा आएको छ। कांग्रेस इतर समूहले शुक्रबारबाट ३ दिनसम्म…

Read More

काठमाण्डौं । नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफूविरुद्ध भइरहेका घेराबन्दी र कानुनी उल्झनहरूबाट विचलित नहुने उद्घोष गरेका छन्। पाँच महिनाको विदेश बसाइपछि स्वदेश फर्किएर चुनदेवीस्थित निवासमा नेता(कार्यकर्ताहरूलाई सम्बोधन गर्दै देउवाले आफ्नो ५० वर्षे राजनीतिक जीवनमा भ्रष्टाचारको कुनै दाग नलागेको दाबी गरे। आफूविरुद्धका षड्यन्त्रहरूतर्फ लक्षित गर्दै देउवाले भने, ‘आफू अनुकूल नहुँदा राजा ज्ञानेन्द्रले त मलाई केही गर्न सकेनन्, अरूले सक्लान् यहाँ रु लोकतन्त्र र गणतन्त्रलाई कसैले पनि उल्ट्याउन सक्दैन।’ आफूविरुद्ध परेका विभिन्न उजुरी र छानबिनको प्रसङ्ग उल्लेख गर्दै देउवाले अदालत जान आफू कहिल्यै नडराउने बताए। ‘अदालतमा १० पटक, २० पटकसम्म छानबिन भयो तर केही भेटिएन,’ देउवाले भने, ‘अहिलेसम्म…

Read More