Author: Editor

काठमाडौं। जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई म्याद थपका लागि सरकारी वकिल कार्यालयमा उपस्थित गराइएको छ । उनलाई बुधबार साँझ उनकै निवासबाट पक्राउ गरिएके थियो । उनलाई वैयत्तिक गोपनीयताको हनन् सम्बन्धी कसुरमा पक्राउ गरिएको प्रहरीले जनाएको छ। श्रेष्ठको निवासमा राति र आज बिहान जनआस्थाको कार्यालयमा खानतलासी गरेर प्रहरीले ल्यापटप, कम्प्युुटरलगायतका सामान लगेको छ ।

Read More

रोल्पा । रोल्पामा पहिरोले पुरिंदा मृत्यु हुनेको संख्या चार पुगेको छ । ९ जना बेपत्ता भएका छन् भने २ जना घाइतेको उद्धार गरिएको छ। रोल्पाको थबाङ गाउँपालिका(५ बोटलबारामा बुधबार राति घरमाथिबाट पहिरो झरेको थियो। पहिरोमा कमलबहादुर पुनमगरलगायत ६ वटा घर गोठहरु पुरिएका छन्। जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार पहिरोमा परेर थबाङ गाउँपालिका५ –का ६० वर्षीय कमलबहादुर पुनमगर, १८ वर्षीय शान्ती पुन मगर र ७१ वर्षीया मनरखी पुनमगरको मृत्यु भएको छ। रोल्पा प्रहरी प्रमुख डिएसपी पञ्चकुमार बाखुका अनुसार बिहान ७ बजेपछि ७१ वर्षीया मनरखी पुन मगर मृत अवस्थामा पहिरोबाट निकालिएको छ। त्यसअघि १८ वर्षीया शान्ति पुन मगर र ६० वर्षीय कमलबहादुर…

Read More

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा स्वदेश फर्किएका छन् । गत फागुनको दोस्रो साता चुनावको मुखमा उपचारका लागि बैंकक पुगेका उनी त्यहीँबाट हङकङ गएका थिए । साढे ५ महिनापछि काठमाडौं उत्रिएका हुन् । उनको स्वागतमा कांग्रेस संस्थापन इतरका नेताको विमानस्थलमा भिड लागेको छ ।

Read More

धनगढी । सुदूरपश्चिम प्रदेशसभाको बैठक आज अपराह्न ५ः०० बजे बस्दैछ। बैठकमा मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सूचना अधिकारी उपसचिव ताराकुमारी जोशीले जानकारी दिइन्। यस्तै, विगत लामो समयदेखि बैठकमा अनुपस्थित प्रदेशसभा सदस्यका विषयमा पनि छलफल हुने सम्भावित कार्यसूचीमा रहेको उनले बताइन्। सत्ता गठबन्धनमा रहेको नेपाल कम्युनिष्ट पार्टी ९एमाले० ले गत असार ३१ गते समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाहले विश्वासको मत लिन लागेका हुन्। संवैधानिक व्यवस्थाअनुसार ३० दिनभित्र विश्वासको मत वा राजीनामा दिनुपर्ने प्रावधानअनुरुप उनले विश्वासको मत दिन लागेका हुन्। बुधबार सभामुख भीमबहादुर भण्डारीलाई विश्वासको मत लिने जानकारी गराउँदै मुख्यमन्त्री शाहले प्रदेशसभा बैठक आह्वानका लागि पत्र पठाएका…

Read More

काठमाण्डौ. । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा नेपाल पत्रकार महासंघको नेतृत्वमा जिल्ला प्रहरी परिसर, भद्रकालीमा आयोजित शान्तिपूर्ण धर्नामा प्रहरीले हस्तक्षेप गर्दै पत्रकारमाथि धरपकड गरेको छ। पत्रकार किशोर श्रेष्ठमाथी पक्राउको विरोधमा  र पत्रकारमाथि भइरहेको ज्यादती र प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेपको विरोधमा महासंघको नेतृत्वमा पत्रकारहरू भद्रकालीस्थित प्रहरी परिसर अगाडि धर्नामा बसेका थिए। धर्नाका क्रममा प्रहरीले पत्रकारहरूलाई हटाउने प्रयास गर्दै धरपकड गरेको हो। शान्तिपूर्ण रूपमा विरोध प्रदर्शन गरिरहेका पत्रकारमाथि प्रहरीबाट भएको हस्तक्षेपले प्रेस स्वतन्त्रता र नागरिकको मौलिक अधिकारमाथि गम्भीर प्रश्न उठाएको पत्रकारहरूले बताएका छन्।  नेपालको संविधानले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितता गरेको अवस्थामा समाचार संकलन तथा प्रकाशनका विषयमा पत्रकारमाथि प्रहरी हस्तक्षेप हुनु आपत्तिजनक भएको…

Read More

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा केहीबेरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिँदै छन् । यतिबोला देउवालाई स्वागत गर्न इतर पक्षका शीर्ष नेताहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका छन् । करिब साढे ५ महिनापछि स्वेदश फर्किएका देउवालाई राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाको नेतृत्वमा स्वागत गर्ने तयारी छ । अहिलेसम्म पूर्णबहादुर खड्का, प्रकाशशरण महत, एनपी साउद, विमलेन्द्र निधी, कृष्णप्रसाद सिटौला, ज्ञानेन्द्र कार्की, मीन विश्वकर्मा, मोहनबहादुर बस्नेत, उमाकान्त चौधरीलगायत शीर्ष नेता एयरपोर्टमा पुगिसकेका छन् । अन्य शीर्ष नेता कार्यकर्ता जाँदै छन् । देउवाको स्वागतमा करिब ५ देखि ७ हजार नेता कार्यकर्ता उपस्थित हुने इतर पक्षको दाबी छ । देउवालाई विमानस्थल प्रवेश गर्ने…

Read More

काठमाडौँ। जनआस्था साप्ताहिकका अध्यक्ष तथा वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई समाचार लेखेकै आधारमा प्रहरीले पक्राउ गरेको घटनाप्रति नेपाल मिडिया सोसाइटीले गम्भीर आपत्ति प्रकट गरेको छ। पत्रकारले प्रकाशित गरेको समाचारको विषयमा कुनै गुनासो वा आपत्ति भएमा प्रचलित कानुन तथा प्रेससम्बन्धी स्थापित प्रक्रियामार्फत समाधान खोजिनुपर्नेमा समाचार लेखेकै आधारमा पक्राउ गरिनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको मूल मर्मविपरीत भएको सोसाइटीले बताएको छ । नेपाल मिडिया सोसाइटीका महासचिव बोधराज त्रिपाठीले जारी गरेको विज्ञप्तिमा समाचार लेखेकै आधारमा पत्रकारलाई पक्राउ गर्नु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको मूल मर्मविपरीत भएको उल्लेख छ । ‘पत्रकारले प्रकाशित गरेको समाचारको विषयमा कुनै गुनासो वा आपत्ति भएमा प्रचलित कानुन तथा प्रेससम्बन्धी स्थापित प्रक्रियामार्फत समाधान…

Read More

बिराटनगर । कोशी प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसतर्फका पाँच मन्त्रीले बुधबार मुख्यमन्त्री हिक्मतकुमार कार्कीसमक्ष सामूहिक राजीनामा दिएका छन्। कोशी प्रदेश सरकारमा नेपाली कांग्रेसको तर्फबाट भौतिक पूर्वाधार विकासमन्त्री प्रदीपकुमार सुनुवारको नेतृत्वमा स्वास्थ्यमन्त्री मानबहादुर लिम्बू, पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुली, उद्योग, कृषि तथा सहकारीमन्त्री इस्राइल मन्सुरी र भौतिक विकासराज्यमन्त्री शोभा चेम्जोङ सहभागी भएका थिए। उद्योग, कृषि तथा सहकारीमन्त्री इस्राइलका अनुसार नेपाल कम्युनिष्ट पार्टी ( एमाले )  र नेपाली कम्युनिष्ट पार्टी ( नेकपा )  का बीच पछिल्लो समयमा भएको तीनबुँदे सहमतिअनुसार नेपाली कांग्रेस सरकारबाट बाहिरिन उचित ठानेकाले सामूहिक रुपमा राजीनामा दिएको बताए। अब कोशी प्रदेश सरकारमा नेकपा ९एमाले० कोशी प्रदेश संसदीय दलका…

Read More

काठमाण्डौं । प्रधानमन्त्री वालेन्द्र शाहलाई जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय शिखर सम्मेलन ( कोप–३१ )  का लागि टर्कीबाट निमन्त्रणा आएको छ। बुधबार सिंहदरबारमा बसेको राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा परराष्ट्र मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकालले कोप–३१ मा सहभागिताका लागि प्रधानमन्त्री शाहलाई निमन्त्रणा प्राप्त भएको बताए। ढकालका अनुसार, कोपमा सहभागिताका लागि टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले प्रधानमत्री शाहलाई निमन्त्रणा पठाएका हुन्। ‘कोप–३१ मा नेपालको सहभागिताका सन्दर्भमा सम्माननीय प्रधानमन्त्रीज्यूलाई निमन्त्रणा प्राप्त भएको छ। टर्कीका सम्माननीय राष्ट्रपतिज्यूबाट निमन्त्रणा प्राप्त भएको हो,’ उनले भने। परराष्ट्र मन्त्रालयमा प्राप्त निमन्त्रणा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाइसकेको उनले जानकारी दिए। यद्यपि कुन तहबाट सहभागिता हुने भन्नेबारे…

Read More

काठमाण्डौं । प्रतिनिधिसभाको महिला तथा सामाजिक मामिला समितिले देशभर सञ्चालनमा रहेका बाल सुधार गृहको भौतिक पूर्वाधार, क्षमता, जनशक्ति तथा बालबालिकाको अवस्था समेटिएको विस्तृत प्रतिवेदन ४५ कार्यदिनभित्र पेस गर्न सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएको छ। सिंहदरबारस्थित समितिमा आज भएको बैठकले महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयलाई अन्य सम्बन्धित मन्त्रालय तथा निकायसँग समन्वय गरी उक्त प्रतिवेदन तयार गर्न निर्देशन दिएको हो। बैठकले मुलुकभर सञ्चालित बाल सुधार गृहमा रहेको भौतिक पूर्वाधारको अवस्था, स्वीकृत क्षमता र वास्तविक सङ्ख्या, क्षमताभन्दा बढी बालबालिका राखिएको अवस्था तथा उमेर र कसुरको प्रकृतिअनुसार उपयुक्त व्यवस्थापन भए–नभएको स्पष्ट पार्न भनेको छ। साथै आवास तथा सरसफाइ, खानपान तथा…

Read More